×

NMB BANK
NIC ASIA

प्रचण्डको अडानसामु यसरी गले ओली

मंसिर १७, २०७७

NTC
Premier Steels

लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे।
आजको नागरिक दैनिक लेख्छ–सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो।

Muktinath Bank

बैठकको सुरुमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुन नसक्ने, त्यसलाई फिर्ता गरेर माफी माग्नुपर्ने र अहिल्यै बैठक बस्नुको औचित्य नभएको बताएपछि एकछिन तनाव उत्पन्न भएको थियो।
 ‘बैठकमा प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गर्न नपाइने भए किन बैठक बस्नु ? बैठकको अर्थ के हो ?’ भनेर कड्किँदै दाहालले प्रश्न गरेपछि ओलीले २८ गतेको प्रतिवेदन राजनीतिक नभई व्यक्तिगत आरोपपत्र भएको र त्यसमा धेरैजसो शब्द तथा लाञ्छना हेर्दा फौजदारी कानुन आकर्षित हुने देखिएकाले त्यसमा छलफल हुन नसक्ने बताएका थिए। तर दाहालले छलफल हुनैपर्ने अडान राखेपछि उनीहरूबीच भनाभन नै भएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँहरूबीच निकै वादविवाद भयो त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलले जेजे आरोप भए पनि तिनका बारेमा छलफल गर्ने थलो सचिवालय बैठक नै भएको बताएपछि ओलीले दाहाललाई बोल्न दिएका थिए,’ बैठकपछि सचिवालयका एक सदस्यले भने।
सुरुमै ओलीले ‘तपाईंहरू यहाँ झगडा गर्न आउनुभएको हो कि सहमतिसहित बैठक गर्न आउनुभएको हो ? आजको एजेन्डा के हो रु भनेर दाहाललाई प्रश्न गरेका थिए। ‘बाटो विग्रहको हिँड्ने, कुरा सहमतिको गर्ने ? बाटो विग्रहको हो कि सहमतिको हो, क्लियर हुनुप–यो,’ ओलीले भनेका थिए।
जवाफमा दाहालले आफूहरूसँग धैर्य र संयम रहेको भन्दै धेरै उत्तेजित नबनाउन सुझाएका थिए।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x