×

NMB BANK
NIC ASIA

९ दिनपछि ओली–दाहाल संवाद

साउन ३०, २०७७

NTC
Premier Steels

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा नौ दिनेदेखिको संवादहीनता तोडिएको छ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार करिब चार घण्टा भएको छलफललाई नेताहरूले अध्यक्षद्वय अडानबाट ‘रियलाइजेसन’ तर्फ उन्मुख भएको संकेतका रूपमा व्याख्या गरेका छन् । यद्यपि पार्टीभित्रको गतिरोधलाई कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच सहमति भइसकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्माले सहमतिका लागि भन्दै प्रस्तावहरू पेस गरेको र त्यसमा आफूले कुनै जवाफ नदिएको अध्यक्ष दाहालले बताएका छन् । ‘चार घण्टाको छलफल भए पनि बैठकमा ओलीजीसित त्यति लामो कुरा भएन, शंकर पोखरेल र जनार्दन शर्माले सहमतिका लागि भन्दै केही बुँदा पढेर सुनाउनुभएको थियो,’ बिहीबार साँझ काठमाडौंको थापागाउँमा प्रदेश ५ का आफूनिकट केन्द्रीय कमिटी सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘सहमतिका लागि बैठकमा आउने कुरालाई मैले सकारात्मक रूपमा लिएको छु ।’


Advertisment
Nabil box
Kumari

दाहालले बैठकमा भनेअनुसार पार्टी एकतालाई बलियो बनाउन स्थायी कमिटी बैठकमा जाने, अहिलेसम्मका कमीकमजोरीमा आत्मालोचना गर्दै त्यसलाई सच्याएर लैजाने, एकता प्रक्रिया जतिसक्दो छिटो पूरा गर्ने, अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सच्याएर अझै सुदृढ बनाएर लैजाने प्रस्ताव पोखरेल र शर्माको थियो । ‘तर उहाँ (पोखरेल) ले ल्यापटप हेरेर भन्नुभएको थियो, कुनै त्यस्तो लिखित प्रस्ताव आएन, मैले बैठक बस्ने कुरा सकारात्मक हो भन्ने जवाफ दिएको छु,’ दाहालले भने ।

Vianet communication

बैठक बस्ने कुरा पनि ठोस रूपमा नआएको दाहालले बताए । ‘ओलीजीतिरका अरू नेताहरू स्थायी कमिटी बैठकमा जानुपर्छ भन्नेमै हुनुहुन्छ, उहाँ पनि आजचाहिँ बैठकमा जाने कि भन्नेसम्मको मनस्थितिमा देखिनुभयो,’ दाहालले भने, ‘जाने कि भन्नेसम्म मात्रै हो, ठोस कुरा भएको छैन ।’

महासचिव विष्णु पौडेल, पोखरेल र शर्मा बैठकमा केहीबेर बस्ने र केहीबेर अध्यक्षद्वयलाई एक्लै छोडिदिने गरिरहेका थिए । बैठकको सुरुवातमा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि केही बेर बसेर निस्किएका थिए । ‘म छलफल सफल पार्नुस् भन्ने शुभकामना दिएर निस्किएको हुँ,’ नेम्वाङले भने ।

सहमतिको बिन्दु पहिल्याउन दुवै अध्यक्ष टसको मस नभएपछि दोस्रो तहका नेताहरू सहमतिको विकल्प खोज्न छलफलमा जुटेका थिए । ओली पक्षीय नेताहरूले कान्तिपुरलाई दिएको जानकारीअनुसार केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसको संयोजक दाहाललाई तोक्ने प्रस्ताव यसअघि गरिएको भए तापनि बिहीबारको बैठकमा त्यो विषयमा छलफल नभएको दाहालले बताएका छन् । महासचिव पौडेल र स्थायी कमिटी सदस्य पोखरेलले पछिल्लो समय बुधबार मात्रै अध्यक्ष दाहाललाई भेटेर केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक दाहाल बस्ने गरी सहमति गर्न प्रस्ताव गरेका थिए ।

