३ सय ३० भन्दा बढी संख्यामा प्राविधिक अधिकृतका लागि आवेदन माग्दै लोकसेवा

काठमाडौं– लोकसेवा आयोगले ३ सय ३० भन्दा बढी संख्यामा प्राविधिकतर्फका अधिकृत पदहरूका लागि आवेदन आह्वान गर्ने भएको छ ।

केमिकल इञ्जिनीयर, कम्प्युटर इञ्जिनीयर, तथ्यांक अधिकृत, सिभिल इञ्जिनीयर, बाली संरक्षण अधिकृत, कृषि इञ्जिनीयर लगायतका २३ प्राविधिक पदमा आवेदन माग गर्ने भएको हो ।


Advertisement

सामान्य प्रशासन मन्त्रालयले संघीय तहका लागि आवश्यक प्राविधिक अधिकृतहरूको संख्या यकिन गरी सोमवार लोकसेवा आयोगको कार्यालयमा पठाइसकेको छ ।

कात्तिक महिनाको अन्तिम बुधवार अर्थात् भोलि प्राविधिकतर्फका अधिकृतहरूका लागि आवेदन आह्वन गरिने लोक सेवा आयोगको कार्यतालिकामा नै उल्लेख छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्