×

NMB BANK
NIC ASIA

झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसे

भदौ २५, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौँ - कमलपित्तको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका–३ का एक जना लामा झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि बिरामी सिकिस्त भएपछि अस्पताल भर्ना गरिएको छ ।

Muktinath Bank

जिल्ला अस्पतालमा उपचारका लागि आएका नीलकण्ठ नगरपालिका–३ का गजबहादुर लामाले लामो समयदेखि उपचार गर्ने भन्दै बिरामीको पेट चिर्ने गरेको तथ्य खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय राजु मगरको गत भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगतसमेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीले बताए ।


Advertisment
Nabil box
Kumari

कमलपित्तको बिरामी परेर उपचार गराइरहेका मगर झाँक्रीकामा उपचार गराउन गएका थिए । उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए ।

Vianet communication

सोही बेला उपचारका लागि भनेर कमलपित्त तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग रु आठ हजार ३८० रकम लिएर पत्तीले देब्रेपट्टी पेटमा चिरेको बिरामीको श्रीमती विमलाले जानकारी दिइन् ।

पेट चिर्ने बेलामा झाँक्रीले बिरामीको श्रीमती र सँगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए । पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूले चुसेको बिरामी मगरले बताइन् ।

करीब दुई महीनादेखि कमलपित्तले थलिएका मगर कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको छ । कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि यसरी पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए । ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएका थिए ।

ती महिलालाई प्रहरीकामा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी नगरेको अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारवाही गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x