कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
असार ४, २०७५
काठमाडौं, ४ असार – राष्ट्रियसभा सदस्यको पदावधि निर्धारणका लागि आज गोलाप्रथा भएको छ ।
सरकार सञ्चालनदेखि राष्ट्रिय सभाको नेतृत्व गरिरहेका व्यक्तिको ‘भाग्य फैसला’ हुने भएकाले गोलाप्रथामा सबैको चासो थियो ।
गोलाप्रथामा गृहमन्त्री रामबहादुर थापा ‘वादल’ र राष्ट्रिय सभाका सदस्य गणेशप्रसाद तिमिल्सिना भाग्यमानी ठहरीए । तिमल्सिना र वादलको पदावधि ६ वर्ष परेको छ । ‘भाग्य’ले साथ लिएपछि अब दुबै जना ढुक्क साथ राज्य सञ्चालनमा सहभागी हुन पाउने भएका छन् । गृहमन्त्रीका लोकप्रिय कामका कारण पदावधि लामो होस् भन्ने आमअपेक्षा थियो, जुन अपेक्षा पूरा भएको छ ।
प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र तथा अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि भने २ वर्षमै सीमित भएको छ । ‘भाग्य’ले साथ नदिएपछि गोलाप्रथाले खतिवडाको पदावधि २ वर्ष निर्धारण गरेको छ । प्रधानमन्त्री ओलीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ठानिएका खतिवडाले २ वर्षपछि सरकारबाट बाहिरिनुपर्ने देखिएको छ । राष्ट्रियसभा सदस्य भएका कारण खतिवडा अर्थमन्त्री हुन पाएका हुन् । संघीय सरकारमा मन्त्री हुन संसद सदस्य हुनुपर्ने वा मन्त्री भएको ६ महिनाभित्र संसदको सदस्य हुनुपर्ने प्रावधान रहेको छ ।
स्थायी संसदका रुपमा रहेको राष्ट्रिय सभाका कूल सदस्यमध्ये एकतिहाई सदस्य पदावधि २ वर्ष, अर्काे एकतिहाईको ४ वर्ष र अर्काे एकतिहाईको पदावधि ६ वर्ष हुने प्रावधान छ । गोलाप्रथाका आधारमा पदावधि सकिएपछि रिक्त रहेको पदमा सदस्य निर्वाचन गर्न २–२ वर्षमा पुनः निर्वाचन हुनेछ । संविधानमै भएको प्रावधान अनुसार आज गोलाप्रथा गरेर राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिएको हो ।
गोलाप्रथामा गजबको संयोग के देखिएको छ भने – लामो राजनीतिक यात्रा गरेर राष्ट्रिय सभामा पुगेका थापा र तिमिल्सिनालाई ६ वर्षे पदावधि परेको छ भने लामो समय राजनीतिमा आवद्ध नभई ‘फास्ट ट्रर्याक’मार्फत् मन्त्री बनेका खतिवडाले २ वर्षमै सीमित हुनुपरेको छ । आफूले मन्त्री भएपछि तयार पारेको पहिलो बजेटका कारण सत्तापक्षबाटै आलोचना खेपिरहेका खतिवडालाई गोलाप्रथाले समेत साथ दिएन । बृद्धभत्ता बढाउने आश्वासन दिएर सत्तामा पुगेको वाम गठबन्धनले बजेटमा बृद्धभत्ता नबढाएपछि पनि अर्थमन्त्री खतिवडाको आलोचना भइरहेको थियो ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...