×

NMB BANK
NIC ASIA

कोरोना परीक्षणमा नयाँ खेल : नि:शुल्क गर्नुपर्ने सरकारी ल्याबले परीक्षण घटाए, निजीमा मारामार !

मंसिर ५, २०७७

NTC
Premier Steels

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोभिड–१९ जाँच गर्ने पीसीआर ल्याबमा अहिले दैनिक करीब २ सयवटा मात्र स्वाब जाँच भइरहेको छ ।

Muktinath Bank

दैनिक झण्डै ४ सयभन्दा बढी स्वाब जाँच गर्दै आएको प्रयोगशालामा आधाभन्दा कम स्वाब जाँच भएको हो । तर, कोरोना संक्रमण घटेर कम जाँच भएको चाहिँ होइन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले संक्रमितको सम्पर्कका आएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ नगर्दा लक्षण देखिएर आफ्नै जाँच गर्न खोज्नेहरू सरकारी प्रयोगशालामा नगई निजीतिर जान थालेका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारी प्रयोगशालामा रिपोर्ट दिन ढिलाइ गर्छन् ।

Vianet communication

सरकारी अस्पतालमा स्वास्थ्य उपचार सेवाजस्तै प्रयोगशालामा कोरोना जाँचमा पनि सकेसम्म सेवाग्राहीलाई निरुत्साहित गर्ने क्रम देखिन थालेको छ । 

यसले राज्यले ठूलो लगानी गरेको प्रयोगशाला सुस्ताउँदै निजी प्रयोगशालाको प्रोत्साहनमा सरकार नै लागेको देखिन्छ । कुनै बेला पीसीआर जाँच गर्न भ्याइनभ्याइ हुुने प्रयोगशालाहरूलाई फुर्सद दिएर राखिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा प्रायः उपचारका लागि आएका शंकास्पद र भर्ना गर्नुपर्ने बिरामीको स्वाब जाँच भइरहेको बताए । 

उनले भने, ‘हाम्रो प्रयोगशालाको क्षमता दैनिक चार सयसम्म पीसीआर जाँच गर्ने हो । महिना दिन अगाडिसम्म दैनिक ३ सयदेखि झण्डै चार सयसम्म स्वाब जाँच हुुन्थ्यो । अहिले त्यसको चाप छैन । दुई सयसम्म जाँच हुन्छ ।’
त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पनि अहिले खासै यस क्षेत्रको स्वाब जाँदैन । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा पनि सुस्ताएको छ । प्रयोगशालाका निमित्त पूर्व प्रमुख डा. राजेन्द्र गिरीले कन्ट्याक्ट ट्रेसिङ कम हुँदा स्वाब आउने क्रम धेरै घटेको बताए । पनि अहिले पीसीआरको स्वाब कम जाने गरेको छ ।

प्रदेशमा पहिलोपटक कोरोना जाँच गरेको प्रयोगशाला अहिले दैनिक १५० सम्म स्वाब जाँच हुन् । गिरी भन्छन्, ‘रूपन्देहीको स्वाब आउँदैन भन्दा पनि हुन्छ । अहिले प्रादेशिक प्रयोगशालामा प्युठानको मात्र स्वाब जाँच भएको छ । केही छिटफूट मात्र अन्य जिल्लामा आउँछन् । रुपन्देहीमा धेरै जाँच गर्नेहरू आफैँ निजी प्रयोगशालामा जाने गरेको देखिन्छ ।’ 

यस क्षेत्रमा कोरोना संक्रमण घट्दै गएर जाँच कम भएको होइन । संक्रमण तीव्र रूपमा बढदै गए पनि स्थानीय तहहरू र प्रदेश सरकारले कन्ट्याक्ट ट्रेसिङ नगर्दा संक्रमित निजी प्रयोगशालामा पीसीआर जचाउन जान थालेका हुन् । सरकारले कन्ट्याक्ट ट्रेसिङ नगर्दा निजी प्रयोगशाला मोटाउने बाटो बनेको छ ।

बुटवलमा निजी क्षेत्रको प्रयोगशाला नेसनल प्याथ ल्याबले दैनिक ५०/६० जनाको स्वाब जाँच गरेर शुरू गरेको सेवा अहिले २५० देखि ३०० वटा स्वाब जाँचसम्म पुगेको छ । ल्याबका सञ्चालक शरद भुसालले भने, ‘शंकास्पद बिरामी आफैँ प्रयोगशालामा आउनुहुन्छ । अझै भैरहवामा पनि पीसीआर जाँच शुरू भएपछि केही कम भएका हुन्, नत्र अझै बढ्थे ।’ 

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि केही समय अगाडिदेखि पीसीआर जाँच गर्न थालेको हो । युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले दैनिक २ सय पीसीआर जाँच गर्न थालेको बताए ।

उनले भने, ‘हामीले पीसीआर जाँचको अनुमति लिएर सञ्चालन गरेको एक महिना पुग्दैछ । छिटो रिपोर्ट दिएका छौं । शंकास्पद बिरामीलाई बिहान दुुई घण्टा र बेलुका दुुई घण्टा स्वाब संकलन गर्ने समय दिएका छौँ, रिपोर्ट पनि तत्काल दिन्छौं ।’

लुम्बिनी प्रदेशमा ३ वटा निजी र सरकारी स्तरका ६ वटा प्रयोगशाला सञ्चालनमा छन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल भने पहिलो जस्तो भारदारी शैलीमा स्वाब संकलन अहिले नगर्दा सरकारी प्रयोगशालामा कम जाँच भएजस्तो देखिएको बताउँछन् ।

उनले भने, ‘शुुरू–शुुरूमा संक्रमण भएको ठाउँबाट आएकाहरूको पनि स्वाब लिइन्थ्यो । अहिले त्यस्तो छैन । लक्षण भएर अस्पताल आएका बिरामीको चिकित्सकको सिफारिशमा निःशुल्क नै जाँच गरेका छौं । विदेश जान परेकाहरू, घरबेटीले स्वाब रिपोर्ट मागेकाहरू र आफैँ उकुसमुकुस भएकाहरू निजीमा जाँच गर्न गएका हुन् ।’

प्रदेश सरकारको कोभिड कोषबाट २१ करोड रुपैयाँ कोरोनाभाइरस नियन्त्रण र उपचारमा सकाएको छ । कोषमा प्रदेश सरकारले फेरि १० करोड रुपैयाँ थप गर्न लागेको मन्त्रालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x