चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
राष्ट्रिय जनता पार्टीकी महासचिव एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरी अध्यक्ष रहेको नेपाल– भारत महिला मैत्री समाजले करीब ५ वर्षअघि सर्लाहीमा एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गर्यो तर उक्त कार्यक्रममा फरक दृश्य देखियो । स्थानीयहरू यति खुशी भए कि उनीहरूले हर्षको आँसु बगाए । धरधरी रोए ।
त्यो कार्यक्रम एक हिसाबले भन्दा उत्सवसरह नै थियो । उत्सव नहोस् पनि किन ? जसले हजारौंलाई लाभान्वित गर्थ्यो । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको थियो, जीवन र मृत्युको कुरा थियो ।
गाउँमा पहिलोपटक एम्बुलेन्स सेवा शुरू भएपछि स्थानीयहरू अव अकालमै नमरिने भइयो भनेर हर्षित भए । चन्दा पनि गरीब जनतालाई सकेको सहयोग गर्न पाउँदा खुशी थिइन् । तर त्यहाँका स्थानीयले उनलाई जे भने त्यसले उनलाई आजसम्म पनि छोइरहन्छ, उनीहरूको दु:खले चिमोटिरहन्छ ।
त्यहाँका स्थानीयले चन्दालाई भनेका रहेछन्- 'हामीले अहिलेसम्म कतिलाई नेता बनायौं, कतिलाई मन्त्री बनायौं, कसैले वास्ता गरेनन् । गाउँमा एम्बुलेन्स सेवा थिएन । एम्बुलेन्स नहुँदा थुप्रै गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको थियो । सामान्य रोग लागेका मानिस समयमै अस्पताल पुग्न नपाउँदा छट्पटाउनु परेको थियो तर तपाईंले हाम्रो पीरमर्का बुझ्नुभयो । गरीबका घाउमा मल्हम लगाउनुभयो ।'
त्यसपछि चन्दाले सोचिन्- हाम्रो सानो प्रयासले यति धेरैको मनमा बस्न सकिने रहेछ । अब झन् डटेर गरीब दु:खीको सेवामा लाग्छु ।
हो, त्यसै दिनदेखि चन्दा आजपर्यन्त बेसहारा, भोकानांगा गरीब जनताको सेवामा लागिरहेकी छन् ।
उनले देशका विभिन्न जिल्लामा पुगेर समाजसेवा गरेकी छन् । उनको प्रयासमा धेरैले पढ्न पाएका छन्, धेरैले नेतृत्व लिन सक्ने क्षमता बनाएका छन् । धेरै स्वरोजगार बनेका छन् । कैयनले सीपमूलक तालिम
सिकेर आफूलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाएका छन् । केहीले भारतका विभिन्न स्तरीय कलेज तथा विश्वविद्यालयमा नि:शुल्क अध्ययन गर्न पाएका छन् ।
आउनुस्, उनका केही सकारात्मक कदमबारे चर्चा गरौं ।
पहाड र मधेशका जिल्लाहरूमा पिछडिएका महिलाहरूलाई सिलाइकटाइसम्बन्धी नि:शुल्क तालिम दिएर स्वाभलम्बी बनाउन चन्दाको नेपाल-भारत महिला मैत्री समाजले महत्त्वपूर्ण भूमिका खेलेको छ, जसमा ८७५ जना महिला लाभान्वित भएका छन् ।
रुचि भएका महिलालाई 'ब्यूटिसियन' तालिम दिएर बजारसँग जोड्न सहयोगी भूमिका समाजले खेलेको छ । ५ जना विपन्न छात्रालाई संस्थाको तर्फबाट नि:शुल्क पढाइँदै छ, यसलाई निरन्तरता दिन संस्था प्रयासरत छ ।
सर्लाहीको दुई र महोत्तरीको एक ग्रामीण भेगमा एम्बुलेन्स सेवा सञ्चालनमा छ । जसकारण उक्त क्षेत्रका गरीब जनताहरूले सहजरूपमा एम्बुलेन्स सेवा प्रयोग गर्न पाएका छन् । अस्पतालमा पहुँच बढाएका छन् ।
संस्थाले महोत्तरीको मटिहानीमा अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क ह्वील चियर प्रदान गरेको छ ।
संस्थाले चन्दाकै नेतृत्वमा विसं २०७३ सालको भीषण बाढीमा घरबारविहीन भएका महोत्तरीका ५ सय बढी जनतालाई त्रिपाल र अन्य राहतका सामग्री प्रदान गरेको छ ।
महिला अधिकार र दाइजोप्रथा उन्मुलन तथा विभिन्न विषयमा ग्रामीण भेगमा महिलालाई सचेत र अवगत गराउँदै आएको छ ।
चन्दाको संस्थाले गरेको यी सामाजिक कार्यका केही उदाहरण मात्र हुन् ।
***
राष्ट्रिय राजनीति र समाजसेवालाई सँगसँगै लगेकी चन्दाले विशेषगरी तराईलाई बढी नियालेकी छन्, तराईका समस्यालाई छामेकी छन् । उनलाई लाग्छ- तराईको सबैभन्दा ठूलो समस्या भनेको अशिक्षा र बेरोजगारी हो । त्यसैले त उनी भन्छिन्- सरकारको 'सुखी नेपाली, समृद्ध नेपाल' बन्नका लागि पहिला व्यक्ति शिक्षित हुनुपर्छ ।
'मानिस शिक्षित नभएपछि त्यसले रोजगारीमा असर गर्छ । बेरोजगारी बढाउँछ । तराई आर्थिक हिसाबले धेरै बिपन्न छ । जबसम्म आर्थिक सम्पन्नता हुँदैन तबसम्म समाज र देश सम्पन्न हुँदैन,' उनी भन्छिन्, 'सरकारको नारा 'समृद्ध नेपाल, सुखी नेपाली' का लागि अशिक्षा र बेरोजगारी हटाउनैपर्छ । त्यस विषयमा म गम्भीर छु, मेरो संस्था चिन्तित छ ।
उनले बालबालिकाहरू पढाउन पठाउनुपर्छ भन्दा तिनका अभिभावकले भन्दा रहेछन्- 'घरको काम कसले गर्छ ? दाउरा कसले ल्याउने ? खाने कसरी ?'
