×

NMB BANK
NIC ASIA

पाटनको प्राचीन अग्निशालामा २४ गेज मोटाइको तामा राखिने

माघ ६, २०७७

NTC
Premier Steels

ललितपुर महानगरपालिका–१९ पूर्णचण्डीमा अवस्थित प्राचीन अग्निशाला छानोमा २४ गेज मोटाइको तामा राखिने भएको छ ।  पाँच हजार वर्ष पुरानो सो अग्निशालामा जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी सो गेज मोटाइको तामा हाल्न लागिएको हो । 

Muktinath Bank

अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशालामा एकदमै बाक्लो २२ गेज मोटाइको तामा छाउन मन भए पनि खरीद गर्न धेरै महङ्गो पर्ने भएकाले २४ गेज मोटाइको तामा छाउन लागिएको बताए । उनका अनुसार ललितपुर महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्न अनुमान गरिदिएको र रु ४० लाख दिएको हुँदा २२ गेज मोटाइको तामा खरीद गर्न धेरै रकम अभाव हुने भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छब्बीस गेजको तामा अलि पातलो हुने भएकाले २२ र २६ बीचको २४ गेज मोटाइ तामा गुणस्तरीय र लामो समय टिकाउ हुने आधारमा प्रयोग गर्ने योजना बनाएको उनले बताए । उनका अनुसार  विसं १९९० अघि यसमा झिँगटीको छाना छाइएको थियो ।


Advertisment
Nabil box
Kumari

९० सालको भूकम्पले छानो भत्किएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो हालियो । अग्निशालालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने हुँदा तामाको छानो हाल्न लागिएको हो ।

Vianet communication

“अब आउँदो १०० वर्षसम्म पनि यस तामाले काम देओस् भन्ने सोचअनुरुप महानगरपालिकाको अनुमतिमा केही फेरबदल गरी २४ गेज मोटाइको तामा हाल्न लागिएको हो ।” अग्निशालामा सो मोटाइको तामा प्रयोग गर्दा महानगरपालिकाले दिएको रकममा रु छ लाखदेखि सात लाख अपुग हुन्छ । सो अपुग भएको रकम जनश्रमदान वा भक्तजनबाट सङ्कलन गरी प्रयोग गरिने भएको शर्माले जानकारी गराए । 

अग्निशालामा तामा छाउने भाग भत्काइसकिएको छ । भवनको बाँकी भाग भने जस्ताको तस्तै पुरानो शैलीमा रहनेछ । विसं २०७२ सालको गोरखा महाभूकम्पले अग्निशालाको भवनमा त्यति क्षति पुर्याएको देखिँदैन ।

अग्निशालाभित्र विष्णु, रुद्र, ब्रह्म, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहे पनि पाँच कुण्डको नामले परिचित रहेको छ । सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रह्म र सूर्य कुण्डमा आगो बल्ने गरेको पुजारी रविश्याम शर्माले बताए । उनले भने, “हरेक दिन यहाँ राष्ट्र शान्तिका लागि अग्नि होम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’ का रूपमा श्राद्ध गरिन्छ । 

प्राचीन समयमा १८ थरीका दाउरा बालिने यस अग्निशालामा हाल भने किरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ । यहाँ कृष्णपक्ष वा शुक्लपक्ष प्रतिपदाका दिन लगभग वर्षको २४ वटा विशेष होम गरिन्छ । प्रतिपदाका दिन अग्निशालामा ‘पुरोदासा’ अर्थात् चामलको रोटी पकाइन्छ । सो रोटीको सेवन गरेपछि लामो समय सन्तान प्राप्त गर्न नसकेका मानिसले सन्तान सुख पाउने विश्वास रहेको शर्माले बताए । 

अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामका पाँच धुनी बल्छन् । पाँच अग्नि एकै ठाउँमा बल्ने सो अग्निशाला विश्वको एक मात्र स्थान पाटनमा रहेको अनुमान गर्न सकिने स्थानीयवासीको बुझाइ छ । 

सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी गौरवशाली योजनाअन्तर्गत यस वर्ष भने तामाको छानो फेर्न लपु महानगरपालिकाले रकम सहयोग गर्न सफल भएको प्रमुख चिरीबाबु महर्जनले बताए । 

