चर्चित बलिउड अभिनेता गिरीशको निधन

जेठ २७, २०७६

एजेन्सी-चर्चित भारतीय अभिनेता एवं साहित्यकार गिरीश कर्नाडको सोमवार ८१ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि बिरामी रहेका कर्नाडको आज बैंगलुरुमा निधन भएको हो । 


ADVERTISEMENT

गिरीशको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'गिरीश कर्नाडको बहुमुखी अभिनय याद गरिनेछ । उनको काम वर्षौंसम्म लोकप्रिय हुनेछ । उनको निधनले दु:खी छु । उनको आत्माले शान्ति पाओस् ।'

गिरीश कर्नाड फिल्ममा मात्र नभइ नाटकमा पनि अब्बल थिए । 

कर्नाडले हिन्दी र कन्नड सिनेमामा अभिनेता, निर्देशक र स्क्रीन राइटरको रूपमा काम गरे । उनले पद्मश्री र पद्म भूषणजस्ता सम्मान पाइसकेका छन् । कर्नाडले चार वटा फिल्म फेयर अवार्डसमेत पाएका छन् । 

ग‍िरीश कर्नाडले सन् १९७८ मा रिलिज भएको फिल्म भूमिकाका लागि नेशनल अवार्ड पाएका थिए । उनलाई सन् १९९८ मा साहित्यको प्रत‍िष्ठ‍ित ज्ञानपीठ अवार्डले सम्मानित गरिएको थियो । 

गिरीशले कन्नड फिल्म 'संस्कार' (१९७०) देखि आफ्नो अभिनय र स्क्रीन राइटिङमा डेब्यू गरेका थिए । बलिउडमा उनको पहिलो फिल्म सन् १९७४ मा आयी जादूका शंख थियो । गिरीश कर्नाडलाई सलमान खानको फिल्म एक था टाइगर र टाइगर जिन्दा है का लागि  पनि सम्झिइन्छ । यसबाहेक बलिउड फिल्म निशांत (१९७५), शिवाय र चोक एन डस्टर मा पनि काम गरेका थिए । 

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस