×

रोजगार संयोजकमा २४ हजारको आवेदन, कुन प्रदेशबाट कति आवेदन परे ?

माघ १८, २०७५

काठमाडौँ– प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् । 

यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा आज अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


Advertisment

मन्त्रालयले ७५३ स्थानीय तहमा एक÷एक जना रहने गरी रोजगार संयोजकको आवेदन गरेको थियो । प्रदेश नं १ बाट तीन हजार ६६५, प्रदेश नं २ बाट तीन हजार ६७१, प्रदेश नं ३ बाट चार हजार ९९४, गण्डकी प्रदेशबाट एक हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट चार हजार चार जनाको आवेदन परेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिए । 


Advertisment

प्राप्त दरखास्तबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने उनले जानकारी दिए। प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने उनको भनाइ थियो । रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् । 

रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । 
बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।

जेठ २७, २०७९

शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय, धनकुटाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ । कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरिएको शुक्रवार आयोगले जनाएको छ  । क...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

मंसिर १, २०८०

लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।  प्राविधिकतर्फ २१६ कर्...

मंसिर १५, २०८०

नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  निगमका अनुसार प्रबन्धक (मेका...

जेठ २५, २०८१

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।  शुक्रबार प्रतिष्ठानले जारी गरेको सार्वजनिक सूचनाअनुसार सहप्राध्यापक र सहायक प्राधापक पदमा विभिन्न विषय अध्यापनका लागि ...

मंसिर १३, २०८०

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले अन्तरवार्ता र सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको छ ।  यस्तै परीक्षा केन्द्र तय, पुनर्र्योगको नतिजासम्बन्धी विषय पनि सूचनामा प्र...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x