११ करोडमा टोखा नगरपालिकाको भवन बन्दै

टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा  निर्माण हुने भएको छ । 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि टोखाले नगरपालिका हाताभित्र रहेको अस्थायी टहरा भत्काएको छ । भवन निर्माणका लागि  निर्माण सेवा नुवाकोटसँग सम्झौतासमेत गरिसकेको छ । 


Advertisement

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौँको आर्थिक लागतमा नगरपालिका भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । अन्डरग्राउन्ड पार्किङसहित बन्न लागेको भवन साढे ६ तलाको हुनेछ । उक्त भवनमा लिफ्टसमेत जडान हुने उनले बताए । 

सम्झौतासँगै विसं २०७८ माघ २१ गतेसम्म भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । हाल टोखा नगरपालिकाले आफ्नै भवन नहुँदा विभिन्न स्थानमा विभिन्न शाखा स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्