यी कुराले उनलाई अझै पनि घोचिरहन्छ । त्यसैले उनी भनिरहन्छिन्- तराईमा विश्वविद्यालय खोल्नुपर्छ । गरीबीलाई घटाउनुपर्छ, चेतनास्तर उकास्नुपर्छ ।
दाइजो नपाएको झोकमा कुटपिट गर्ने, धम्क्याउने तथा ज्यान लिनेसम्मका घटना तराईका जिल्लाहरूमा पहिला निकै घट्थे तर अहिले त्यस्ता क्रुर घटनाको संख्यामा कमी आएको छ । तर पूर्णरूपमा निर्मुल हुन भने सकेको छैन । अझै पनि अवस्था चिन्ताजनक नै छ । यो कुरा चन्दा पनि स्वीकार्छिन् ।
उनी दाइजो लिने र दिने दुवैलाई समाजबाट बहिष्कार गरेमात्र यो समस्या चाँडै नै हट्ने दाबी गर्छिन् । दाइजो लिन नहुनेबारे कानून बनेपनि कार्यान्वयन नभएकोमा उनी चिन्तित छिन् । 'दाइजो लिने–दिनेलाई कानूनी कारवाही हुनुपर्छ र सँगै सामाजिक बहिष्कार पनि गर्नुपर्छ,' उनी भन्छिन् ।
चन्दाको संस्थाले दाइजोप्रथा उन्मुलन गर्नका लागि धेरै कार्यक्रमहरू गरेको छ । अभिभावक तथा छोराछोरीहरूलाई राखेर जनचेतनामूलक कार्यक्रम, गोष्ठी, सेमिनारहरू गरेको छ । विसं ०६२ र०६३ मा चन्दा आफैंले दाइजोप्रथा उन्मुलनका विषयमा तालिमहरू दिँदै हिँडेकी थिइन् ।
'बजेट कनिका जसरी छरिएर गयो, आसेपासे मोटाए'
बजेट विभिन्न शीर्षकमा छरिएर विनियोजन हुन्छ । अत्यावश्यकबाहेक अन्य शीर्षकमा यसरी बजेट छरिएर गएको चन्दालाई भने चित्त बुझेको रहेनछ । 'जहाँ जेको बढी खाँचो छ, त्यसमा बजेट हाल्नुपर्यो, कनिका छरे जसरी बजेट बाँड्नु भएन,' उनी गुनासो पोख्छिन्, 'व्यक्ति मोटाइरहेछ, समाज मोटाएन ।' उनको भनाइ मान्ने हो भने सांसदले पाउने पैसा विकासमा भन्दा नेताका नजिकका मान्छेले सोस्छन्, उनीहरू नै मोटाउँछन् । सांसदले पाउने ६ करोड कुनै एउटा प्रोजेक्टमा मात्रै लगाइयो भने त्यो प्रभावकारी हुन्छ । उनी बजेट अलि 'फोकस्ड' हुनुपर्ने धारणा राख्छिन् ।
सांसदलाई दिने पैसा कुनै एउटा शीर्षकमा खर्च गर्ने र त्यसको अधिकतम् प्रयोग गर्ने परिपाटी बसाउनुपर्ने चन्दा बताउँछिन् । उनी थप्छिन्, 'एक सालको बजेट कुनै पनि सांसदलाई नदिने, त्यो पैसा शिक्षामा मात्रै हुन्छ कि स्वास्थ्यमा मात्रै हुन्छ कि, या कुनै विषयमा मात्रै खर्च गर्नुपर्छ । एकपटकको बजेटमा विश्वविद्यालय बनाउने भनियो भने त्यसलाई पूर्णता दिने सांसदलाई पैसा नदिने गर्नुपर्छ ।' यसो भयो भने सबै सांसद्का क्षेत्रका विद्यार्थीहरूले पढ्न पाउने र त्यसलाई नै विकासको रूपमा लिनुपर्ने चन्दाको भनाइ छ ।
दुईचार जनाले २ नम्बर प्रदेशलाई बदनाम गरे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार २९औं वार्षिक प्रतिवेदन बुझायो । जसमा प्रदेश नम्बर दुईमा सबैभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरिएको छ तर चन्दा भने बर्दिबासमा रहेको अख्तियारको कार्यालयले राम्रोसँग काम गर्न नसकेको बताउँछिन् । 'सरकारी निकायहरू चुस्त दुरुस्त हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । अख्तियारको कार्यालयले निवेदन पर्दा खोल्ने, कहाँ भ्रष्टाचार भइरहेको छ हेर्ने अनि बुझ्ने गर्नुपर्थ्यो न कि एकैचोटि प्रतिवेदन बुझाउने । त्यो त पहिले पनि हेर्न सकिन्थ्यो नि !' उनले भनिन् ।
