×

NMB BANK
NIC ASIA

रामनारायण मिश्रकै गाउँमा कांग्रेसको पराजय, पार्टीभित्र आत्ममन्थनको आवश्यकता !

मंसिर ३०, २०७६

NTC
Premier Steels

महोत्तरीको पिपरा गाउँपालिकास्थित पिपरा चौकमै एउटा शालिक निर्माण गरिएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता रामनारायण मिश्रको शालिक मुख्य राजमार्गको बीचमै स्थापित गरिएको छ ।

Muktinath Bank

२०६१ साल पुष ६ गते नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उक्त शालिकको अनावरण गरेका थिए । जुन कुरा त्यहाँ शिलालेखमा लेखिएको पनि छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिश्र ती नेता हुन् जो नेपाली कांग्रेसको संस्थापक नेताहरूमध्येका एक मानिन्छन् । बीपी कोइरालाका समकालीन नेता हुन्, उनी । मिश्र त्यही गाउँ पिपराका नै बासिन्दा हुन् । 


Advertisment
Nabil box
Kumari

उनी वाणिज्य मन्त्री भएको बेला जनकपुरमा जनकपुर चुरोट कारखाना स्थापना गराएका थिए । उनी तराई मधेशको अत्यधिक लोकप्रिय नेताको रूपमा स्थापित थिए । 

Vianet communication

२०१६ जेठ १३ गते विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको मन्त्रीमण्डलमा मिश्र उद्योग वाणिज्य मन्त्री थिए । त्यस मन्त्रीमण्डलमा मिश्रको मर्यादाक्रम पाँचौं स्थानमा थियो । तत्कालीन मन्त्रीहरू सुवर्ण समशेर जबरा, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय मात्र मिश्रभन्दा माथिल्लो मर्यादाक्रमका मन्त्री थिए । ८ जना मन्त्री र १३ जना उपमन्त्री त्यति बेला कोइरालाले चयन गरेका थिए ।

पछि २०१६ साल असार १६ गते पुनर्गठन गरिएको मन्त्रीमण्डलमा पनि मिश्रलाई यथावत राखिएको थियो । मिश्रको मन्त्रालय र मर्यादाक्रममा कुनै पनि हेरफेर गरिएको थिएन । पुनर्गठन गरिएको मन्त्रीमण्डलमा ११ जना मन्त्री र १० जना सहायक मन्त्री चयन गरिएको थियो । 

यसरी हेर्ने हो भने मिश्रको कद कांग्रेस पार्टीमा कुन तहको थियो भन्ने कुरा सहजै बुझ्न सकिन्छ । मिश्रको पहिचान राष्ट्रिय नेताको रूपमा स्थापित थियो । उनले देशमा लोकतन्त्र प्राप्तिका लागि लामो समय जेलजीवन नै भोग्नुपरेको थियो । जेलमा हुँदा नै क्यान्सर रोगले ग्रस्त भएपछि उपचारका लागि अन्तिम समयमा उनलाई तत्कालीन शासकले जेलबाट रिहा गरेको भए पनि उनी बाँच्न सकेनन् । उपचारका क्रममा उनको निधन भएको थियो ।

जसरी गिरिजाप्रसाद कोइरालालाई कांग्रेसीहरूले ‘गिरिजा बाबु’ भनेर भन्ने गर्छन् त्यसरी नै तराईमा रामनारायण मिश्रलाई ‘रामनारायण बाबु’ भन्ने गरिन्थ्यो । उनकै कारण महोत्तरी जिल्लामा कांग्रेसले ठूलै संगठन बनाउन सकेको थियो । तर, त्यही पिपरा अर्थात् रामनारायण मिश्रको गाउँमा कांग्रेसको गढ क्रमशः भत्किदै गएको  ।

पिपरामा यसअघि भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पराजित भएको थियो । त्यहाँ राष्ट्रिय जनता पार्टी नेपालका विनोद चौधरी निर्वाचित भएका थिए । 

