फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
माघ २१, २०७६
अघिल्लो साता एक मेयर र एक उपमेयर चर्चामा रहे । अमेरिकाबाट फर्किएका मेयरले गरेको काम र अमेरिका गएर उतै बसेकी उपमेयरको चर्चा सामाजिक सञ्जालभरी थियो ।
राष्ट्रिय सभा चुनावमा भोट हाल्न नआएपछि कालीकोटको तिलगुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली अमेरिका गएर उतै बसेको भनेर प्रचार भयो ।
यद्यपि उनले आफू उपचारका लागि अमेरिकामा बसेको भन्दै लुकेको भन्ने समाचारको खण्डन गरिसकेकी छन् । आफूलाई बाँच्न दिन उनको अपिल छ । यो प्रसंगलाई यहीँ छाडौं ।
अघिल्लो शुक्रवार सामाजिक सञ्जालमा अर्को एउटा तस्वीर भाइरल बन्यो । काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक वृद्धलाई आफ्नो कोट फुकालेर लगाइदिएको तस्वीर थियो, त्यो ।
मेयर खरेलको कामलाई कतिले नेपालमा नयाँ लक्ष्मीप्रसाद देवकोटा (जसले यसैगरी कोट फुकालेर दीनदु:खीलाई दिन्थे) को जन्म भनेर संज्ञा दिए भने कतिपयले ‘स्टन्ट’ गरेको भन्ने टिप्पणी समेत गरे ।
बुझ्दै जाँदा थाहा भयो, उनको त्यो काम स्टन्ट नभएर मानवीयता थियो । उनी अपवाद मेयर रहेछन्, जो अमेरिकाको सुखसयल छाडेर नेपाल फर्किई अहोरात्र जनताको सेवामा खटिएका छन् ।
शुरूमै उनले आफूले तलब–भत्ता नलिने घोषणा गरे र लिएनन् पनि । यद्यपि अहिले स्थानीय तहका अन्य जनप्रतिनिधिको पनि तलब सर्वोच्च अदालतले रोकिदिएको छ ।
महेश राजनीतिक परिवारमा जन्मिएका र जन्मजात राजनीतिक संस्कार सिकेका शिक्षित युवा हुन् । उनी जन्मिँदा उनका पिता राजेन्द्र खरेल कारागारमा थिए ।
नेपाली राजनीतिमा निष्ठाको राजनीतिका पर्याय कृष्णप्रसाद भट्टराईका अनुयायी राजेन्द्रको संस्कार महेशमा पनि देखिन्छ ।
कृष्णप्रसाद भट्टाईले चुनावमा सघाउन बाल कांग्रेस गठन गरेका थिए, जसको संयोजक थिए खरेल । कांग्रेससँगको राजनीतिको त्यो साइनोको डोरीले खरेललाई अमेरिकाबाट फेरि नेपाल डोहोर्यायो ।
पाँचखालका मेयरको कार्यकक्षमा तीनवटा तस्वीर छन्, राष्ट्रपति विद्यादेवी भण्डारी, स्थानीय तह निर्वाचनका आफ्ना निकटतम् प्रतिस्पर्धी उम्मेदवार रुद्रबहादुर बानियाँ (जसको अघिल्लो वर्ष निधन भयो) र अर्का एक समाजसेवी धर्मसिंह तामाङ ।
आफ्ना प्रतिस्पर्धी बानियाँबारे खरेलले लोकान्तरसँग भने, ‘उहाँ अत्यन्त समाजसेवी हुनुहुन्थ्यो, चुनाव मैले जितेपनि उहाँ मेरो आदर्श हो, त्यसैले तस्वीर कार्यकक्षमा राखेको छु ।’
तामाङ भने पाँचखाल नगरपालिकामा गाभिएको एउटा गाविसका पूर्वअध्यक्ष हुन् ।
'मर्नकै लागि, मर्नुभन्दा पहिले केही गर्नका लागि नेपाल फर्किएँ'
महेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगे । अमेरिका पुगेर उनले एमबीएसम्म अध्ययन गरे ।
इन्टरप्रेनरसीपको अध्ययन गरेका खरेलले अमेरिकाको मार्टमा नाङ्लोदेखि व्यापार शुरू गरेर धेरै कमाइ हुने ग्यास स्टेसनसम्म खोले । व्यापार फस्टाएकै थियो, तर उनमा नेपाल फर्किने आकांक्षा उत्कट थियो ।
‘अमेरिका जाने सबैको एउटै लक्ष्य हुन्छ, पहिला अध्ययन गर्ने र पैसा कमाउने, मैले पनि दुवै गरें । शुरूमा रहर थियो, पछि त्यही काम घाँडो लाग्यो,’ खरेलले लोकान्तरसँग भने ।
देशमा फर्केर केही गरौं भन्ने हुटहुटीले गर्दा २०६७ सालको माघमा स्वदेश फर्किएका खरेल त्यसपछि राजनीति र समाजसेवामा समर्पित भए ।
लोकप्रिय काम गरेर अहिले जनताको मनमा स्थापित भएका खरेललाई राजनीतिमा स्थापित हुन भने फलामको च्युरा चपाएसरह भयो । आफ्नै पार्टीका कार्यकर्ताले उनलाई निर्घात कुटपिट गरे ।
