×

NMB BANK
NIC ASIA

भारतीय कूटनीतिकर्मीलाई पाकिस्तानले किन दिएन भिसा ?

असोज ४, २०७७

NTC
Premier Steels

पाकिस्तानले भारतीय कूटनीतिकर्मी जयन्त खोब्रगडेलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको छ । उनलाई इस्लामाबादमा भारतको कूटनीतिक सहचारीमा गरिएको नियुक्तिलाई पाकिस्तानले अस्वीकार गरेको हो । 

Muktinath Bank

यस कदमले द्विपक्षीय सम्बन्ध थप चिसिने देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोब्रगडेको नाम गत जुन महिनामा आधिकारिक रूपमा प्रस्ताव गरिएको थियो । त्यही महिना भारतले कूटनीतिक सम्बन्ध घटुवा गर्दै पाकिस्तानलाई ५० प्रतिशत कर्मचारी घटाउन आग्रह गरेको थियो । 


Advertisment
Nabil box
Kumari

भारतले सम्बन्ध घटुवा गरेकोमा प्रतिशोध लिनका लागि पाकिस्तानले खोब्रगडेलाई अस्वीकार गरेको भारत सरकारको बुझाइ छ । अनि इस्लामाबादले कश्मीरका विषयमा गरेको सूचना युद्धले अन्तर्राष्ट्रिय स्तरमा खासै चर्चा नपाएपछि छाएको निराशा पनि यसैमार्फत व्यक्त गरेको देखिएको छ । 

Vianet communication

तर पाकिस्तानले भारतीय मिसन आधा घट्दा त्यसको नेतृत्व गर्नका लागि खोब्रगडे निकै वरिष्ठ अधिकारी भएको र दुई देशबीच केही समययता खासै कुनै द्विपक्षीय सम्बन्ध नरहेको भन्दै उनलाई अस्वीकार गरेको हो । 

आफूले नियुक्त गर्ने कूटनीतिकर्मीहरूका विषयमा पाकिस्तानले सिकाउने हैरियत नभएको भन्दै भारतले समय आएपछि प्रतिशोधात्मक कारवाही गर्न सक्ने देखिएको छ । यी दुवै देशले यस स्तरमा कूटनीतिकर्मीको ​नियुक्तिलाई अस्वीकार गरेको यो दुर्लभ घटना हो । 
 

खोब्रगडेले पाकिस्तानमा यसअघि काम गरिसकेका छन् तर त्यस कार्यकालका कारण अहिले उनलाई अस्वीकार गरिएको हैन । दुवै मुलुकले आआफ्ना उच्चायुक्तलाई फिर्ता बोलाएपछि कूटनीतिक सहचारीले नेतृत्व सम्हाल्दै आएका छन् । 

भारतले जम्मु कश्मीरको विशेषाधिकार खोसेर दुईवटा केन्द्रशासित प्रदेश बनाएपछि पाकिस्तानले अझैसम्म चित्त दुखाइरहेको भारतले विश्वास लिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x