×

NMB BANK
NIC ASIA

सीमामा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली सरकारले शुरू गर्‍यो हटलाइन सेवा

चैत ११, २०७६

NTC
Premier Steels

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लक–डाउन’ शुरू भएसँगै सीमा क्षेत्र र बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले निःशुल्क हटलाइन सेवा शुरू गरेको छ । 

Muktinath Bank

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलवार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले हटलाइन सेवा शुरू गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकारी समितिका संयोजक तथा सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा शुरू गर्ने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

घर फर्कने उद्धेश्यले यात्रा शुरू गरी लक–डाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेश भित्रका नागरिकले सेवाको उपयोग गरी सरकारलाई आफ्नो अवस्थाबारे जानकारी दिनसक्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए ।

Vianet communication

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रबन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गर्नेछ । 

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले उद्धार गर्ने निर्णय लिएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x