‘पार्टीको क्षेत्रीय सभापति लड्नेक्रममा पार्टीभित्रकै आपराधिक समूहले आक्रमण गरे, चार दिन अस्पताल बसें । मलाई आक्रमण गर्नेहरू अहिले पर्यटक लुटेको भन्दै पक्राउ परेका छन्,’ खरेल स्मरण गर्छन् ।
सबै राजनीतिक दलमा खराब तत्वको घुसपैठ र बिगबिगी रहेको खरेलको निष्कर्ष छ ।
त्यो घटनापछि राजनीतिमार्फत समाज परिवर्तन गर्ने उनको चाहनामा झण्डै धक्का लागेको थियो, तर उनले हिम्मत हारेनन्, बरू नयाँ जोश आयो ।
पार्टीमा सक्रियताका कारण उनले २०७४ सालमा सम्पन्न स्थानीय चुनावमा पाँचखालको मेयरका लागि टिकट पाए ।
‘पार्टीको मूल्यांकन काभ्रेका ६ वटा नगरपालिकामध्ये ५ वटा नेपाली कांग्रेसले जित्छ, तर पाँचखाल एमालेले जित्छ भन्ने थियो, नतिजा ठीक उल्टो आयो,’ खरेलले स्मरण गरे ।
पढ्नुहोस्, यो पनि :
पाँचखालका मनकारी मेयर : असहाय वृद्धको ऋण तिरिदिए, कोट फुकालेर लगाइदिए !
चुनावअगाडि खरेलले मतदातासामु केही प्रतिबद्धता गरेका थिए, जसलाई जनताले अनुमोदन गरे– ‘म जागिर खान आएको होइन, तलब भत्ता दीनदुःखीको हितमा खर्च गर्छु, पाँचखाललाई भ्रष्टाचार मुक्त बनाउँछु ।’
चुनावको बेला उनले प्रतिस्पर्धी दलका उम्मेदवारलाई गाली गरेनन्, जनताले उनको कुरा पत्याए ।
घरघरमा पानीका धारा, करमा ८० प्रतिशत छूट
खानेपानी पाँचखाल नगरपालिकाभित्र प्रमुख समस्याको रूपमा रहेको छ ।
खानेपानीको प्रबन्ध गर्ने कुरा सबैको चुनावी एजेन्डा बन्ने गरेको थियो, यसपटक भने त्यो सपना साकार हुँदैछ ।
पाँचखालमा खानेपानीको समस्या हल गर्न २ अर्ब ५० करोडको लागतमा खानेपानी आयोजना अगाडि बढेको छ ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा नगर विकास कोषको लगानीमा सुनकोशीको पानी लिफ्टिङ गरेर खानेपानी आयोजना पूरा हुँदैछ, यो महेशकै सक्रियातामा अघि बढेको हो ।
‘धाराबाट थापेर सोझै पिउन मिल्ने खालको पानी पाँचखालवासीले पाउँदैछन्, खानेपानी आएपछि यहाँको विकास र समृद्धि नयाँ चरणमा प्रवेश गर्नेछ,’ खरेलले भने ।
वातावरणीय सन्तुलन र विकासलाई समानान्तर ढंगले लैजाने उनीहरूको योजना छ । महेश मेयर बनेपछि पाँचखालमा नयाँ इँटा भट्टा थपिएका छैनन् भने रोडागिटीका क्रसर खोल्न दिएका छैनन् ।
‘पाँचखालमा अहिले पनि पाँचवटा इँटाभट्टा छन्, यसअघि नै खुलेका । हामी आएपछि नयाँलाई अनुमति दिएका छैनौं, चलेकालाई पनि कडा नियम बनाएका छौं, उनीहरू आफैं विस्थापित हुँदैछन्,’ उनले भने ।
स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि देशभर कर बढाउने अभियानै चल्यो । पाँचखालले पनि कर लगायो, तर जनताको गुनासोपछि पाँचखालले करको दायरा स्वात्तै घटायो ।
‘जनताको सेवा गर्न भनेर चुनिएर आएपछि जनताको गुनासोलाई सम्बोधन गर्यौं, कार्यपालिकाको बैठक बसेर प्रस्तावित कर ८० प्रतिशत घटाउने निर्णय गर्यौं,’ खरेलले भने ।
न्यून कर लिने नगरपालिकामा पाँचखाल अग्रस्थानमा छ ।
पाँचखालमा खुल्दैछ कृषि क्याम्पस
खरेलले चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार पाँचखालमा कृषि क्याम्पस स्थापना गर्ने कामले पनि सार्थकता पाउँदैछ । काठमाडौं विश्वविद्यालयको कृषि डिपार्टमेन्ट पाँचखालमा स्थापना गर्नेगरी काम अगाडि बढेको छ ।
‘काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजुसँग धुलिखेलमा बसेर ग्रीन टी खाइरहेको समयमा उहाँले तिम्रो पाँचखालमा के गर्न सकिन्छ भन्नुभयो, मैले केयूको कृषि डिपार्टमेन्ट यहाँ स्थापना गरौं भनेर प्रस्ताव गरें, त्यो कामले अब सार्थकता पाउँदैछ,’ खरेलले लोकान्तरसँग भने ।
