×

NIC ASIA

कोरोनालाई जित्दै ६५ वर्षीया वृद्धा

बैशाख ६, २०७७

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

‘बाबुलाई नि धन्यवाद छ, आमाको,’ उनले कुराकानीको बिट मारिन् । लाग्यो, उनी अस्पतालको शय्याबाट बोल्दै थिइन् ।

विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जाती नै छु बा, स्वास्थ्य ठीक छ,’ पहिलो जवाफमै उनी दृढ सुनिइन्, ‘रोग जित्न आत्मबल चाहिने रहेछ ।’


Advertisment
Rupse Holidays
Nabil box

कोरोना भाइरसबाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया उनी चाँडै अस्पतालबाट घर फर्कनेमा निश्चिन्त छिन् ।

Vianet communication

बिहीवार तेस्रोपटक जाँच्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो । चौंथो रिपोर्ट पनि नेगेटिभ आए अस्पताल बसाइ टुंगिने छ ।

‘अस्पताल आएको शनिवार १७ दिन भयो, फेरि जाँच्ने भनेर चिकित्सले स्वाब लानुभएको छ,’ उनले भनिन्, ‘अबको रिपोर्ट पनि नेगेटिभ आए हजुरलाई घर पठाउँछौं भन्नुभएको छ ।’

धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनको अवस्था सामान्य छ । चिकित्सकका अनुसार पुरानै उच्च रक्तचाप र दमको औषधि नियमित दिइएको छ । ‘दाँत किराले खाएको भएर प्रेसर केही बढेजस्तो भयो, बीचमा अलिअलि कान दुख्यो, अहिले त एकदम ठीक छु,’ उनले भनिन् ।

उनमा कोरोनाको लक्षण न पहिले देखियो, न अहिले छ । ‘दम शुरू भएको १५/१६ वर्षअघि हो, पुरानो समस्याबाहेक अरु मलाई केही छैन,’ उनले भनिन्, ‘कोरोना लागेपछि पनि मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो ।’ 

उनमा अहिले पनि उस्तै इच्छाशक्ति छ । ‘मन बलियो बनाउने र खानपानमा ख्याल गर्ने हो भने रोगसँग लड्न सकिन्छ,’ उनले भनिन्, ‘पानी धेरै पिउनुपर्ने रहेछ, अहिले पनि दिनमा ५ लिटरसम्म उमालेको पानी पिउँछु ।’

पहिले अझ धेरै पानी पिउने गरेको र शरीर गलेजस्तो भएपछि मात्रा केही घटाएको उनको भनाइ छ । उनले अहिले दैनिक बिहान, बेलुका दूध पिउने गरेकी छन् । नियमित खाना, खाजाको प्रबन्ध अस्पतालले नै मिलाएको छ ।
‘खाना, खाजा लिएर नर्स नानीहरू आउनुहुन्छ, चिकित्सकहरु पनि बेलाबेला आउनुहुन्छ, फोन गरेर पनि सोध्नुहुन्छ,’ उनले भनिन्, ‘सबै कुरा राम्रो छ, आफ्नै ठाउँको अस्पतालमा बस्न पाइएको छ, सबैले सम्झनुभएको छ, बोल्न पाएकी छु ।’

आइसोलेसन कक्षमा बस्दा मोबाइलमा गीत सुनेर, ‘भिडियो’ हेरेर समय बिताउने गरेको उनको भनाइ छ । बरु, आफूसँगै बेल्जियमबाट आएकी अर्की संक्रमित युवतीको चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएपछि उनलाई ननिको लागेको छ । ‘उनी पनि मसँगै आएकी नानी हुन्, उनमा पनि नेगेटिभ देखिए कति खुशी हुने थिएँ, जे भएपनि सँगै आइयो, अहिले एउटै अस्पतालमा छौं,’ उनले भनिन् । सोही नगरपालिका–४ की १९ वर्षीया युवती पनि अहिले आइसोलेसनमा उपचाररत छिन् ।

संक्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । युवतीमा चैत १५ र महिलामा चैत २० गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । युवतीको पनि स्वास्थ्य अवस्था सामान्य छ । दुवै जना परिवार र आफन्त भेट्न बेल्जियम पुगेका थिए । ‘घरबाट फागुन १३ गते हिँडे, काठमाडौंबाट १४ गते उडियो, त्यही राति नै बेल्जियम पुगें,’ उनले भनिन्, ‘कान्छी छोरीले बोलाएर एक महिनालाई घुम्न गएकी थिएँ ।’ युवती भने बुबाआमा भेट्न गत माघमै बेल्जियम पुगेकी थिइन् ।

बेल्जियममा महिलाकी कान्छी छोरी, ज्वाइँ र नातिनातिना बस्छन् । कोरोना संक्रमणको विश्वव्यापी सन्त्रासबीच उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल फर्केका थिए । घर फर्केपछि पनि सबै ठीकठाकै थियो । कोरोना संक्रमणको न कुनै आशंका थियो । ‘घरमा श्रीमान्को श्राद्ध पनि थियो, घरमै बसें, नुहाउने, धुने आफैं गरें,’ महिलाले भनिन्, ‘सँगै आएकी नानीलाई कोरोना लागेको थाहा पाएपछि मेरो पनि जाँच भयो, रिपोर्ट पोजेटिभ आयो ।’

फ्रान्सबाट दोहा हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएपछि सोही विमानमा फर्किएकी बागलुङकी युवतीमा पनि कोरोना जाँच्दा संक्रमण पुष्टि भएको थियो ।

बागलुङकी १९ वर्षीया युवती नेपालकै पाँचौं र ६५ वर्षीया महिला छैटौं संक्रमित हुन् । महिलाको घरमा २ छोरा, बुहारी, नातिनातिना लगायत छन् । जेठी छोरी पनि बागलुङमै छन् । उनलाई रिपोर्ट नेगेटिभ आएको पहिलो खबर बिहीवार साँझ छोरीले नै सुनाएकी थिइन् । ‘रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरूले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ काटेर बसेकी छु,’ उनले भनिन् । घर फर्कन र परिवारका सदस्यलाई भेट्न उनी व्यग्र प्रतिक्षारत छिन् ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कुनै औषधि विनै संक्रमित महिला कोरोना भाइरससँग लडिरहेको बताए । ‘कोरोनाको कुनै लक्षण पनि देखिएको छैन, उहाँमा उच्च रक्तचाप र दमको पुरानै समस्या भएकाले विशेष निगरानी भने गरिरहेका छौं,’ उनले भने ।

प्रमुख चिकित्सक पोखरेलका अनुसार चौथो जाँचका लागि महिलाको स्वाब शुक्रवार पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । ‘कहिलेकाहीँ रिपोर्ट ढिलो आउँछ, दोहोर्‍याएर पनि जाँच्नुपर्ने हुनुसक्छ,’ उनले भने, ‘आशा गरौं, आजै साँझसम्ममा रिपोर्ट आउनेछ ।’

चौथो जाँचको रिपोर्ट पनि नेगेटिभ आए महिलालाई ‘डिस्चार्ज’ गर्ने अस्पतालको तयारी छ । लगातार २ पटक जाँच्दा कोरोना भाइरस नेगेटिभ देखिएमा मात्र संक्रमितलाई घर पठाउन मिल्ने चिकित्सक बताउँछन् । पछिल्लोपटक गरिएको जाँचमा नेगेटिभ रिपोर्ट आएपछि उपचारमा संलग्न चिकित्सकसमेत उत्साहित छन् । – रामबहादुर थापा/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x