दुई-चार जनाले गर्दा २ नम्बर प्रदेश बदनाम भएको उनले बताइन् । 'दुई-चार जना, १०-१५ जनाले भ्रष्टाचार गरे होलान् तर बुद्धिजीवी, सरकारी अफिस तथा २ नम्बर प्रदेशका सारा जनता बदनाम भए । कति जना भ्रष्टाचारमा संलग्न भए त्यो पनि खुलाएर जनताको सामु राख्नुपर्थ्यो,' उनले दुखेसो पोखिन् ।
उनले कस-कसले भ्रष्टाचार गरेर प्रदेशको बदनाम गरे त्यसको पर्दाफास बर्दिबासमा रहेको अख्तियारको कार्यालयले गर्नुपर्ने बताइन् ।
अबको योजना
संस्थाले विभिन्न विषयमा समाजमा सकारात्मक सुधारका पहलहरू गरिरहेको छ । यसै सिलसिलामा पहाड र मधेशका महिलाहरूलाई 'सामूहिक अर्ग्यानिक तरकारी खेती'मा जोड्न संस्था लागिपरेको छ । चन्दा भन्छिन्- 'महिलाहरूलाई आर्थिक हिसाबले बलियो बनाउन हामीले सामूहिक तरकारी खेतीको योजना ल्याउँदैछौं । तीन महिनामै तपाईंहरूले यसको शुरूआत देख्न सक्नुहुन्छ ।'
त्यस्तै, विपन्न तथा एकल महिलाहरूलाई लक्षित गरेर संस्थाले 'नेपाल-भारत महिला मैत्री सिलाइ सेन्टर' पनि स्थापना गर्दैछ, जसमा संस्थाले सीप सिकाउनुका साथै लगानी पनि गर्छ । आम्दानीमा संस्थाले कुनै दाबी गर्दैन ।
यसैगरी २ नम्बर प्रदेशका सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लाहरूमा छरिएर रहेका आदिवासी, जनजाति, दलित र विपन्न परिवारका बच्चाहरूलाई भारतका केही कलेजहरूमा उच्च शिक्षा दिलाउनमा संस्था लागिपरेको छ । यसअघि पनि संस्थाले १३ जना विद्यार्थीलाई उच्च शिक्षाका लागि भारत पठाइसकेको छ ।
'मेरो व्यक्तिगत र नेपाल-भारत महिला मैत्री समाजको पहलमा भारतका केही कलेजलाई अनुरोध गरेर विद्यार्थीहरूलाई नि:शुल्क अध्ययन गर्ने व्यवस्था मिलाउँदै छौं । जसमा बीटेक, बीफार्म, एमपीएच, नर्सिङलगायतका कोर्ष हुनेछन् । यस वर्ष सीट संख्या पहिलेको भन्दा बढी हुनेछ ।'
उचित शिक्षा दिन सकिए मात्रै त्यसले आर्थिक स्तर उकास्ने चन्दा बताउँछिन् । 'पढेपछि उसले कमाउँछ, कमाएपछि घर सम्पन्न हुन्छ अनि समाज र देश आपसेआप सम्पन्न हुन्छ,' चन्दा भन्छिन् ।
***
प्रदेश नम्बर दुईबाट धेरैजना धेरैपटक स्वास्थ्य मन्त्री बनेपनि त्यहाँको स्वास्थ्य अवस्था एकदमै विकराल रहेको चन्दा स्वयं बताउँछिन् । उनी प्रदेशमा सुविधासम्पन्न अस्पतालहरू खुलाउन सरकारसँग माग गर्छिन् ।
'मन्त्रीहरूले स्वास्थ्यमै फोकस भएर काम गर्नुभएन । यो दु:खद् कुरा हो,' उनले कुराकानीको बिट मार्दै भनिन्, 'दुई नम्बर प्रदेशको गडबड स्वास्थ्य अवस्थालाई सपार्न हाम्रो पनि प्रयास हुनेछ ।'
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...