मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्लीको बीचमा नेपाली विधार्थीले भरिएको एउटा ठाउँ हो, लक्ष्मीनगर । झट्ट हेर्दा मिनी नेपालको झल्को दिने यो ठाउँलाई नेपाली विद्यार्थीले सीए नगरको रूपमा परिचित गराए ।
पाँच वर्षको कठोर मेहेनत र परिश्रमबाट चार्टर्ड अकाउन्टेन्ट बन्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट आएर अध्ययन गर्दै गरेका करीब १० हजार नेपाली विद्यार्थी यो संगममा आउने जाने जो कोहीलाई पनि नेपालीपनको झल्को मिल्छ ।
थकाली खानाका होटलदेखि कोठा खोज्दिने ब्रोकरसम्म यहाँ नेपाली नागरिक नै भेटिन्छन् । हिन्दी बोल्न नजान्ने नयाँ विद्यार्थीलाई पनि शुरूवाती दिनमा यहाँ खासै असर पर्दैन । नेपाली विद्यार्थीले खोलेका स्वतन्त्र विधार्थी समूह अनि राजनीति दलका विद्यार्थी समूहले विधार्थीहरूलाई अप्ठ्यारो परेको बेला सहजकर्ताको भूमिका निर्वाह गर्छन् ।
चाडपर्व तथा नयाँ सालमा हुने सांस्कृतिक समारोह अनि दु:ख पर्दा एकअर्कालाई गर्ने सहयोगी भावनाले भरिएका नेपाली विधार्थीहरूको यो शहरले नेपालीलाई आफ्नो घरबाट टाढा भएको याद बिर्साइदिन्छ ।
राजनीतिक दलका च्याउसरह भ्रातृ संगठन
नेपालका क्याम्पसहरूमा जस्तै लक्ष्मीनगरमा पनि हरेक राजनीतिक दलका विद्यार्थी संगठन छन् । नेविसंघदेखि नयाँ शक्ति अनि मधेशवादी दलसम्बद्ध विद्यार्थी संगठन यहाँ नेपाली विद्यार्थीको हितमा काम गर्न तत्पर रहेको बताउँछन् ।
नेविसंले समय-समयमा नेपालबाट युवा नेतालाई ल्याएर अन्तक्रिया कार्यक्रम गर्छ अनि पास भएका विद्यार्थीलाई सम्मान पनि गर्छ । जाडोको बेला पुरानो कपडाहरू जम्मा गरेर बाटोमा बस्ने मान्छेलाई वितरण गर्ने, चाडपर्वका बेला सामूहिक भेला गरेर रमाइलो गर्ने जस्ता कार्य यहाँ विद्यार्थी संगठनहरूले गर्छन् ।
विद्यार्थीको कोठाकोठामा पानीको जारदेखि खाना
नेपाली विधार्थीको पढाइलाई ध्यानमा राखेर यहाँ नेपालीले नै खोलेका होटेलले कोठा-कोठामै खाजा, खाना तथा पानीको जार पुर्याइदिन्छन् ।
विशेष गरी परीक्षाका बेला यो सेवा धेरै चल्छ । यस्तै मध्येका एक हुन्, विगत ७/८ वर्षदेखि ललिता पार्क लक्ष्मीनगरमा 'राजेश फूड कर्नर' चलाउँदै आएका बाग्लुङका राजेश भण्डारी । 'नेपाली विद्यार्थीको चाप धेरै छ, आफ्नै देशका विद्यार्थीलाई सेवा दिन पाउँदा सेवासँगै सन्तुष्टि पनि मिलेको छ,' उनी भन्छन् ।
कसरी बन्ने त सीए
सीए बन्न तीन लेभलको पढाई पास गर्नुपर्ने हुन्छ । धेरै नेपाली विधार्थी पहिलो चरणको पढाई नेपालमै पूरा गरेर आउँछन् भने कोही विद्यार्थी शुरूदेखि नै अध्ययन गर्न यहीँ आउँछन् । दोस्रो लेभल पास गरेर तीन वर्षको इन्टर्नसीप अनि अन्तिम लेभलको परीक्षा पास गरेपछि सीए बनिन्छ ।
बिहान क्लास, दिउँसो इन्टर्नसीप अनि साँझ फेरि क्लास यहाँ अन्तिम लेभलका विद्यार्थीको ३ सालको दैनिकी नै बन्छ । 'करीब ३/४ घण्टा लामो क्लास शुरूवाती दिनमा पटट्यार लाग्दो भएपनि बिस्तारै बानी पर्छ,' आफ्नो अन्तिम लेभलको परीक्षा परीक्षाको नतिजा कुर्दै बसेका नवलपरासी बर्धघाटका रेसुराज पाण्डे भन्छन् । काठमाडौं तथा त्यस आसपास घर हुने विद्यार्थीलाई भारतीय चार्टर्ड अकाउन्टेन्ट संस्थाले काठमाडौंमै परीक्षा दिने व्यवस्था मिलाएको छ ।
नेपाली कोचिङ इन्स्टिच्यूट अनि नेपाली शिक्षक
सीएको पहिलो अनि दोस्रो लेभलको पढाइको लागि यहाँ नेपाली कोचिङ इन्स्टिच्यूटहरू पनि खुलेका छन् । काठमाडौंको बानेश्वरमा कोचिङ सेवा दिँदै आएको प्राइम सीएले विगत केही वर्षदेखि लक्ष्मीनगरमा पनि सेवा दिँदै आएको छ । त्यस्तै नेपाली शिक्षक नगेन्द्र साहको एस एकेडेमी, फोनिक सीए चर्चित छन् । भारतीय कोचिङ इन्स्टिच्यूटहरूले पनि नेपाली विद्यार्थीका लागि अनेक अफर तथा छूट दिने गरेका छन् ।
किन अप्ठारो हुन्छ त् सीए?
'वर्षमा दुईपटक परीक्षा दिन मिले पनि एउटा विषय फेल भए सबैको परीक्षा दिनुपर्ने, एक-एक दिनको अन्तरालमा परीक्षा हुने अनि धेरै कोर्श कन्टेन्टले गर्दा जो कोहीलाई सीए पास गर्न मुस्किल पर्छ ।
विषयगत शिक्षकको छनोट राम्रोसँग नहुने अनि पढाइसम्बन्धी उचित परामर्शको अभावले गर्दा विद्यार्थीलाई सीए पास गर्न धेरै समय लाग्छ,' भन्छन् गतवर्ष सीए बनेका अर्घाखाँची ठाडाका राजन बञ्जाडे ।
उनको जस्तै भनाइ चितवनका अनिल पौडेलको पनि छ । 'सीए ८० प्रतिशत मेहेनत अनि २० प्रतिशत भाग्यको खेल हो, जे पनि हुनसक्छ,' उनी भन्छन् ।
करसम्बन्धी विषय पढाउने शिक्षक अजय जैनको कुरालाई मान्ने हो भने सीए यस्तो विषय हो जो जवानीको ४/५ वर्ष खर्चिएर बाँकी जिन्दगीको ४०/५० साल आरामदायी जीवन व्यतित गर्न सकिन्छ ।
कतिपय विद्यार्थीले ४/५ वर्षमै पनि सीए पास गर्छन् भने कसैलाई सीए पास गर्न ८/१० वर्ष पनि लाग्छ । शायद सोही कारण भनिएको होला सीए पढ्दा पैसा मात्र होइन जवानी पनि खर्च हुन्छ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...