नेकपा पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन्-  पूर्वमन्त्री तामाङ

फाइल फोटो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन्।

सिन्धुपाल्चोक चौतारामा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत रहेको बताए।


Advertisement

‘कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन,’ उनले भने, ‘पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन्।’
       


Advertisement

कमेन्ट गर्नुहोस्