अफगानिस्तानका खेलाडीले आफ्नै कप्तानलाई हाने ‘थप्पड’ (भिडियो)

जेठ २२, २०७६

काठमाडौं – विश्वकपमा आफ्नो खेलले सबैको हृदय जितेको अफगानिस्तानले आफ्नो व्यवहारले पनि मानिसहरूलाई आकर्षित गरिरहेको छ । 

मंगलवार श्रीलंकाविरुद्धको खेलमा पानी परेपछि खेल रोकियो अनि अफगानिस्तानका खेलाडी मोहम्मद शहजाद, राशिद खान र कप्तान गुलबदीन नाइब नाच्न थाले । त्यसक्रममा विकेटकीपर ब्याट्स्म्यान शहजादले मस्ती गर्दा कप्तानलाई हल्का ‘थप्पड’ लगाए । 


ADVERTISEMENT

जतिखेर पनि मस्तीको मूडमा हुने शहजादले कप्तानलाई मस्तीको सुरमा थप्पड लगाएपछि हाँसेको देखिन्छ । 

अफगानिस्तानका खेलाडीहरू बलिउड गीतमा नाचेको देखिन्छ । मिकाले गाएको गीतमा सबभन्दा बढी मस्ती शहजादले गरे भने उनीपछि लेग स्पीनर राशिद खान पनि रमाए । कप्तान पनि हल्काफुल्का नाचे । तीनैजनाले अफगान भाषामा कुराकानी गरे । 

आईसीसीले यी खेलाडीहरूको ३० सेकेन्डको भिडियो आफ्नो ट्विटर अकाउन्टमा राखेको थियो । भिडियो भाइरल बनिरहेको छ । 

आईसीसीले भिडियोमा क्याप्सन दिएको छ, ‘क्रिकेट विश्वकपमा सबभन्दा बढी मस्ती गर्ने टोलीलाई पुरस्कार दिने हो भने अफगानिस्तानले सीधै जित्छ ।’

मस्ती गरे पनि अफगानिस्तानले श्रीलंकाविरुद्ध हार बेहोर्नुपरेको थियो ।

एजेन्सी

जेठ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस