×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सभामुखका लागि सापकोटाको उम्मेदवारी दर्ता, रिसोर्टमा बेहोश भएका ८ भारतीय पर्यटकको मृत्यु

माघ ८, २०७६

NTC
Premier Steels

धादिङमा मिनीट्रक दुर्घटना, ६ जनाको मृत्यु

Muktinath Bank

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर– ९ मा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढोला मण्डली मन्दिरमा पूरा गरी फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको मिनीट्रक तीव्र गतिका कारण सडकमा पल्टिएर दुर्घटनामा परेको हो ।


Advertisment
Nabil box
Kumari

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Vianet communication

३१ जना घाइते भएका छन्, ती मध्ये ७ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले  जनाएको छ ।

दामनको रिसोर्टमा बेहोश भएका ८ जना भारतीय पर्यटकको मृत्यु

मकवानपुरमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

दामनको एभरेष्ट पानोरमा रिसोर्टमा रात बिताएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक सुनिल सिंह राठौर ले एउटै कोठामा राति हिटर बालेर बस्दा ८ जनाको मृत्यु भएको बताए ।

बिहान रिसोर्टका स्टाफले आठै जना बेहोश अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

ज्यान गुमाउने आठै जना भारतीय पर्यटकको सनाखत भएको छ । केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, पाँच वर्षीय बालक अभि, सात वर्षीया बालिका अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्रको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

सभामुखमा उम्मेदवारीपछि अग्निको प्रतिक्रिया – संसदको गरिमा राख्न भगिरथ प्रयत्न गर्नेछु

प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा सांसद अग्नि सापकोटाले संसदको गरिमा कायम गर्न भरपूर प्रयत्न गर्ने बताएका छन् ।

मंगलवार मध्याह्न संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सापकोटाले संसदको गरिमा कायम राख्न भगिरथ प्रयत्न गर्ने बताएका हुन् । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक रहेर सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । सापकोटाको समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी छन् । 

नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सांसद प्रकाश रसाइलीले लोकान्तरलाई जानकारी दिए । उम्मेदवारी मनोनयको समय दिउँसो २ बजेसम्म छ । अन्य दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

कांग्रेसले उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका छन् तर यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकबाट हुनेछ । माघ १२ गतेको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

 

प्रतिनिधिसभा सभामुखका लागि अग्नि सापकोटाको उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सभामुखका लागि नेकपाका सांसद अग्नि सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक रहेर सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । 

सापकोटाको समर्थकमा पूर्व सभामुख ओनसरी घर्ती, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी छन् । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सांसद प्रकाश रसाइलीले लोकान्तरलाई जानकारी दिए ।

उम्मेदवारी मनोनयको समय दिउँसो २ बजेसम्म छ । अन्य दलले सभामुखमा उम्मेदवारी दिने तयारी गरेका छैनन् ।

कांग्रेसले उम्मेदवारी नदिएपछि सापकोटा निर्विरोध भएका छन् तर यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकबाट हुनेछ । माघ १२ गतेको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

भिडियो प्रविधिमार्फत ओली र मोदीले गरे इन्टिग्रेटेड चेकपोस्टको संयुक्त उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोस्टको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भिडियो प्रविधिमार्फत इन्टिग्रेटेड चेकपोस्टको संयुक्त उद्घाटन गरिएको जनाएका छन् ।

ओली र मोदीले बुधवारै नुवाकोट र गोरखामा पुनर्निमित आवास घरहरूको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । उद्घाटनका क्रममा ओली र मोदी दुवैले सम्बोधन समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x