×

NMB BANK
NIC ASIA

काठमाडौं – कम्प्यूटर लगायतका मेसिन र प्रविधिले खासै त्रुटि गर्दैनन् भन्ने विश्वास गरिन्छ । तर ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कम्प्यूटरले भने उल्टो देखाउने गरेको छ ।

Muktinath Bank

चालक अनुमतिपत्र (लाइसेन्स) नविकरण गर्न आउनेको ‘ट्रायल फेल’ देखिने र ट्रायल फेल भएकाहरूको नतिजा कम्प्यूटरमा पास देखिने गरेको पाइएको छ । हाल कोटेश्वर बस्दै आएका गुल्मीको स्मा गाउँपालिका–७ का नारायण घर्ती ३ पटक लाइसेन्स ट्रायलमा फेल भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

तर कार्यालयमा आउँदा कम्प्युटर डाटाले उनलाई पास भएको देखायो । ‘लाइसेन्स पास भएको देखिएपछि लाइसेन्स लिने प्रक्रिया अगाडि बढाउँदा कर्मचारीहरूले ढड्डामा फेल भएको भनेका छन् । २ दिन आइसकें काम भएको छैन । यो २ नम्बर टेबुलमा २ घण्टादेखि कर्मचारी नै छैनन् । अब भोलि आउनुपर्ला,’ नारायण घर्तीले भने ।

Vianet communication

नुवाकोटको बिदुर–९ का ठाकुर तिमिल्सिनाले २०६५ माघ ११ गते लाइसेन्स लिएका हुन् । उनको लाइसेन्सको म्याद २०७५ माघ ११ गते सकिएको छ । उनी लाइसेन्स नविकरणको लागि यातायात व्यवस्था कार्यालय आउँदा कम्प्यूटरले उनलाई फेल भएको देखायो ।

वास्तविकताभन्दा कम्प्यूटरमा फरक नतिजा देखाउने समस्या दिनहुँ सेवाग्राहीलाई आउने गरेको छ । समस्याले कार्यालय र सेवाग्राही दुवैलाई अप्ठ्यारो पारिरहेको छ । ‘दिनकै ५–६ सय जनाको काम गर्दा केहीको हकमा त्यस्तो समस्या देखिने गर्छ । त्यस्तो समस्यामा हामीले सबै सक्कल कागजात हेरेर कार्यालय प्रमुखको निर्णयबाट समाधान गर्ने गर्छौं । यो हामीले जानीजानी गरेको गल्ती होइन, फेल भएकोलाई पास र पास भएकालाई फेल गर्ने त कुरा हुँदैन । धेरै काम गर्दा केही अन्जानवश गल्ती हुन्छ,’ कार्यालयका शाखा अधिकृत डम्बरबहादुर चन्दले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x