×

NMB BANK
NIC ASIA

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

जेठ १३, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।

Muktinath Bank

अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो सङ्ख्या ४० हाराहारी छ । गोरखा, मकवानपुर, नवलपरासीलगायतका जिल्लाका सामान्य गर्भवतीहरूस्थानीयस्तरमै सुत्केरी हुने गरेकाले केही सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउँछन् । उनको भनाइमा सुत्केरी गराउनु पर्नेमध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नुपर्छ ।

Vianet communication

भरतपुर अस्पतालमा यतिबेला पूर्ववत् अवस्थामा उच्च सावधानीका साथ सेवा दिइएको उनको भनाइ छ । कोरोनाको दोस्रो लहरमा यो विभागमा एक चिकित्सक र दुई नर्स सङ्क्रमित भएका छन् । अस्पतालमा १२ चिकित्सक र १८ नर्सले यो सेवा दिइरहेका छन् । यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराइएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ । तीन जना आइसोलेश्नमा रहेको पोखरेलको भनाइ छ ।

सोही अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सेवा दिइरहेको बताउँछिन्  । मास्क, टोपी, फेससील्ड, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उनको भनाइ छ । आवश्यकतानुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसूति सेवा दिइँदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरकफरक ठाउँबाट दिइएको छ । अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउँछिन्  ।

चितवन मेडिकल कलेजमा प्रसूति विभाग हेर्दै आउनुभएका डा सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई÷तीन जनाले प्रसूति सेवा लिने गरेका छन् । अन्य समयमा यो सङ्ख्या पाँच देखि १० हुने गरेको उनको भनाइ छ । वैशाखयता सङ्क्रमण भएका चार जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढङ्गबाट प्रसूति गराइएको उनले जानकारी दिइन्।

सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिइरहेको श्रेष्ठ बताउँछिन् । बहिरङ र प्रसूति दुवै सेवा सुरक्षित ढङ्गबाट दिइएको उनको भनाइ छ ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहेका चिकित्सक सङ्घ चितवनका अध्यक्ष लोकबहादुर सेढाईं सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिइरहेको बताउँछन् । जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढङ्गबाट अस्पतालमा सेवा दिने गरेको उनको भनाइ छ । नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा सेढाईंले अन्य बिरामी जस्तो पछि उपचार गरौँला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरुले सेवा दिइरहेको जानकारी दिए।

पहिले प्रसूति सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढङ्गबाट सेवा दिइरहेका छन् । राजधानी काठमाडौँपछि सबैभन्दा धेरै प्रसूति सेवा दिने भरतपुर हो । यहाँ चितवनसहित छिमेकी धेरै जिल्लाबाट प्रसूतिका लागि आउने गर्दछन् । यहाँका अस्पतालमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ । नारायण अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x