फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
कास्की | जेठ ५, २०८१
सेनामा भर्ती हुने चलन स्याङ्जाका अधिकांश क्षेत्रमा छ । गीतमा रम्ने गाउँले त्यसैमार्फत विरह पोख्थे । लाहुर गएको खसम वा छोरालाई गीतमार्फत् सम्झिन्थे ।
‘गल्लै लाउरेले रल्लै पार्यो दाइ मलाई ’
‘झम्टिन रुन आको
सम्झिन रुन हुन्थ्यो’
यही भाका सुनेर हुर्किए स्याङ्जाको भीरकोटका डा तुलसीराम खनाल । बूढापाकाबाट यी भाका सुन्दै हुर्किए । आँधीखोला क्षेत्रमा हुर्किएका उनलाई सानैदेखि संगीतमा रस बस्यो । आमाले खेत गोड्दा सुनेका गीतले उनलाई आनन्द मिल्थ्यो ।
‘बाल्यअवस्थाबाट नै एक खालको प्रभाव मलाई परिरह्यो । मेरै आमा पनि गीत गाउनुहुन्थ्यो । खेतमा काम गर्दा, कोदो गोड्दा वा गाँस काट्दा होस् । उहाँहरूले गाएको गीत सुनेपछि मलाई प्रभाव परिहाल्थ्यो,’ उनले सम्झिए ।
संगीतप्रतिको रस यसरी बस्यो कि तुलसीरामले आफ्नो विद्यावारिधि (पीएचडी) लोकसंस्कृतिमा गरे । स्याङ्जा क्षेत्रमा मात्र सुनिने भाका उनले अध्ययन गरे । संगीतप्रतिको मोह भए पनि उनी लामोसमयसम्म योबाट अलग नै बसे । विसं २०४९ सालमा एसएलसी दिए । अध्ययनकै शिलशिलामा उनी व्यस्त बने । यसबीच उनको जीवनबाट संगीतको मोह भंग भएको थियो । तर, २०६० सालमा स्नातकोत्तरको थेसिसका लागि विषय रोजाइले तुलसीलाई आफ्नो रुचिमा फर्कायो ।
‘एकजना सरले मलाई आँधीखोला क्षेत्रको मान्छे हुनुहुँदो रहेछ, त्यही क्षेत्रका गीतमा गर्नुहोस् न भन्नुभयो । यसपछि मैले यो क्षेत्रका गीतको बारेमा स्नताकोत्तर तहको थेसिस गरेँ,’ उनले भने ।
त्यसपछि तुलसीरामको जिन्दगीको मोड बदलियो । संगीतको रस यसरी बस्यो कि, उनलाई त्यसैले तान्यो । यसपछि पीचडी नै लोक संस्कृतिमै गरेका हुन् । ९ जिल्ला पुगेर आफूले संगीतको रस बुझेको उनी बताउँछन् । ‘नेपाली खेली गीतमा रस विधान’मा उनले पीएचडी गरे । प्रयोग गर्ने भाषाका कारण जुन थोरै विवादित पनि बन्यो । ‘रोइला’ भनेर प्रचलनमा रहेको गीतलाई उनले रैला भएको निष्कर्ष निकाले ।
‘रोइला भन्ने शब्द अलिकति हेपेर भन्न खोजेको हो खास । जून क्षेत्र आँधीखोला र पर्वतको पैयूँमा यी गीतहरू प्रचलनमा छन् । त्यहाँका बूढापाका यी गीत रोइला होइन खेली हुन् भन्छन् । त्यही निष्कर्षमा पुगेर मैले पीएचडी पूरा गरेको छु,’ उनले प्रष्ट्याए ।
विद्यालय र उच्च माध्यमिक तहको पढाइ सकेर तुलसीरा स्नातक तहको पढ्न वालिङ पुगे । त्यसपछि उनी पढ्नकै लागि भनेर काठमाडौं पुगे । पढाइलाई निरन्तरता दिए । शिक्षा र नेपाली दुवै विषयमा स्नातकोत्तर गरे । पीएचडीका लागि लोकसंस्कृृति रोजे । पीएचडी गर्न हिँड्नुअघि तुलसीरामले गण्डकी भेगका अरु थुप्रै नयाँ गीत र भाका सुने । जसले उनलाई थप यसैमा अध्ययन गर्न डोर्यायो । यसपछि उनी ‘जातीय, सामाजिक र सांस्कृतिक अनुसन्धान’ पनि काम गर्न थाले ।
‘मगरको आफ्नै र गुरुङको आफ्नै गीत हुन्छ । नामै नसुनेका कैयौं गीत भेटिइसकेपछि मलाई यो खेली गीतमात्र खोजेर हुन्न भन्ने लाग्यो । यसर्थ यसमा भिन्नै काम गरेँ,’ उनले भने ।
स्याङ्जा र पर्वतको सेरोफेरोमा गाइने गल्लै लाउरे गीत प्रथम र दोस्रो विश्वयुद्धदेखि गाउन शुरू भएको सुनाउँछन् उनी । त्यसभेगबाट विशेषत भर्ती हुन जाने चलन थियो । भर्तीमा जनजाति समुदायले प्राथमिकता पाउँथे । तर, गल्लै लाउरेका गीत यी बाहेकका समुदायमा प्रचलनमा थियो । उनी आफैँ यसमा केही विवाद रहेको सुनाउँछन् ।
‘यसमा एउटा कन्ट्याडिक्सन छ । यो गीत गुरुङ–मगरमा भन्दा बाहुन–क्षेत्रीमा बढी प्रचलनमा छ । हाम्रो समाज मिश्रित समाज भएकाले यसलाई धेरै अनौठो मान्न मिल्दैन । जे होस् विरहमा परेको आवाज यो गीतले भनेको छ,’ उनको बुझाइ छ ।