तत्कालीन नेकपा एमालेका उम्मेदवार विक्रम चौधरी दोस्रो, माओवादीका रामजानकी यादव तेस्रो भएका थिए भने कांग्रेस चौंथो स्थानमा खुम्चिएको थियो । पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन भएपछि मंसिर १४ गते सम्पन्न भएको स्थानीय तहको चुनावमा कांग्रेसले फेरि त्यस्तै हार बेहोरेको छ ।

कांग्रेसका उम्मेदवार विजय यादवले १ हजार ९ सय ३५ मत मात्र ल्याउन सके । उनी फेरि पनि चौथो स्थानमा नै सीमित हुनुपर्‍यो । उम्मेदवार यादवले भने, ‘विगतको स्थानीय तहको चुनावमा १४ सय मत मात्र आएको थियो तर यस पटक त ५ सय जति मत बढी नै आएको छ ।’

यस पटकको उप निर्वाचनमा साविकको एमाले र माओवादी मिलेर गठन भएको नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् ।

उनले ३ हजार २ सय ४९ मत ल्याएर चुनाव जितेका हुन् । उनी यसअघि २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट चुनाव लडेर दोस्रो स्थान प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी समाजवादी पार्टी नेपालका उम्मेदवार रामजानकी यादवले ३ हजार ४१ मत ल्याएका छन् । बिगतमा उनी माओवादीबाट चुनाव लडेका भएपनि यसपटक समाजवादी पार्टीबाट उम्मेदवार थिए । राजपा नेपालकी रविताकुमारीले २ हजार ९ सय ८४ मत ल्याइन् ।

कांग्रेसको अवस्था धेरै नै खराब भयो भन्ने कुरा मान्न कांग्रेस उम्मेदवार यादव तयार छैनन् । ‘मुख्य कुरा के हो भने पिपरामा पहिले देखि नै कांग्रेसको जनाधार त्यति बलियो वा सुदृढ थिएन,’ कांग्रेसका उम्मेदवार यादवले भने, ‘२०५४ सालको स्थानीय निकायको चुनावमा समेत अहिलेको पिपरा गाउँपालिकाभित्र पर्ने साविकका ४ वटा गाविसमा तत्कालीन नेकपा एमालेले नै जितेको थियो ।’ 

आफूले चुनाव हार्नुको मुख्य कारण सत्तासीन दलहरूको शक्तिको दुरूपयोगलाई मुख्य मान्छन्, उनी ।

मुख्यमन्त्रीदेखि मन्त्रीहरू, सांसददेखि सबै खाले नेताहरूले ताकत लगाए,’ यादवले थपे, ‘त्यसबाहेक कांग्रेसका आफ्नै कतिपय साथीहरूले समेत साथ दिएनन्, उनीहरूको मनमा समेत खोट भएकाले पनि चुनाव हार्नु परेको हो ।’
नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार पिपरामा कांग्रेसले चुनाव हार्नु पछाडि धेरै कारणहरू छन् ।

‘कांग्रेसका कतिपय साथीहरूले इमान्दारिता देखाएनन्, अन्तर्घात बढी भयो,’ सभापति रायले भने, ‘पिपरा गाउँपालिकामा अध्यक्षका लागि इच्छुक रहेका बाँकी १३ जना उमेदवारहरूको त चुनावमा उपस्थिति नै देखिएन ।’ एकातर्फ आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूले कमी कमजोरी गरे भने अर्कातर्फ अन्य पार्टीका उम्मेदवारहरूले पैसाको बढी नै चलखेल गरेको उनको जिकिर छ ।

‘सबै पार्टीका उम्मेदवारहरूले पैसाको खोलो नै बगाउनुभयो, त्यसमा हाम्रो उम्मेदवार पछि पर्नुभयो, त्यसकारण पनि हामीले चुनाव लूज गर्नुपर्‍यो,’ रायले भने ।

स्वर्गीय रामनारायण मिश्रको गाउँमा नै कांग्रेस पटक–पटक पराजित भएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ । मिश्रका छोरा हरिशंकर मिश्र पूर्व सांसद समेत हुन् । ‘कांग्रेसको संस्थापक नेता बीपी कोइराला पनि आफ्नै संसदीय क्षेत्र बिराटनगरमा हार्नुभएको थियो,’ उनी भन्छन्, ‘यो त गाउँपालिकाको चुनाव हो, रामनारायण मिश्रको गाउँमा कांग्रेस हार्‍यो त धेरै ठूलो कुरा भयो भन्ने पनि छैन ।’ 

