×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

लुम्बिनी सरकारको भविष्य : माधव नेपाल पक्षका सांसद तान्ने रणनीतिमा मुख्यमन्त्री पोखरेल

पुस १३, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभा विघटनपछि विभाजन भएको नेकपाको शक्ति संघर्ष प्रदेशमा झरिसकेको छ । पार्टी विभाजनको असरले दुईतिहाइ बहुमत सहितका बलिया प्रदेश सरकारहरू पनि तीन वर्ष नपुग्दै माक्किन थालेका छन् ।

Muktinath Bank

बाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका सांसदहरूले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरिसकेका छन् । 
तर, अन्य प्रदेशमा जस्तै अप्ठ्यारोमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रचण्ड–नेपाल समूह तत्काल अविश्वासको प्रस्ताव ल्याउने मुढमा देखिँदैन । पछिल्लो चार/पाँच दिनयता बरू यही समीकरण नै फेरबदल हुने संकेत देखिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वापात्र पोखरेल नेतृत्वको सरकार के होला ? प्रदेशमा चौतर्फी चासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पोखरेल माधव नेपाल समूहमा खुलेर लागेका प्रदेशसभा सांसदहरूलाई आफूतिर तानेर सरकार बलियो बनाउने रणनीतिमा लागेका छन् । त्यसका लागि मुख्यमन्त्रीले अंकगणित विश्लेषण गरेका छन् ।


Advertisment
Nabil box
Kumari

माधव नेपालनिकट मानिने रूपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले ओली समूहको केन्द्रीय सदस्यको रूपमा शपथ लिइसकेका छन् । 

Vianet communication

त्यस्तै नेपाल निकट मानिने बाँकेका कविराम थारू आफू प्रचण्ड खेमामा नरहेको बताउन थालेका छन् ।

माधव नेपाल निकट मानिएका गुल्मीका कमलराज श्रेष्ठ पनि आफू कुनै नेताको पछाडि नलागी जबजको पक्षमा रहेको बताउन थालेका छन् । तर, नेकपा नेता रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी ओली समूहमा लागे पनि उनी निकट रहेका लुम्बिनीका सांसद भने ओली समूहमा गएका देखिँदैनन् । पूर्व माओवादीहरू प्रचण्ड–नेपाल खेमामा एक ढिक्का देखिएका छन् ।

पूर्व माओवादी समूहका प्रदेश सभा सांसद तथा अर्थ, उद्योग तथा पर्यटन समिति सभापति दधिराम न्यौपानेले तत्काल प्रदेश सरकारविरूद्व अविश्वासको प्रस्ताव ल्याउने योजना नभएको बताए । 

उनले भने, ‘हाम्रो नेता आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीसँग पनि हाम्रो छलफल भएको छ । तत्काल अविश्वासको प्रस्ताव ल्याउने तयारी छैन ।’ 

प्रचण्ड–नेपाल समूह, कांग्रेस र जनता समाजवादी पार्टी एक भए यहाँका मुख्यमन्त्री पोखरेल अप्ठ्यारोमा पर्नेछन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा ६१ जना नेकपाका सांसद छन् ।

तीमध्ये पूर्व एमालेका ४१ र पूर्व माओवादीका २० सांसद् हुन् । यसमा पूर्व माओवादी सांसदहरू, कांग्रेस, जनता समाजवादीले अर्को सरकार बनाउन बहुमत पुग्न सक्छ । प्रदेशमा कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाको १ जना सांसद छन् । तर, प्रचण्ड–नेपाल समूहले आफूहरूसँग प्रदेश सभामा २५ जना रहेको दाबी गरेको छ ।

केही सांसद अहिलेसम्म पनि खुलेका छैनन् । उनीहरूको दाबीअनुसार पार्टी केन्द्रबाट लुम्बिनीमा पनि अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरे त्यसको सामना गर्न मुख्यमन्त्री मन्त्री पोखरेललाई गाह्रो पर्ने देखिन्छ । कांग्रेसले कसलाई साथ दिन्छ, त्यसमा निर्भर हुनेछ । 

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारलाई पार्टी विभाजनको असर नपर्ने बताए । 

मन्त्री चौधरीले भने, ‘आवश्यकता र प्रस्तुतिले क्याबिनेट बिस्तार पनि हुन सक्ला । तत्काल त्यो बारेमा हामीले सोचेका छैनौं । तर, शंकर सरकार प्रदेशसभा रहँदासम्म तलमाथि हुँदैन । त्यो खेलमा कोही पनि लाग्दैनन् । हामी बलियो छौं ।’ 

यसबीचमा प्रचण्ड–नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका विभिन्न ठाउँहरुमा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

नेपाल निकट मानिने प्रदेश सभा सांसद विष्णु पन्थीले कार्यकर्ता भेला र मंगलबारको विरोध प्रदर्शनपछि बल्ल प्रदेश सभामा के गर्ने छलफल अगाडि बढाइने बताए । 

उनले भने, ‘हामी त अझै पार्टी विभाजन नहोस् भन्नेमा नै छौं । तर, यो अवस्थासम्म पार्टी पुगिसकेपछि हामीले पनि एकपटक छलफल गर्छौं । तत्काल प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउने कुरा छैन ।’

सातै प्रदेशका मुख्यमन्त्रीमध्ये पोखरेललाई सिनियर मानिन्छ ।

प्रदेश सभाले राजधानी र नामकरण टुंगो लगाएपछि अन्त्य भएको अधिवेशन कहिले शुरू हुन्छ भन्ने अहिलेसम्म मिति तय भएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x