×

NMB BANK
NIC ASIA

सय वर्ष पुरानो सुरुङ मार्गको मर्मत गर्दै प्रदेश सरकार

फागुन ९, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

भूकम्प र मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको ऐतिहासिक महìवको चुरियामाई सुरुङ मार्गको पुनर्निर्माण बागमती प्रदेश सरकारले गर्ने भएको छ ।

Muktinath Bank

मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरियामाई सुरुङ मार्ग चालू आर्थिक वर्षमा नै मर्मत सम्भार सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले सय वर्षभन्दा पुरानो चुरियामाई सुरुङ मार्ग मर्मत सम्भार तथा व्यवस्थापन गर्न बोलपत्र आह्वान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्मत सम्भारको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको सम्पदाको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास र इतिहासका अध्ययन एवं खोजीका लागि प्रदेश सरकारले चुरियामाई सुरुङ मार्गको मर्मत सम्भार गरी संरक्षण गर्ने योजना बनाएको छ । रक्सौलबाट बारा जिल्लाको अमलेखगञ्जसम्म रेलमा आउन चुरियामाई सुरुङ मार्ग र अमलेखगञ्जबाट मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीसम्म सडक मार्गले जोड्न चुरे पर्वत छिचोल्न राणाकालमा चुरियामाई सुरुङ मार्ग निर्माण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा ऐतिहासिक महìवको भौतिक संरचनाको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने क्रममा जीर्ण अवस्थामा रहेको चुरियामाई सुरुङ मार्गको मर्मत सम्भार र व्यवस्थापन गर्न लागेको बताउँछन्। एक वर्षको अवधिमा मर्मत सम्भार सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको भन्दै उनले चुरियामाई सुरुङ मार्गको मर्मत सम्भार र व्यवस्थापन गर्न पाँच करोड १४ लाख रुपियाँ प्रदेश सरकारले विनियोजन गरेको जानकारी दिए।

Vianet communication

झण्डै १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा नेपालको पहिलो रेल सेवा रक्सौल–अमलेखगञ्ज रेलसँगै चुरियामाई सुरुङ मार्ग निर्माण भएको हो ।

चुरियामाई सुरुङ मार्गको डिजाइनकर्ता र योजनाकार ब्रिगेडियर कर्णेल इन्जिनियर डिल्लीजङ्ग थापाको थिए । नेपालका प्रथम स्नातक इन्जिनियर थापाको योजना र अगुवाइमा चुरियामाई सुरुङ मार्गसँगै चारखाल अड्डा, घण्टाघर, चन्द्र नहरलगायतका महत्वपूर्ण पूर्वाधारहरू निर्माण भएको थियो । चुरे पर्वत कटान गरी सडक निर्माण गर्नुपूर्व वि.सं. २०१८÷२०१९ सम्म चुरियामाई सुरुङ मार्ग भएर नै जिप, लहरीलगायतका साना सवारी आवतजावत गर्ने गरेको बताइन्छ । नौ मिटर चौडा र १० मिटर उचाइ तथा पाँच सय मिटर लम्बाइ रहेको चुरियामाई सुरुङ मार्ग हेटौँडा–पथलैया सडक विस्तार र पहिरोका कारण एकातर्फको भाग पुरिएको छ ।

बाँकी रहेको १९८ मिटर भागको मर्मत गरिने बताउँदै निर्देशनालयका प्रवक्ता ओझाले भन्नुभयो, सय वर्षभन्दा बढी समयको पूर्वाधार पुराताìिवक महìवको सम्पदामा पर्ने भएकोले मर्मत सम्भारका लागि पुरातìव विभागसँग समेत स्वीकृति लिइएको छ ।

त्रिभुवन राजपथ निर्माण हुनुपूर्व रक्सौलबाट पथलैया, चुरे, हेटौँडाहुँदै भीमफेदीसम्म सवारी साधनमा र त्यहाँबाट मानिस पैदल हिँडेर काठमाडौँसम्म तथा सवारी साधनहरू काठमाडौँ प्रवेश गर्ने सडक निर्माण नभइसकेकोले मानिसलाई भरिया लगाएर पु¥याइन्थ्यो । चुरियामाई सुरुङ मार्ग सिमेन्टको प्रयोग नगरी तत्कालीन परम्परागत प्रविधिसँगै चुना र सुर्कीको प्रयोग गरी निर्माण गरिएको पाइन्छ ।

चुरियामाई सुरुङ मार्ग सम्भवतः दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग भएकोले संरक्षण गरी अवलोकनका लागि खुला गर्दा सुरुङ मार्गसँगै रहेको चुरियामाई मन्दिरको संरक्षण र प्रवद्र्धन गर्नु पनि आवश्यक देखिएको यहाँका स्थानीयवासीले बताएका छन् । गोरखापत्र दैनिकमा राममणि दाहालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x