नेकपामा सहमतिको खाका बनाउने जिम्मेवारी दोस्रो वरीयताका नेतालाई

पार्टीभित्र देखिएको विवाद समाधानका लागि सहमतिको प्रयास खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले दोस्रो वरीयताका नेतालाई जिम्मा लगाएका छन् ।

औपचारिक कार्यदल गठन नगरी सहमतिको खाका बनाउन नेताहरुलाई जिम्मेवारी दिइएको नेकपा स्रोतले बतायो ।


Advertisement

अध्यक्ष ओली र प्रचण्डबीच आइतवार भएको बैठकमा सहभागी सहयोगी नेताहरुलाई सहमतिको खाका ल्याउन निर्देशन दिइएको हो । ‘कार्यदल बनेको होइन, सहमतिको खाका ल्याउन नेताहरुलाई आग्रह गरिएको हो,’ स्रोतले भन्यो ।

सोमवार बस्ने दुई अध्यक्षको बैठकअघि महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा जनार्दन शर्मा र वर्षमान पुनले छलफल गरेर सहमतिको खाका ल्याउने छन् । सोमवार बस्ने स्थायी कमिटी बैठक अघि ओली र प्रचण्डबीच पुनः छलफल गर्ने सहमति भएको छ ।


Advertisement

दुई अध्यक्षको वार्तामा सहभागि जनार्दन शर्माले आइतबारकाे बैठक सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको प्रस्तावलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्