×

NMB BANK
NIC ASIA

पोखरा – पर्यटकीय नगरी पोखरामा १६ करोड रुपैयाँको लागतमा रिसोर्ट सञ्चालनमा आएको छ ।

Muktinath Bank

युवा व्यवसायी विनोद गुरुङले पोखरा महानगरपालिका–२९ भण्डारढिकमा ‘सेभेन लेक्स रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिसोर्टको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री लम्सालले पर्यटन उद्योगमा भएको स्वदेशी लगानीलाई प्रदेश सरकाले संरक्षण गर्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘पर्यटन क्षेत्रमा आइपर्ने समस्याले स्वदेशी लगानीकर्ता टाट पल्टने अवस्था आउन हुँदैन,’ उनले भने, ‘राज्यका कारण कुनै पनि पर्यटन व्यवसायीलाई अप्ठ्यारो पर्ने छैन ।’

Vianet communication

मन्त्री लम्सालले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि स्थानीय होटल तथा रिसोर्टमा आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने दाबी गरे । ‘पोखरा सम्भावनाको शहर हो,’ उनले भने, ‘त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदैछ । त्यो देखेर पनि विदेशी ठूला लगानीकर्ताले झण्डै २ सय होटलमा लगानी गर्न ठाउँ खोजिरहेका छन् ।’ 

लगानी सम्मेलनमा आएका चिनियाँले पर्यटन उद्योगमा लगानीका लागि ठाउँ खोज्दै पोखरासम्म आइपुगेको समेत उनले बताए । रिसोर्टका सञ्चालक गुरुङले ७ सय २५ मिटर अग्लो डाँडामा प्राकृतिक स्वरुप नबिग्रने गरी रिसोर्ट निर्माण गरेको बताए ।

‘रिसोर्टबाट मनोरम हिमशृंखला, बेगनास तथा दिपाङ ताल र पोखरा उपत्यकाको दृश्यावलोकन गरी पर्यटकले आनन्द प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘लेखनाथ क्षेत्रमा पर्यटक बढाउन रिसोर्टले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु ।’

गुणस्तरीय खानाका साथ स्वदेशी तथा विदेशी परिकार उपलब्ध हुने गुरुङले बताए । रिसोर्टमा फेमिली डिलक्स, डिलक्स डबल र सुपर डिलक्स गरी सुविधा सम्पन्न १९ वटा कोठा रहेको गुरुङले बताए ।

रिसोर्टमा वातानुकुलित सेमिनार हल, रेस्टुरेन्ट तथा बारसहित आरामदायी स्विमिङ पुलको सुविधा समेत रहेको छ । रिसोर्टमा प्रत्यक्ष रुपमा अहिले ३० र अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगारीको अवसर पाएको गुरुङले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x