×

NMB BANK
NIC ASIA

अपराध

भागरथी हत्या प्रकरण : सीडीओ, सरकारी वकिल, सीआइबी र एसएसपीको टोली घटनास्थलमा

माघ २४, २०७७

NTC
Premier Steels

बैतडीको दोगडाकेदार गाउँपालिका–कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीसहितको टोलीले अनुसन्धान गरिरहेका अवस्थामा थप सहयोगको लागि एसएसपी जनक पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी मुकेश  सिंहले बताए ।

Muktinath Bank

‘यसभन्दा अगाडि कुकुरसहितको टोली अनुसन्धानको लागि गएको थियो । थप अनुसन्धानको लागि एसएसपी साबको टोली पनि गएको हो,’ एसएसपी सिंहले लोकान्तरसँग भने,‘केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पनि अनुसन्धान गरिरहेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अहिले घटनाको अनुसन्धानका लागि सीआईबीको टोली, प्रमुख जिल्ला अधिकारी (सीडीओ), सरकारी वकिलको कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रमुख र प्रदेश प्रहरी कार्यालयका एसएसपीको टोली अनुसन्धानमा खटिएको छ ।


Advertisment
Nabil box
Kumari

एसएसपी सिंहका अनुसार अहिले प्रहरीले मृतक भागरथीका आफन्त र साथीहरुलाई सोधपुछ गरिरहेको छ । उनको पोष्टमार्टम भइसकेको र भोलि (आइतवार) रिपोर्ट आउने सिंहले बताए ।
‘लबलेक सामुदायिक वनमा उनको शव भेटिएकाले कसले हत्या गरेको हो वा बलात्कारपछि हत्या भएको भन्न सकिँदैन, भोलि रिपोर्ट आएपछि मात्र अन्य तथ्य खुल्ला,’ एसएसपी सिंहले लोकान्तरसँग भने ।
जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता जनक बहादुर धामीका अनुसार भागरथी विद्यालय आउने–जाने सडकमा हिँड्ने ट्याक्टर चालक र अन्य व्यक्तिहरुसँग सोधपुछ भइरहेको छ ।

Vianet communication

बुधवार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरि फालिएको अवस्थामा शव नजिकैको लबलेक सामुदायिक वनमा फेला परेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ ।

‘घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क पनि छ हातमा कोतरिएको देखिन्छ,‘ ती प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘यौनाङ्गमा रगत बगेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ, तर पोस्टमार्टमपछि सबै रिर्पोट बाहिर आउला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x