कृषि क्याम्पस स्थापनाका लागि नगरपालिकाले पाँचखालको दुर्गम मानिने अनेकोटमा ५ सय रोपनी जग्गा केयूलाई उपलब्ध गराएको छ ।
बेल्जियममा रहेको ब्रिजेक्ट फाउन्डेसनले ३ करोड यूएस डलर सहयोग गर्नेगरी एमओयूमा हस्ताक्षर समेत भइसकेको छ । वैशाखदेखि निर्माणको काम शुरू हुँदैछ ।
‘कृषि क्याम्पस खुलेपछि विद्यार्थीका लागि यहाँका खेतबारी प्रयोगशाला हुनेछन्, कृषकले प्राविधिक पाउने छन्, यसले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्नेछ,’ खरेलको विश्वास छ ।
भोलिको जेनेरेसनलाई खेत देखाउनका लागि खेत मास्न नदिन नगरपािलकाले खेतीयोग्य जमिनमा प्लटिङ गर्न रोक लगाएको छ ।
पाखा पखेरामा प्लटिङ गर्न दिएपनि ५ प्रतिशत खुला जमिन र ६ मिटर बाटो अनिवार्य गरिएको छ ।
परिभाषा बदल्दै विषादीको खानी पाँचखाल !
पाँचखाल भन्नेबित्तिकै अत्यधिक विषादी प्रयोग गरेर तरकारी फलाउने काभ्रेको एउटा फाँट भन्ने परिचय थियो, तर अहिले पाँचखालले आफूमाथि लागेको विषादीको दागलाई कम गर्दै लगेको छ ।
सामान्यतया ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारीहरू खानयोग्य हुन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएका तरकारी केही दिन पर्खेर खान सकिने खालका हुन्छन् । ४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारी खान योग्य हुँदैनन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेको सर्वेक्षणमा पाँचखालका कृषि उपजमा विषादी बढीमा ११ प्रतिशतमा झरेको पाइएको उनले बताए ।
विषादीको प्रयोग घटाउन र उत्पादकत्व बढाउन पाँचखालका १०० ठाउँको माटो परीक्षण गरेर माटो सुधारको काम शुरू भएको छ । यसका लागि कृषकलाई १ लाख किलो कृषि चुना नगरपालिकाले अनुदान दिँदैछ ।
जाइकाको सहयोगमा ६ सय अगुवा किसानलाई अर्ग्यानिक मल र विषादी बनाउने तालिम दिइएको खरेलले बताए ।
‘पाँचखाल मात्र होइन देशका जुनसुकै ठाउँमा पनि रासायनिक मल र विषादीको प्रयोगका कारण तरकारी, फलफूलको स्वादमा ह्रास आएको छ । पाँचखालको तरकारी खानयोग्य छ, मैले नियमितरूपमा खाइरहेको छु,’ खरेलले भने ।
पाँचखालको कृषि उपजलाई प्रवर्द्धन गर्नका लागि हरित महिला उद्यमी केन्द्र बनाएर रोजगारी र यहाँको उत्पादन देश विदेशमा पठाउने योजना कार्यान्वयनमा आउँदैछ ।
महिलाले मात्र उद्यम सञ्चालन गर्न पाउने र महिला कामदार रहनेगरी टमाटरको केचप, आलुको चिप्स र लप्सीको माडा लगायत उत्पादन र प्याकेजिङ गर्ने उद्यम केन्द्र निकट भविष्यमै सञ्चालनमा आउँदैछ ।
रोजगारी सिर्जना, मेयरको मुख्य प्राथमिकता
चुनावको बेला महेशले गरेको अर्को प्रतिबद्धता थियो– ५ वर्षमा तीन हजारलाई रोजगारी । ‘३ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएको थिएँ । अबको दुई वर्षपछि मसँग हिसाब माग्नुहोला,’ खरेल भन्छन् ।
आफू मेयर भएपछि करीब चार सयलाई रोजगारी दिइसकेको उनले बताए ।
खरेलले मेयर भएपछि शिलान्यास गरेको भेटेरिनरी उद्योग थप ३ सय ५० लाई रोजगारी दिनेगरी सञ्चालनमा आउँदैछ ।
बाबुराम भट्टराईको पालामा योजनामा परेपनि कार्यान्वयनमा आउन नसकेको सेजका लागि जमिनको व्यवस्था गरेकाले केही समयमा ५७ उद्योगबाट धेरै रोजगारी सिर्जना हुने खरेलको आशा छ ।
‘अहिले अगाडि सारिएका योजनाहरू पूरा हुन पाए भने काठमाडौंको विकल्पमा पाँचखाल शहर बन्छ,’ खरेल आशावादी छन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...