×

NIC ASIA

शरणार्थी प्रकरण सम्झाउने कान्ड

EXCLUSIVE: प्रधानमन्त्री कार्यालयका कर्मचारी, क्यान र ट्राभल मिलेर अमेरिका पठाउने धन्दा

काठमाडाैं | जेठ ८, २०८१

Prabhu Bank
NTC
तस्वीरमा बायाँबाट ज्ञानेन्द्र शर्मा र रमेश पराजुली
Premier Steels
Marvel

प्रधानमन्त्री कार्यालयका केही कर्मचारी, नेपाल क्रिकेट संघ (क्यान)का केही पदाधिकारी तथा रुप्से होलिडेज प्रा.लि. नामक ट्राभल कम्पनीको मिलेमतोमा अमेरिकाको भिसा लगाइदिने भनेर रकम संकलन गरेको खुलेको छ ।

क्यानको टिकेटिङ पार्टनर समेत रहेको रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले क्यानकै केही पदाधिकारीको संरक्षणमा प्रधानमन्त्री कार्यालयमा सेटिङ मिलाएर परराष्ट्र मन्त्रालयमार्फत भिसा सहजीकरण गरिदिने नाममा रकम संकलन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पराजुलीले पैसा बुझेको प्रमाण लोकान्तरसँग सुरक्षित छ ।


Advertisment
Rupse Holidays
Nabil box

उनले अमेरिका र वेस्टइन्डिजमा यही जेठ महिनाको अन्तिममा शुरू हुने टी-ट्वान्टी क्रिकेट विश्वकपको बहानामा अमेरिकाको भिसा लगाइदिने भनेर जनही ५ लाखसम्म रकम संकलन गरेका छन् । 

Vianet communication

विश्वकपमा अमेरिका जान इच्छा व्यक्त गर्दै क्यानसँग सम्पर्क गर्नेहरूलाई क्यानकै पदाधिकारीले समेत रुप्से होलिडेजमा पठाएको खुलेको छ ।

भिसाका लागि सहजीकरण गरिदिन भनेर पराजुलीले शुरूमा प्रधानमन्त्री कार्यालयबाट २३ जनाको नाममा एउटा पत्र लेखाएका थिए ।

एक क्रिकेट प्रशिक्षक, खेलाडीको परिवारका केही सदस्य र क्यानका 'स्पोन्सर'हरूको नामसँगै असम्बन्धित व्यक्तिहरूको नाम समेत घुसाएर प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखिदिएको थियो ।

'रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले ल्याउनुभएको लिस्टअनुसार सिफारिश गरिदिनू,' भन्ने व्यहोरा समेत उल्लेख गरिएको पत्रमा प्रधानमन्त्री कार्यालयका एक शाखा अधिकृतले हस्ताक्षर गरेका छन् ।

जबकि यसरी सिफारिश गर्न शुरूमा क्यानको बोर्डबाट निर्णय गर्नुपर्छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म पुग्नुपर्ने हो । तर, यहाँ मिलेमतोमा सिधै प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रलाई पत्र लेखिएको छ ।

उक्त पत्रमा अधिकांश असम्बन्धित व्यक्तिहरूको नाम देखेपछि परराष्ट्र मन्त्रालयले सिफारिश गर्न मानेन ।

त्यसपछि एक क्रिकेट प्रशिक्षक, एकजना खेलाडीपत्नी र दुईजना क्यानका स्पोन्सरसँगै रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीकी पत्नीको नाम मात्र राखेर पुन: पत्राचार गरियो ।

सोही पत्रका आधारमा परराष्ट्र मन्त्रालयले 'जो जससँग सम्बन्धित छ' भन्ने विषय उल्लेख गरेर अमेरिकन दूतावासलाई लक्षित गरी पत्र लेखेको थियो ।

उक्त पत्रमा भने रमेशपत्नी अरुणा महर्जनबाहेक अधिकांश क्यानसँग जोडिएका वा सम्बन्धित व्यक्तिहरू नै छन् । यद्यपि रमेश भने अरुणा आफ्नो पत्नीका अलावा रुप्से होलिडेजको 'डाइरेक्टर' समेत भएको जिकिर गर्छन् ।

हेर्नुहोस्,५ जनाको नाममा परराष्ट्रले लेखिदिएको पत्र:

null

त्यसअघि प्रधानमन्त्री कार्यालयले परराष्ट्रलाई लेखेको पत्रमा भने २३ जनाको नाम उल्लेख थियो । २३ मध्ये माथि उल्लेखित ५ जनाबाहेक १८ जनाको नामावली निम्नानुसार छ :

  • भूपेन्द्रसिंह घिमिरे
  • रिंकीकुमारी जतिया अग्रवाल
  • दिलिपकुमार अग्रवाल
  • जान्वी अग्रवाल
  • दीपशिखा थापा
  • दिलिप थापा
  • खुशी भुर्तेल
  • संगिता श्रेष्ठ
  • सुफी श्रेष्ठ
  • स्तिथि श्रेष्ठ
  • अनिश बडाल
  • रूपा रानाशरिया
  • गोविन्द प्रसाद मरासेनी
  • सन्देशकुमार बस्नेत
  • सुमन गौतम
  • जयप्रकाश साह
  • रोहिन्द्र ठाकुर
  • कृष्णकुमार केडिया

यी नाम प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रसम्म पुगेर रोकिएको हो । अमेरिकी दूतावासमा देखाउने गरी लेखिएको पत्रमा ५ जनाको मात्र नाम उल्लेख छ ।

परराष्ट्रले सोही व्यहोराको अर्को पत्र पनि लेखेको थियो, जसमा राष्ट्रिय खेलकुद परिषद्का प्रकाशकुमार कुशरी, अन्जन धमला र एकेन्द्रबहादुर कुँवरको नाम समावेश गरिएको छ ।​

-कसको संलग्नतामा भयो खेल ?