दाहालनिकट एक स्थायी कमिटी सदस्यका अनुसार अहिलेको परिस्थितिमा मंसिरका लागि प्रस्ताव गरिएको अर्ली महाधिवेशन त के, चैतमा हुने भनिएको महाधिवेशनसमेत हुन नसक्ने निष्कर्ष दाहाल–नेपाल पक्षको छ । त्यसैले ओली पक्षबाट आएको उक्त प्रस्तावमा दाहाल सकारात्मक भइनसकेको उनीनिकट स्रोतको भनाइ छ । ‘यस विषयमा दाहालले बुधबार नै रुचि नदेखाएकाले बिहीबार थप छलफल नभएको हुन सक्छ,’ एक स्थायी कमिटी सदस्यले कान्तिपुरसँग भने ।

वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरूले पनि यही हालतमा महाधिवेशन हुन नसक्ने र ओलीले नै आफू सत्तामा रहुन्जेल महाधिवेशन हुन दिन्न भनेकाले यो जालझेलको अर्को पत्तोमात्रै हुन सक्ने निचोड निकालेका छन् । यही निचोड उनीहरूले दाहाललाई पनि सुनाएका छन् ।

गत साउन १८, १९ र २० गते दुई अध्यक्षबीच संवाद भए तापनि निचोडमा पुग्न सकेको थिएन । २१ गते अध्यक्ष दाहालसहित उनी पक्षीय सचिवालय सदस्यहरूले पत्रकार भेटघाटमा जतिसुकै खराब परिणाम पनि आउन सक्ने बताएका थिए । त्यसपछि सोही साँझका लागि तय भएको अध्यक्षहरूको छलफल रोकिएको थियो । अध्यक्षहरूका बीचमा लगातार छलफल हुने तर त्यसले कुनै निचोड निकाल्न नसक्ने हुँदा कार्यकर्ता झन् निराश हुने भएकाले यसरी ‘तारेख’ धाएझैं दिनदिनै निष्कर्षविहीन छलफल गर्नभन्दा केही समय रोकिएर सहमतिको विकल्पसहित संवाद थाल्नुपर्ने भन्दै दोस्रो तहका नेताहरू सक्रिय भएका थिए ।

‘धेरै दिनदेखि अध्यक्षहरूका बीचमा भेटघाट भएको थिएन, त्यसलाई तोड्नका लागि वातावरण तयार भएको थिएन, त्यो वातावरण बनाउन हामी लागेका थियौं,’ स्थायी कमिटी सदस्य नेम्वाङले भने, ‘दुई अध्यक्ष बसेर हार्दिकतापूर्वक छलफल गर्नुभएको छ, अब सहमति गर्ने जिम्मा पनि उहाँहरूको नै हो ।’

दाहालका प्रेस संयोजक विष्णु सापकोटाले रोकिएको छलफल सुरु भए तापनि कुनै सहमति भने भइनसकेको बताए । ‘ठ्याक्कै यसै भन्ने निष्कर्ष त निस्किएको छैन,’ सापकोटाले भने, ‘अहिले देखिएका सबै समस्यालाई समाधान गर्ने दिशातर्फ छलफल उन्मुख भएको छ, शुक्रबार फेरि अध्यक्षद्वयका बीचमा कुराकानी हुन्छ ।’ ओलीलाई भेट्न जानुअघि दाहालले वरिष्ठ नेता नेपालसँग आफ्नै निवास खुमलटारमा संवाद गरेका थिए ।

साउन १३ गते प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी स्थगित गरेपछि दाहाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष दाहाललाई ओलीसँग वार्ता गरी सहमतिमा स्थायी कमिटी बैठक बोलाउन जिम्मेवारी दिएको थियो । त्यतिखेर पनि दाहालले सहमति नहुने संवादमा आफू नबस्ने बताएपछि १८ गते मात्रै वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य नेम्वाङसहित बैठक बसेको थियो ।

तर ती छलफल सकारात्मक भएका थिएनन्, बरु दुवै पक्षका नेताले आआफ्ना गुटका छुट्टाछुट्टै भेला गरेका थिए । त्यसैले दोस्रो तहका नेताहरूका बीचमा संवाद नभएसम्म अध्यक्षहरूबीचको संवादलाई रोक्ने निर्णय उनीहरूले गरेका थिए । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x