देशमा चौतर्फी त्रास छ, सरकार अभिभावक बन्न सकेनः देउवा (विज्ञप्तिसहित)

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कोरोनाले सर्वत्र त्रास भएको बेला सरकार जनताको अभिभावकका बन्न नसकेको बताएका छन् ।  
बिहीबार एक विज्ञप्ति जारी गर्दै देउवाले विज्ञप्तिमा भनेका छन्, ‘देशमा सर्वत्र त्रास छ, यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’

उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक रहेको प्रस्ट पार्दै सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्ने जनाएका छन् ।
देउवाले सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको भन्दै यस्तो स्थिति आउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग समेत गराएका छन् ।


Advertisement

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्