×

NMB BANK
NIC ASIA

साग प्रतियोगिता : जनकपुरधाममा कुस्तीका खलिफालाई भिडाउन ‘अखडा’ तयार

मंसिर १८, २०७६

NTC
Premier Steels

१३ औं दक्षिण एसियाली खेलकुद (साग) २०७६ को कुस्ती प्रतियोगिताका लागि २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सम्पूर्ण तयारी पूरा भएको छ । 

Muktinath Bank

मंसिर २० देखि २३ गतेसम्म आयोजन हुने कुस्ती प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहित ५ देशका खेलाडी (खलिफा) ले भाग लिनेछन् । कुस्ती खेल्ने खेलाडीलाई पहलवान तथा खलिफा भन्ने गरिन्छ । कुस्ती खेल्ने ठाउँलाई ‘अखडा’ भनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सागमा सहभागी हुने देशमध्ये माल्दिभ्स र भुटान सहभागी नहुने धनुषा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख विनोद सिंहले बताए । महिला र पुरुष गरी छुट्टाछुट्टै टीम सहभागी हुने प्रतियोगितामा पाकिस्तानको तर्फबाट महिला टीम सहभागी हुने छैन । विभिन्न तौल समूहको चरणवद्ध १० वटा खेल हुने प्रतियोगिताको सबै बन्दोबस्त पूरा भएको छ । खेलाडीलाई जनकपुरदेखि महोत्तरीको बर्दिवासस्थित होटलमा राख्नका लागि कोठाहरू समेत बूक गरिसकिएको छ । 


Advertisment
Nabil box
Kumari

खेलाडीलाई होटलदेखि खेलकुद आयोजन हुने स्थल धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलसम्म आवतजावतका लागि नेपाल पर्यटन बोर्डले ५  वटा बस उपलब्ध गराएको छ । खेलाडीको सुरक्षादेखि प्रतियोगिता आयोजना हुने स्थलसम्म सुरक्षा प्रदान गर्न ६ सय ७५ जना नेपाल प्रहरी, ५ सय जना सशस्त्र प्रहरी तथा सादा पोशाकमा नेपाली सेना समेत परिचालन हुने सिंहले बताए ।

Vianet communication

कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा हलभित्र सीमित संख्यामा मात्र दर्शकलाई अनुमति दिइएको छ । बाँकी दर्शकलाई खेल अवलोकनका लागि कभर्ड हल बाहिर तथा जनकपुरको जानकी मन्दिरमा एलईडी पर्दामा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उनले बताए । 

सांस्कृतिक कार्यक्रमको जिम्मा मिनापलाई 

सिंहका अनुसार २० गते आयोजन हुने उद्घाटन समारोहका लागि भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरसँग ७० हजार रुपैयाँमा सम्झौता गरिएको छ । मिनापका अध्यक्ष परमेश झाका अनुसार उद्घाटन सत्रमा मैथिली भाषामा लोक गीतसहित ५ वटा नृत्य प्रस्तुत गर्ने तयारी गरिएको छ ।

‘ईएह छि हमर जनकपुर’, ‘जय नेपाल जय नेपाल’, ‘सामा चकेवा’, ‘डोमकछ’ सहितको गीतमा नृत्य प्रस्तुत गर्ने तयारी गरिएको झाले बताए । ‘ती नृत्यमा पहिलेभन्दा केही नयाँपन दिने कोसिस गरेका छौं,’ झाले भने, ‘केही गीतमा नयाँ कम्पोज गरेका छौं भने केहीमा भने पुरानै ट्रयाक रेकर्डमा नृत्य प्रस्तुत गर्नेछौं ।’ 

करीब ३ सय वटा पोलमा सहभागी हुने सबै देशको झण्डा झुण्ड्याउने तथा जनकपुर शहरका विभिन्न स्थानमा प्रवेशद्वार बनाउने काम भइरहेको छ ।

राखेपले दियो ३० लाख

आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधाममा हुन गइरहेको साग प्रतियोगिताको तयारीका लागि हालसम्म ३० लाख रुपैयाँ मात्र दिइएको सिंहले बताए । ‘हामीले पूरा तयारीका लागि ५६ लाख रुपैयाँको इस्टिमेट गरेर पठाएका थियौं,’ सिंहले भने, ‘हालसम्म ३० लाख रुपैयाँ मात्र पाएका छौं ।’

प्राप्त रकमबाट धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलको ढलान, प्लास्टर, रंगरोगन लगायतको मम्र्मत सम्भारका कामहरू गरिएको उनले बताए । राखेपले खेलकुद आयोजन गर्नका लागि आवश्यक पर्ने ३ सेट म्याट समेत पठाइसकेको छ । चीन र भारतबाट राखेपले नै म्याट किनेर पठाएको उनले बताए ।

प्रधानमन्त्रीको रोजाइका कारण जनकपुरमा साग

काठमाडौंमा नै आयोजन हुने गरेको साग काठमाडौं बाहिर पोखरा र जनकपुरमा समेत आयोजन भइरहेको छ । कुस्ती खेल तराईमा नै गर्नुपर्ने र त्यसका लागि जनकपुर नै चयन हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार नै जनकपुर समेत छनोटमा परेको सिंहले बताए । जनकपुरमा तिरहुतिया गाछीमा नै आयोजन गर्ने भनेर राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारी, प्रशासकीय अधिकृत लभभक्त श्रेष्ठ, इन्जिनियर राजु श्रेष्ठले स्थलगत निरीक्षणका क्रममा तय गरेका थिए । टोलीले प्रदेश सरकारका प्रतिनिधि तथा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहसँग भेट गरेर तिरहुतिया गाछीमा आयोजन गर्न छलफल गरेका थिए तर समय अभावका कारण त्यहाँ हुन नसक्ने भएपछि कभर्ड हलमा छनोट गरिएको सिंहले बताए ।

यी हुन् नेपालका टोली

कुस्ती प्रतियोगितामा पुरुषतर्फ नेपालको तर्फबाट नरेश यादव, सरोज यादव, सुरेश चुनारा, बुन्नी लाल राउत अहिर, राज यादव, सुमिर कुमार साह, सागर कुमार यादवले कुस्ती खेल्नेछन् । महिलातर्फ मनिषा सिंह, सिबांगी दुबे, संगीता धामी, सुशीला चन्द, अम्बिका भण्डारी, कोमल खत्री र निर्मला जागरी खेल्नेछन् । 

पुरुषतर्फ सुरेश चुनारा (पश्चिम महेन्द्रनगर) बाहेक सबै खेलाडी २ नम्बर प्रदेशको बारा र पर्साका छन् । सबै महिला खेलाडी पश्चिम महेन्द्रनगरका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x