×

NMB BANK
NIC ASIA

नेकपा स्थायी कमिटी बैठक ३ दिनका लागि स्थगित, अस्वस्थताको कारण देखाउँदै आज ओली अनुपस्थित

असार १३, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटी बैठकको तेस्रो दिन पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । 

Muktinath Bank

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठकमा ओली आफू अस्वस्थ्य भएको भन्दै बैठकमा सहभागी नभएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वास्थ्यस्थिति अनुकूल नभएको भन्दै उहाँ (प्रधानमन्त्री) बैठकमा सहभागी नहुनुभएको हो,’ बैठक सकिएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने । ओली शुरूमा एकैछिन बैठकस्थलमा बसेर बाहिरिएका थिए ।


Advertisment
Nabil box
Kumari

ओली शुक्रवार बसेको दोस्रो दिनको बैठकमा पनि उपस्थित थिएनन् । ओली उपस्थित नभएकोमा स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि प्रकट गरेका छन् । 

Vianet communication

प्रवक्ता श्रेष्ठले बैठकमा सीमा विवादका बारेमा छलफल भएको जानकारी दिए । शुक्रवारदेखि छलफल चलेको नेपाल-भारत सीमा विवादका बारेमा शनिवार पनि छलफल चलेको हो । 

शनिवारको बैठकमा २१ जना स्थायी कमिटी सदस्यहरू बोलेका थिए । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी सदस्यहरू देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, सत्यनारायण मण्डल, रघुजी पन्त, टोपबहादुर रायमाझी, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, विष्णुपुकार श्रेष्ठ र पुष्प कंडेलले आफ्नो धारणा राखेको बताए । 

प्रवक्ता श्रेष्ठले सबै स्थायी कमिटी सदस्यहरूले नेपालको सम्पूर्ण भू-भाग समेटिएको नक्सा प्रकाशित गर्ने र संविधानको अनुसूचीसमेत संशोधन गरेर ऐतिहासिक पहल गरिएको र त्यसलाई राष्ट्रिय एकताद्वारा हाम्रो भूमि प्राप्त गर्नुपर्छ भन्ने धारणा राखेको बताए ।

श्रेष्ठले अर्को बैठक आउने १६ गते ११ बजे बालुवाटारमै बस्ने उनले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x