किंवदन्ती

काठमाडौँ उपत्यकामा बस्ती बस्नुपूर्व यहाँ एक दह थियो । सो दहमा पानी सुकेपछि हाल अग्निशाला रहेको जमीन वरपर भने चिसो नै रहेको थियो । सो समय दक्षिण भारतबाट छ ब्राह्मण लौरो टेकेर पाटन आएछन् ।

ती ब्राह्मण पाटन आएर लौरो जमीनमा गाडी एक रात त्यहीँ बसेछन् । भोलिपल्ट सो लौरो झिक्दा ब्राह्मणले सो लौरोमा टुसा पलाएको देखी पवित्र भूमिका नाममा तर्पण, यज्ञ, होम आदि गरी बसेछन् । यसैका आधारमा सो अग्निशालालाई पाँचदेखि छ हजार वर्ष पुरानो भनिएको अध्यक्ष शर्माले बताए । 

अग्निशालाको उत्तरपट्टि हालको वाग्मती र दक्षिणपट्टि नक्खु खोला वा प्रवाहित रहँदा यसलाई त्रिवेणी सङ्गमका रूपमा पनि मानिन्छ । हरेक वर्ष मकर सङ्क्रान्तिका दिन काठमाडौँ उपत्यका तीनै शहरका मानिस अग्निशाला त्रिवेणीधाममा दानधर्म आदि काम गर्न आउने भएकाले यहाँ ठूलो मेला लाग्ने गर्छ । 

हाल अग्निशाला परिसरमा रहेका बोटबिरुवाहरु ती छ ब्राह्मणले टेकेर आएका लौरोबाट उम्रिएका र सो रूखको नाम ‘वरुण वृक्ष’ अर्थात् समुद्री सतह र समुद्र नजिक एकदेखि डेढ सय मिटर टाढा मात्रै पाइने महत्वपूर्ण वृक्ष मानिने जानकारहरुको बुझाइ छ । 

अग्निशालामा घर जस्तै प्रकारको विना गजुरको छानो वा मन्दिर तवरको देख्न पाइन्छ । प्राचीन समयदेखि यस ठाउँमा अग्नि बलिरहने भएकाले अग्निशाला भनी नामकरण गरिएको हो । 

अग्निशालामा ‘अग्निहोत्री बाजेबज्यै’ रिक्त भएमा छ कुलका ज्येष्ठ थकालीमध्येका एक जोडी दम्पतीलाई कार्तिक शुक्ल द्वादशीका दिनमा मात्र नियुक्त गरिने चलन रहेको छ । सुभानु आचार्य,रासस

प्राचीनकालमा भारतबाट आएका ती छ व्यक्तिका चारदेखि पाँचसय घरपरिवार हाल पाटनको पूर्णचण्डी, पिम्बहाल अनि पाटनढोका, मङ्गलबजार, अग्निशाला आसपास क्षेत्र र पाटन सुन्धारामा छरिएर बसेका छन् ।

अग्निशालामा छ पुजारी रहने चलनानुसार पर्व वा कुनै मेला नपरेको दिन दैनिक दुईजना ब्राह्मणले त्यहाँभित्रको सम्पूर्ण काम गर्ने गर्छन् । एक ब्राह्मणले नित्य पूजा गर्छन् भने अर्का आमाबाबु नभएकाले श्राद्ध आदि गर्ने गर्छन् । 

अग्निशालामा दैनिक श्राद्ध गरेको पिण्ड सधैँ नदीनालामा सेलाउन सम्भव नभएकाले कुण्डमा होम गरिदिने चलन रहेको अध्यक्ष शर्माले बताए । 

मुलुकका हिन्दूलगायत बौद्ध धर्मावलम्बीले आफ्नो जन्मदिन परेको बेला, विशेष अवसर, नवग्रहको दोष आदि हटाउन अग्निशालामा आएर पूजा, जप, होम, दान गर्ने गर्छन् भने नयाँ मूर्तिको प्राण प्रतिष्ठा वा नयाँ भाँडा जगाउन पनि अग्निशालामै ल्याउने चलन रहेको पाइन्छ । 

अग्निशाला जान मङ्गलबजारबाट दक्षिणपश्चिम १०० देखि १५० मिटरभित्र वा पुल्चोक अनि गाःबहाल सडक भएर या जावलाखेल पूर्णचण्डी भएर तथा कुमारीपाटीबाट लगभग २०० मिटरभित्र गएपछि पुगिने स्थानीयवासी राजु शर्माले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x