दिनेशको ‘प्रकाश’ फागुनमा फ्लोरमा

निर्देशक दिनेश राउत नयाँ चलचित्र ‘प्रकाश’को स्क्रिप्ट, कलाकारसँगै लोकेशन फाइनल गर्न व्यस्त छन् ।

प्रि–प्रोडक्सनमा व्यस्त उनको यो चलचित्रमा प्रदीप खड्का फाइनल भएका छन्, तर अरु कलाकारको नाम अहिलेसम्म सुनिएको छैन । यो चलचित्र छिट्टै घोषणा गर्ने निर्माण टिमको तयारी छ ।


Advertisement

निर्माण पक्षका अनुसार उनको यो चलचित्र फागुन दोस्रो साता फ्लोरमा जानेछ । चलचित्रको अधिकांश भाग हुम्लामा खिच्ने निर्माण पक्षको तयारी छ । विनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमाको कथा विकास सुवेदीले तयार पारेका हुन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्