त्यसो त तुलसीरामले गरेको अध्ययनले नै उनलाई अध्ययनमा अझ तान्यो । अहिले उनले ११० जातजातिको अध्ययन गरिसकेका छन् । गण्डकी प्रदेशका जातिका गीत, नाँचगान र बाजागाजाबारे उनले स्थलगत रुपमै अध्ययन गर्न भ्याएका छन् । संस्कृतिले पनि चिनाउने यसको अध्ययन हुनुपर्ने उनी बताउँछन् ।
‘नेपाललाई संसारमा केही कुरा चिनाउने भनेको कि प्रकृतिले हो, कि संस्कृतिले हो । यहाँको संस्कृतिमा जुन जातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता छ । यहाँ हरेक जातिको आ–आफ्ना संस्कृति छन् । नेपालमा संस्कृतिको क्षेत्रमा राम्रो अनुसन्धान भएको छैन । मलाई यही कुराले यो क्षेत्रमा आकर्षित गर्यो,’ उनी भन्छन् ।
पढाइ पूरा गर्न भारतमा भाँडा माँझे
तुलसीरामको गाउँ आँधीखोलामा बसेर आम्दानी गर्नलाई स्रोत कमै थियो । उनलाई आमाले दुःख गरेर पढाएकी थिइन् । त्यो कुरा उनले एसएलसी दिएपछि बुझे । घरको पारिवारिक स्थिति थाहा पाएपछि आमालाई नभनी उनी घरबाट भागे । भारत पुगे । अन्य जागिर नपाएपछि भाँडा माझ्ने काम गरे ।
तुलसीराम तीन महिना काम गरेर नेपाल फर्किए । हातमा अलिअलि पैसा थियो । यसपछि आइए पढ्न लागे । पुगनपुग भयो । ऋण लिएर भएपनि पढाइ पूरा गरे । परीक्षा दिएर काम गर्न फेरि भारततर्फ नै लागे । केही समय काम गरेर उनी नेपाल फर्किए । यसपछि स्नातक तह पढ्न थाले । सो तह उतीर्ण गरेपछि हातमा परेको शैक्षिक प्रमाण प्रत्रले उनलाई आफ्ना दिन फेरिन थालेको महसुस भयो ।
‘ब्याचलर पढ्न थालेसँगै मैले शिक्षण पेशा पनि गरेँ । त्यसपछि अलि राम्रो हुन थाल्यो,’ उनले विगत सम्झिए, ‘यसबीचका धेरै दिन चिउरा र पानी मात्र खाएर बसेको अनुभव पनि मसँग छ ।’
कमाउँदै पढ्दै गरेपछि तुलसीरामको पढाइ अघि बढ्दै गयो । पीएचडी सकेपछि उनी पोखरा आए । पोखरा आएर आर्मी विद्यालयमा पढाउन थाले । ‘आगोको रापमा सुन खार्नुपर्छ, मान्छे संघर्षले खारिएपछि बन्छ । त्यो मान्छे म हुँ,’ उनी सगर्व भन्छन् ।
उतारचढाव अघि बढेका उनको मानसपटलमा आउने सबैभन्दा प्यारो याद हो– आमाको संघर्ष । आमाले दुःख गरेर आफूलाई पढाएको क्षण ।
आफूले दुःखले आर्जेको ज्ञान तुलसीराम अहिले अरुलाई सिकाउने काममा लागिरहेका छन् । संस्कृतिको पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने स्पष्ट विचार उनी राख्दै आएका छन् । उनको सोचमा नयाँ पुस्ता संस्कृतिसँग विमुख हुँदै गइरहेको छ । उनीहरूलाई समाजको संस्कृतिसँग परिचय गराउने सोचका साथ उनले पाठ्यपुस्तकको काम पनि गरिरहेका छन् । स्थानीय तहले आफ्नै पाठ्यपुस्तक समावेश गर्न पाउने भएपछि उनी यसमा पनि लागेका हुन् । उनले थुप्रै स्थानीय पालिकाका विद्यालयका लागि पाठ्यपुस्तक लेखेका छन् ।
‘हामीले नयाँ पुस्तामा पनि हाम्रो संस्कृति चिनाउनुपर्छ । परम्परा चिनाउनुपर्छ । हाम्रो ठाउँ चिनाउनुपर्छ । किताबमा हामीले त्यस स्थानका पर्यटकीय स्थान, मठमन्दिर, जडिबुटी र संस्कृति पढाउँछौँ,’ उनले थपे, ‘शिक्षा पहिलो प्राथमिकता हो । सँगै पढाइमार्फत संस्कृति पनि बचाउने हो ।’
करिब ३७ वटा अनुसन्धान गरेका उनी हाल गण्डकी प्रज्ञा प्रतिष्ठानमा अनुसन्धान विज्ञका रूपमा कार्यरत छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनारमा नेपालको प्रतिनिधित्व गर्दै लोकसंस्कृतिबारे उनले प्रतिनिधित्व गरेका छन् । उनको यस योगदानका लागि विभिन्न संस्थाले सम्मानसमेत गरेका छन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...