×

संसारमा सबै मानिसको खाद्य आवश्यकता पूरा गर्दै भावी पुस्ताका लागि सुरक्षित वातावरण तथा जीवजन्तु सहितको उत्पादनशील संसार हस्तान्तरण गर्दै जानु आजको आवश्यकता हो । यही कुरालाई मध्यनजर गर्दै विगतका केही वर्षदेखि यसको लागि पहल पक्कै भएका छन् तर सबै तहबाट जति संवेदनशील हुनुपर्ने हो, त्यो भएको भने देखिँदैन ।

विश्वमा अहिलेको परिस्थितिमा हेर्ने हो भने करीब ८ करोड मानिसले संसारको ४४% भन्दा बढी स्रोतसाधनको उपभोग गर्छन् । नेपालकै तथ्यांक हेर्दा २०% जनसंख्याले करीब ५६% स्रोतसाधनको उपभोग गर्छन् ।


Advertisment

यस्तो असन्तुलित पहुँच तथा उपभोगको अवस्थाले हाम्रो विकास सन्तुलित र दीगो बाटोमा जानबाट पछाडि धकेलिरहेको छ । प्राकृतिक स्रोतको कमीभन्दा पनि समावेशिता, सहभागितामूलक विकासको कमी, बुझाइको कमी र हेलचक्र्याइँले गर्दा समस्याको खाडल अझै बढ्ने देखिन्छ ।


Advertisment

मान्छेहरू उत्पादनमुखी मात्र भएर रासायनिक मल र कीटनाशक विषादीको प्रयोग अत्याधिक गरिरहेका छन्, जसको असर भावी पुस्ताले थेग्न सक्ने छैन ।
 
कृषिमा व्यावसायिकीकरण र कृषि क्रान्तिको नारा लगाइरहँदा उत्पादनको मात्रामा मात्रै बढावा नदिई गुणस्तरमा पनि जोड दिनु उत्तिकै आवश्यक छ । किसानमा पनि रासायनिक मल विना पर्याप्त बाली उत्पादन नहुने भ्रम रहेको छ तर वास्तविकता के हो भने धेरै रासायनिक मलको प्रयोगले केही वर्ष राम्रो उत्पादन दिए पनि बिस्तारै माटोको उर्वराशक्तिमा ह्रास आएर पछिल्लो पुस्ताका लागि जमिन मरुभूमिसरह हुनेछ भन्ने कुरामा दुईमत छैन ।

हाल कृषि क्षेत्रमा प्रयोग हुने विषादी मात्र वार्षिक ७५ देखि ८० करोड रुपैयाँ बराबरको आयात भइरहेको छ । नेपालमा आयात हुनेमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ । अध्ययन अनुसार तरकारीमा १.६ किलोग्राम प्रतिहेक्टरका दरले रासायनिक विषादी प्रयोग भइरहेको अवस्था छ । 

अहिलेको कीटनाशक विषादी र रासायनिक मलको उच्चतम प्रयोगको असरले माटोमा भएका उपयोगी जीवहरू, प्रांगारिक पदार्थ कुहाउने जीवहरूको विनाश भएर माटोको उर्वराशक्तिमा ह्रास ल्याउनुका साथै यसले प्रदुषण निम्त्याई मानव स्वास्थमा समेत डरलाग्दा किसिमका रोगहरू जस्तै क्यान्सर, मधुमेह, मिर्गाैला तथा मुटुरोगको प्रकोपको सम्भावना बढाउँछ ।

अहिलेको अवस्थामा नै हामी थुप्रै यस्ता समस्याहरू देख्न सक्छौं । बढ्दो शहरीकरणले पनि बोटबिरुवा खेतीयोग्य जमिन, जलस्रोतको विनाशको साथै वातावरण प्रदुषण गरेको छ, जसले गर्दा प्राकृतिक महामारी पनि खेप्नुपर्ने हुन्छ । हामीभन्दा पनि अझ बढी हाम्रो भावी पुस्ता यसको मारमा पर्ने देखिन्छ ।

दीगो कृषिको अवधारणा कागजमा मात्र सीमित भएको अवस्थामा हामी आफैं युवापुस्ताको तर्फबाट पनि केही कदम आफ्नै खेतबारीबाट पनि अगाडि बढाउन सकिन्छ । तलका यी कुरालाई अवलम्बन गर्न सक्यौं भने भोलिका सन्ततिले पनि स्वच्छ तवरले बाँच्ने वातावरण बन्नेछ ।

– माटोलाई उर्वर बनाउन गाईवस्तुको मल, कम्पोस्ट मल, कोसेबालीको हरियो मलको प्रयोग गर्न सकिन्छ, जसबाट बिरुवालाई प्रशस्त नाइट्रोजन प्राप्त हुन्छ । हरियो कोसेबालीलाई पराल र झ्यासलाई छाप्रोको रूपमा प्रयोग गर्न सकिन्छ, जसले माटोमा चिस्यान जोगाएर राख्छ र झारहरूलाई पनि नियन्त्रण गर्छ ।

