×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको असन्तुष्टि

राष्ट्रपतिलाई तपाईं भन्नेसम्म सभ्यता कांग्रेससँग छैन : केपी ओली

जेठ ८, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार जारी गरेको प्रेस विज्ञप्तिको भाषाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईं नभनिएकोमा असन्तुष्टि व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विज्ञप्तिमा तिमी, उनी, यसो गरिन्, यस्तो भाषा बोलिएको छ,’ ओलीले भने, ‘जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन्, असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन् ।’ 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कहाँसम्म पुगेको छ भनेर अचम्म लागेको उनले बताए । ‘राष्ट्रपतिलाई तपाईं भन्नेसम्म सभ्यता कांग्रेससँग छैन,’ उनले भने ।

Vianet communication

ओलीले नेता माधवकुमार नेपाल पक्षका नेता बिकेर आन्दोलनलाई सिध्याउन उद्यत रहेको टिप्पणी गरेका छन् । उनले आन्दोलनलाई ध्वस्त पारिदिन्छु भन्ने अहंकारलाई सफल हुन नदिने बताए ।

‘आफ्नो दलको सरकार गिराएर, जुन दलसँग प्रतिस्पर्धा गरियो, प्रतिस्पर्धा गर्नुछ, उही दलको प्रधानमन्त्री बनाएर । अनुशासन तोडेर हिँडिरहेका छन् । जब नेता बिक्छन्, तब आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन्,’ उनले भने, ‘प्रतिक्रियावादीका पाउँमा आन्दोलनलाई चढाउँदैछन् । नेपालभरि फिजिएको उज्यालो निभाउने देशीविदेशी जनविरोध प्रतिक्रियावादी शक्ति जुन छन्, तिनीहरूको मतियार भएर निर्लज्जतापूर्वक अहिले पनि आन्दोलनविरुद्ध लाग्ने तत्व देखिएका छन् ।’

नेता नेपाल पक्षका सांसदले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकोतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले आक्रामक अभिव्यक्ति दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x