×

सुर्खेतका स्थानीय सरकारका आम्दानी न्यून

सुर्खेत | जेठ ३०, २०८१

 सुर्खेतका स्थानीय सरकारका आन्तरिक आम्दानी विगतभन्दा केही सुधार भए पनि उल्लेख्य सुधार नभएको पाइएको छ । 

महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनअनुसार सुर्खेतका स्थानीय सरकारको आम्दानी न्यून देखिएको हो । आन्तरिक आम्दानी कमजोर हुँदा स्थानीय सरकार सङ्घ र प्रदेश सरकारको अनुदानको भरमा  सञ्चालन भइरहेका छन् । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै आन्तरिक आम्दानी वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले रु २२ करोड १० लाख ४४ हजार आन्तरिक आम्दानी गरेको छ । 


Advertisment

आन्तरिक आम्दानी गर्नेमा लेकबेसी नगरपालिका दोस्रो स्थानमा छ । लेकबँेसीको गत वर्षको आन्तरिक आम्दानी रु दुई करोड १० लाख चार हजार रहेको छ । यसैगरी, भेरीगङ्गा नगरपालिकाले गत आर्थिक वर्षमा रु एक करोड ७१ लाख ६८ हजार आम्दानी गरेको छ । चिङ्गाड गाउँपालिकाले रु एक करोड चार लाख ६६ हजार आन्तरिक आम्दानी गरेको छ ।  


Advertisment

चौकुने गाउँपालिकाको रु एक करोड २९ लाख ९९ हजार, बराहाताल गाउँपालिकाको ८४ लाख आठ हजार, सिम्ता गाउँपालिकाको ८७ लाख ५४ हजार, गुर्भाकोट नगरपालिकाको रु एक करोड २९ लाख ६५ हजार रकम आन्तरिक आम्दानी रहेको छ । प्रतिवेदनअनुसार पञ्चपुरी नगरपालिकाले रु ७२ लाख १२ हजार आन्तरिक आम्दानी गरेको देखिएको छ । 

आन्तरिक आम्दानी वृद्धि गर्न उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने सरोकार भएकाहरुले सुझाव दिएका छन् । स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था छ । 

गैरकरतर्फ सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, पार्किङ शुल्क, बहाल विटौरी शुल्क, जडीबुटी कवाडी र जीवजन्तु शुल्क, इन्जिन जडान नभएका टाँगा रिक्सा, अटो रिक्सालगायतका सवारी साधन, केवलकार तथा बोटमासमेत शुल्क उठाउन कानुनले स्थानीय तहलाई अधिकार दिएको छ । 

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x