×

NIC ASIA

कोरोनाको कहर

सुनसान पर्यटन व्यवसाय : १२ लाख मजदुरको रोजगारी गुम्यो, हातमुख जोर्नै मुस्किल !

साउन ३२, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड–१९) को महामारी चीनमा शुरू भएसँगै नेपालमा पर्यटन क्षेत्र प्रभावित हुन थालेको थियो । अन्य मुलुकमा भन्दा ढिला भएपनि नेपाल कोरोना महामारीबाट अछुतो रहन सकेन । फलस्वरूप गत चैत ११ गतेबाट मुलुक पूर्ण लकडाउनमा गयो । आर्थिक गतिविधिमात्र हैन सारा क्षेत्र ठप्प भए ।

Muktinath Bank

महामारीकै कारण ठूलो उत्साहका साथ सरकारले जनवरी १ (पुस १६)मा उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० तीन महिनापछि स्थगित भयो, जसबाट पर्यटन क्षेत्रमा कोरोनाभाइरसको असर सहजै आकलन गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गत साउन ७ गतेसम्म मुलुकलाई पूर्ण लकडाउनमा राख्यो । त्यसयता आंशिक लकडाउन भएपनि अर्थतन्त्र पहिलेकै अवस्थामा चलायमान हुन भने केही समय लाग्ने विज्ञहरूले बताउँदै आएका छन् । पर्यटन अन्तर्गतका केही मुख्य व्यवसायहरूमा परेको असरहरू यहाँ उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

साढे तीन लाख मजदुर कामविहीन – टान

Vianet communication

​कोरोना महामारीका कारण पदयात्रा तथा पर्वतारोहण व्यवसायमा संलग्न करीब साढे ३ लाख जनशक्तिले रोजीरोटी गुमाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार, पदयात्रा तथा पर्वतारोहण व्यवसाय सबै बन्द हुँदा अहिले व्यवसायीहरू हात बाँधेर बस्नुपरेको छ । लोकान्तरसँग उनी भन्छन्, ‘महामारीले हामीलाई शून्य अवस्थामा झार्‍यो, अझै कहिलेसम्म यस्तो हुन्छ भन सकिने अवस्था छैन ।’

अध्यक्ष सुवेदीका अनुसार टानमा आबद्ध भएका कम्पनी काठमाडौंमा १ हजार ९ सयको हाराहारीमा रहेको छ भने पोखरामा १ सय ८० वटा रहेको छ । 

महामारीका कारण करीब १५ अर्ब नोक्सानी भएको अनुमान गरिएको उनले बताए । उनी भन्छन्, ‘टानले महामारीका कारण करीब १५ अर्ब जतिको नोक्सानी व्यहोर्नुपरेको छ, यो पर्यटनको सिजनभरीकै आकलन हो ।’

टुरिस्ट गाइडलाई दैनिक गुजारा टार्न धौधौ

चीनमा कोरोनाभाइरसको महामारी शुरू भएसँगै नेपालमा पर्यटकहरूको उपस्थिति पातलिँदा डिसेम्बरदेखि नै समस्या भएको टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष केदार तामाङले लोकान्तरलाई बताए । डिसेम्बरदेखि नै पर्यटकहरूको आवागमन कम भएको भन्दै उनले शुरूदेखि नै आफूहरू महामारीको चपेटामा परेको बताए । 

‘हाम्रो काम रोकिएको त ८ महिनाभन्दा बढी भयो,’ उनले भने, ‘पुसदेखि नै काममा गिरावट आयो ।’ 

सरकारबाट अनुमतिप्राप्त करीब ४ हजार ५ सय मजदुर छन्, उनीहरूमध्ये करीब २ हजार ५ सय मजदुर यही क्षेत्रमा सक्रिय छन् भने अन्य अनौपचारिक रूपमा यस क्षेत्रमा आबद्ध छन् । 

यसमध्ये संघमा १ हजारभन्दा बढी मजदुर आबद्ध भएको अध्यक्ष तामाङको भनाइ छ । 

विदेशी पर्यटकहरूको आवागमन ठप्प हुँदा एसोसिएसन मातहतका पर्यटन मजदुरहरूलाई सामान्य गुजारा टार्न पनि धौधौ परिरहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रा मजदुरहरूलाई आफू र आफ्ना परिवारको गर्जो टार्न पनि निकै धौधौ पर्दै आइरहेको छ ।’

उनले राज्यस्तरबाट आफूहरूले कुनै सहयोग तथा राहत नपाएको गुनासो गरेका छन् । 

नेपाल र्‍याफ्टिङ एसोसिएसनका पूर्व अध्यक्ष मिन मगर महामारीका कारण व्यवसाय चौपट भएको बताउँछन् । 

भूकम्पपछि र्‍याफ्टिङ व्यवसाय विस्तारै अगाडि बढेपनि कोरोना महामारीका कारण भने शून्य भएको उनको भनाइ छ । 

‘र्‍याफ्टिङमा करीब १० हजार जनाले रोजगारी पाएका थिए, अहिले उनीहरू सबै घरमा रित्तो हात बस्नुपरेको छ,’ उनी भन्छन्, ‘दैनिक जीवन बिताउन नै गाह्रो भएको छ ।’

पर्यटन विभाग भन्छ– ‘१२ लाखको रोजगारी गुम्यो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले मुलुकभर पर्यटन क्षेत्रमा आबद्ध भएका करीब १२ लाख मजदुरको रोजगारी गुमेको लोकान्तरलाई बताए । जसअन्तर्गत औपचारिक रूपमा काम गर्ने करीब साढे चार लाख जनशक्तिले पूर्णरूपमा रोजगारी गुमाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x