पहिले चुनाव हुँदा आदर्श र सिद्धान्तको आधारमा चुनाव हुन्थ्यो । कार्यकर्ताले, मतदाताले  नै नेतालाई उल्टै केही दिएर मतदान समेत गरेर चुनाव जिताउने गर्थे  तर अहिले मतदाताले विना पैसा मतदान नै नगर्ने उनको जिकिर छ ।
‘अहिलेको आदर्श भनेको पैसा र जाति मात्र बनेको छ,’ मिश्र भन्छन्, ‘यसपटकको चुनावमा महिलालाई सारी, पुरुषलाई दारु तथा पैसा बाँडेर मत किनिएको छ ।’ 

पैसाको रेसमा आफ्नो पार्टीका उम्मेदवार पछाडि परेकाले चुनाव हारेको उनको निष्कर्ष छ । 'कांग्रेसको उम्मेदवारसँग पैसा नै थिएन अनि चुनाव कसरी जित्न सकिन्छ ?' उनले भने, ‘कांग्रेसको पराजय किन भएको भन्ने कुराको समीक्षा गर्नका लागि समीक्षा बैठक मात्र गरेर हुँदैन । एउटा आयोग नै गठन गरेर कमीकमजोरी पत्ता लगाएर आगामी दिनमा बढे मात्र कांग्रेसले फेरि पनि आफ्नो गढ स्थापित गर्न सक्नेछ ।'

'बूथ कमिटी, क्षेत्रीय कमिटी सक्रिय छैनन्, जिल्ला कमिटीको जुन रुपमा सक्रियता हुनुपर्थ्यो त्यो देखिएको छैन । क्रियाशील सदस्यहरूले सदस्यता त नामका लागि कांग्रेसकै लिएका छन् तर क्रियाशीलता नै छैन । विभिन्न समिति तथा जिम्मेवारीमा रहेका निष्क्रिय साथीहरूलाई पार्टीले कारबाही गर्न सक्नु पर्छ त्यो पनि ठाउँको ठाउँ,’ मिश्रले भने, ‘अनि मात्र कांग्रेसले आफ्नो जनाधार बलियो बनाउन सक्छ ।’

हुन त कांग्रेसका उम्मेदवारलाई जिताउनका लागि यसपटक नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले भरपुर प्रयास पनि गरेका थिए । पिपरामा नै चुनावी सभा आयोजना गरेर प्रवक्ता विश्वप्रकाश शर्मासहित प्रदेश नम्बर २ का सम्पूर्ण केन्द्रीय नेताहरूलाई लगेर चुनावी माहोल बनाउन निधिले प्रयास पनि गरेका थिए । रामनारायण मिश्रको योगदान स्मरण गराउनुका साथै दुईदिन पिपरामा नै बसेर नेता तथा कार्यकर्ताको घरमा गएर पार्टीलाई एकताबद्ध बनाएर चुनावमा अगाडि बढ्न उपसभापति निधिले प्रेरित पनि गरेका थिए । 

यति मात्र होइन, प्रतिनिधि सभाको निर्वाचनमा राजपा नेपालका महन्थ ठाकुरका लागि नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपालीको उम्मेदवारी फिर्ता लिन लगाएको साथै सप्तरीमा उपेन्द्र यादवका लागि कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाएको भन्दै त्यति बेलाको पैंचो साट्न समेत महन्थ ठाकुर र उपेन्द्र यादवलाई निधिले मञ्चबाटै आग्रह समेत गरेका थिए ।

निधिले त्यतिसम्म प्रयास गर्दा पनि कांग्रेसको पुरानो गढमा उसका पक्षमा जनमत देखिएन । कांग्रेसले अब नयाँ रणनीतिका साथ अगाडि नबढ्ने हो र कमी कमजोरीलाई नसच्याउने हो भने कांग्रेसको अवस्था झन झन खराब हुँदै जाने निश्चित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x