रुप्से होलिडेजका सञ्चालक पराजुली अहिले टिकेटिङ पार्टनरका रूपमा क्यानसँग जोडिएका छन् । नयाँ कार्यसमिति आएपछि  उनी क्यानसँग जोडिएका हुन् । अहिले उनले आफूलाई क्यानका सचिव पारस खड्कासँग निकट रहेको भनेर चिनाउने गरेका छन् ।

क्यानका सचिव खड्काले आफूहरूले प्लेयर फ्यामिली, स्पोन्सर, मिडियासहित सम्बन्धित व्यक्तिहरूले मागेको खण्डमा 'रिकमेन्डेसन' दिएको, तर असम्बन्धित व्यक्तिलाई कसले घुसायो भन्ने जानकारी नभएको बताए ।

'प्लेयर्स फ्यामिली, मिडिया, स्पोसन्सर्ससहित सम्बन्धित व्यक्तिहरूले मागेको खण्डमा हामीले रिकमेन्डेसन गरिदिएका छौं,' खड्काले लोकान्तरसँग भने, 'तपाईंले नै माग्नुभयो भने पनि हामीले दिनुपर्ने हुन्छ, तर असम्बन्धित व्यक्तिलाई रेकमेन्ड गरेका छैनौं । बाहिरबाट कसले के गर्‍यो हामीलाई जानकारी हुँदैन ।'

रुप्से होलिडेज टिकेटिङ पार्टनरका रूपमा क्यानसँग जोडिएको स्वीकार्दै उनले उक्त ट्राभलका सञ्चालकसँग अन्य कुनै खालको सम्बन्ध नरहेको बताए ।

क्यान मात्र होइन, पराजुलीको उठबस प्रधानमन्त्री कार्यालयका केही कर्मचारीसँग पनि रहेको देखिन्छ ।

प्रधानमन्त्री कार्यालयको स्टोरमा कार्यरत अधिकृत ज्ञानेन्द्र शर्मालाई उनले मामा भनेर सम्बोधन गर्ने गरेका छन् । सामाजिक सञ्जालको गतिविधि नियाल्दा पनि उनीहरूको निकटता झल्किन्छ ।

पराजुली र शर्माको उठबस

यस प्रकरणमा ज्ञानेन्द्रमार्फत नै पराजुलीले प्रधानमन्त्री कार्यालयका अन्य कर्मचारीसँग पहुँच बनाएको देखिन्छ ।

यस विषयमा जिज्ञासा राख्दा प्रधानमन्त्री कार्यालयको स्टोरमा कार्यरत शाखा अधिकृत ज्ञानेन्द्र शर्माले आफूलाई कुनै जानकारी नरहेको बताए ।

जे प्रश्न सोध्दा पनि उनको एउटै जवाफ थियो, 'यसबारे मलाई केही जानकारी भएन । मलाई केही थाहा भएन ।'

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिव समेत रहेका सहसचिव अर्जुन भण्डारीले ज्ञानेन्द्र शर्मा एउटा 'लिस्ट' बोकेर निजी सचिवालयमा आएको तर, त्यस्तो काम आफूबाट हुँदैन भनेर फर्काइदिएको बताए ।

'ज्ञानेन्द्रजी सिफारिश गरिदिनुपर्‍यो भनेर एउटा लिस्ट बोकेर आउनुभएको हो,' प्रधानमन्त्री कार्यालयकै कर्मचारी जोडिएको स्वीकार गर्दै भण्डारीले भने, 'त्यो निजी सचिवालयले गर्ने काम होइन, हामीबाट यस्तो काम हुँदैन, सम्बन्धित शाखामा जानुस् भनेर फर्काइदिएको थिएँ । त्यसपछि के गरे मलाई जानकारी भएन ।'

यता, रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले भने आफूले आफ्ना रेगुलर ग्राहककै लागि प्रयास गरे पनि प्रधानमन्त्री कार्यालयबाट कुनै पत्र नलेखाएको जिकिर गरे ।

'टुर प्याकेजमा जाने मान्छेलाई गरिदिन्छौं भनेको हो । हाम्रा रेगुलर कस्टुमर र क्रिकेटसँग जोडिएको मान्छेलाई नै पठाउन मिल्छ कि भनेर परराष्ट्रमा रिक्वेस्ट गरेको हो,' पराजुलीले भने, 'डेटका लागि के गर्न मिल्छ भनेर भर्बल्ली भनेको थिएँ । हुँदैन भनेपछि यत्तिकै छाडिदिएका हौं ।'

आफूहरूले भिसा फी र टिकटका लागि 'एड्भान्स' भनेर पैसा लिएको उनले बताए । '३५ हजार भिजा फी र केही रकम टिकटका लागि एड्भान्स भनेर लिएको हो,' पराजुलीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x