१६ असार २०८३, मंगलबार

जाडोमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकहरूको चेतावनी

बैशाख २३, २०७८
जाडोमा कोरोनाको तेस्रो लहर आउन सक्ने वैज्ञानिकहरूको चेतावनी

कोरोना संक्रमणको दोस्रो लहर चलिरहेकोमा विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । 

भारतको केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक विजय राघवनले दोस्रो लहरपछि तेस्रो लहर पनि आउने बताए । 

पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तेस्रो लहर पनि आउँछ । तर कहिले आउँछ र कति खतरनाक छ भन्ने कुरा अहिले नै भन्न सकिन्न । कोरोनाभाइरसको भेरिएन्ट लगातार परिवर्तन भइरहेको छ । त्यसैले तेस्रो लहरका लागि तयार भएर बस्नुपर्नेछ ।’

खोपहरू प्रभावकारी रहेको तर वैज्ञानिकहरू त्यसलाई अप्ग्रेड गर्न लागिपरेको उनले बताए । 

तेस्रो लहर कहिलेसम्म आउला भन्ने बारेमा बेंगलुरुस्थित इन्डियन इन्स्टिच्युट अफ पब्लिक हेल्थमा महामारी विशेषज्ञ डा गिरिधर बाबू भन्छन्, ‘जाडो महिनामा आउन सक्छ । नोभेम्बरको अन्त्य वा डिसेम्बरको आरम्भमा । त्यसैले

संक्रमणको जोखिम भएकाहरूले सकेसम्म छिटो खोप लगाइहाल्नुपर्छ ।’

डा गिरिधर नेसनल कोभिड टास्कफोर्सका सदस्य तथा सल्लाहकार पनि हुन् । तेस्रो लहरले युवावर्गलाई बढी प्रभावित पार्ने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्