कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
साउन २२, २०७७
कोरोना भाइरस संक्रमणको फैलावट जनचेतनाको अभावले मात्रै होइन, जान्नेसुन्ने मान्छेकै लापरवाहीले समेत फैलिएको पाइएको छ ।
गण्डकी प्रदेशको एक गाउँपालिकाका हाकिम सा’प प्रमुख प्रशासकीय अधिकृतको हेलचक्र्याइँले परिवारका ४ जना सदस्यले समेत कोरोना संक्रमणको शिकार हुनुपरेको छ ।
कोरोनाको आशंकामा अस्पतालमा स्वाब दिएर क्वारेन्टीनमा बस्नुपर्नेमा अधिकृत घर गए । घर गएपछि ती अधिकृतमा कोरोना पुष्टि भयो । त्यसपछि ‘कन्ट्याक्ट टे«सिङ’ गर्दा बिहीवार उनका बाबु, आमा र २ छोराहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाका ती अधिकृतले गत साउन १४ गते स्वाब दिएका थिए । पोखरामा भएको परीक्षणमा साउन १७ गते उनको रिपोर्ट पोजेटिभ आयो ।
काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचाररत बिरामी आफन्त भेटेर केही दिनअघि उनी गण्डकी प्रदेश फर्किएका थिए । काठमाडौंबाट आएपछि कार्यक्षेत्र फर्किएका उनले अस्पतालमा स्वाब दिए । स्वाब दिएपछि उनी पोखरास्थित घर आए । उनको रिपोर्टमा कोरोना देखिएपछि परिवारका सदस्य पनि आतंकित भए ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा ४ दिनअघि परिवारका सदस्यहरूको पनि स्वाब संकलन गरियो । क्षयरोग उपचार केन्द्रमा भएको पीसीआर परीक्षणमा बिहीवार उनका ८२ वर्षीय बुवा, ७२ वर्षीया आमा, ७ र १४ वर्षीय छोराहरूको पनि रिपोर्ट पोजेटिभ आयो । पत्नीको भने रिपोर्ट नेगेटिभ आएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा जनाएको छ ।
स्वाब संकलनपछि क्वारेन्टीनमा बस्ने वा सुरक्षाका अन्य उपाय अपनाउनुको सट्टा घरकै परिवारको सम्पर्कमा आउनु राम्रो नभएको कास्कीका एक स्वास्थ्य अधिकृतले बताए । कोरोना संक्रमितहरूलाई आइसोलेसन लैजाने तयारी भएको जनाइएको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...