– गोबर तथा कम्पोस्ट मलको प्रयोग गर्ने । जसले माटोमा हुने जीवहरू जस्तै गड्यौला र अन्य किराहरूको लागि अनुकूल वातावरण प्रदान गर्छ ।

– रोग र कीट व्यवस्थापनको लागि रासायनिकको सट्टामा जैविक विषादी प्रयोग गर्न सकिन्छ । घरैमा पनि साबुनपानी, गाईवस्तुको मूत्र, कडा गन्ध भएका बिरुवा जस्तै अदुवा, खुर्सानीको धुलो, सूर्तीको पातहरू प्रयोग गरेर विषादीको रूपमा प्रयोग गर्न सकिन्छ ।

– मुख्य बालीसँगै रोग प्रतिरोधक लगाउनु, चक्रिय बाली प्रणाली अपनाउनु पनि रोग–कीराको व्यवस्थापन र उत्पादन वृद्धिको राम्रो विकल्प हो ।

– व्यवस्थित रूपमा गह्रा पद्धति अपनाई रुख र बालीलाई सँगसँगै रोप्नाले भूक्षय नियन्त्रण गर्नुका साथै स्वच्छ हावा पनि प्रदान गर्दछ ।

– पानीको बुद्धिमतापूर्वक प्रयोग गर्ने । जस्तैः विरुवा रोपेपछि माटोको चिस्यान घट्न नदिन पराल अथवा घाँसको छाप्रोको प्रयोग गर्ने, थोपा सिँचाइ पद्धति अपनाउने । खेर गएको पानीलाई बगैंचामा प्रयोग गर्ने । मानिस र बालीलाई धेरै पानी उपलब्ध गराउन पानीको जलाधार क्षेत्रको सुरक्षा गर्ने ।

नेपालको सन्दर्भमा कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता त छ नै तर त्यो उत्पादन कसरी गर्ने भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । कृषि कर्म दीगो अवधारणाका साथ गर्ने हो भने कृषकले बढी लाभ पाउने, उपभोक्ताले सुलभरूपमा गुणस्तरयुक्त खाद्यवस्तु हुने, कृषिमा परनिर्भरता र यसबाट उत्पन्न हुने जोखिम कम हुने र उत्पादन दीगो रूपमा हुने तथा वातावरणीय जोखिम कम हुने जस्ता फाइदाहरू भइरहने हुन्छ । दीगो कृषिबाट खाद्यसुरक्षा, सम्प्रभूता प्राप्त हुनुका साथै भावी सन्ततिका लागि स्वस्थ तवरले जीवनयापन गर्नको लागि स्वच्छ वातावरण पनि प्रदान हुन्छ ।

दीगो कृषिको परिभाषा फरक–फरक रहे पनि यसका केही सिद्धान्त छन्, जसले कृषक र प्राकृतिक स्रोतहरूको संरक्षणलाई मुख्य विन्दुमा राखी ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक संरचनालाई मजबुत पार्नमा सहयोग गर्दछ । उत्पादन मात्र बढाउने बजारमुखी कृषि विदेशी बजारमा निर्भर भई अत्याधिक रासायनको प्रयोग हुने भएकाले यसले किसानको हित गर्दैन, साथै वातावरणको गुणस्तर, माटोको उर्वरशक्ति पनि खस्कँदै जान्छ ।

नेपालको कृषि नीतिले हरित क्रान्तिको नाममा बाहिर देशबाट आयात गर्नुपर्ने रासायनिक मल, विषादी, हर्मोन, बीउ र कृषि औजारमा परनिर्भरता बढाएका छन् । यसले वातावरणीय स्वास्थ्यलाई हानी मात्र गर्ने छैन, नेपाली धन पनि बाहिरिएको छ ।

धेरैजसो मानिसहरूमा दीगो कृषि भन्नाले केवल परम्परागत, कम उत्पादनशील कृषि प्रणाली भन्ने बुझिएको छ । तर दीगो प्रांगारिक खेती पनि रासायनिक पदार्थमा आधारित खेतीजस्तै उत्पादनशील हुन सक्दछ । वास्तवमा भन्ने हो भने यस सम्बन्धमा अझै धेरै अनुसन्धान हुन आवश्यक छ । दीगो कृषि प्रणालीमा उत्पादकत्व बढाउँदै स्थानीय बीउबिजन र जैविक विविधता संरक्षण गरेर, स्थानीय बजारलाई मुख्य विन्दुमा राखेर उत्पादन गरेमा खाद्य सुरक्षा सुदृढ हुनेछ । साथै उत्पादनयोग्य जमिन, वातावरणमा पनि संकट निम्तिने छैन ।

दीगो कृषिको विषयमा सरकारी निकायको उचित ध्यान नपुगेको पक्कै हो । हरित क्रान्तिको अवधारणालाई पछ्याउँदै नेपाल राज्यले कृषि क्षेत्र प्रोत्साहनको लागि अगुवा किसानलाई स्थानीय बीउ तथा जैविक विषादीका लागि अनुदान, उचित परामर्श र तालिमहरूको व्यवस्था साथै अभिमुखीकरण कार्यक्रमलाई बढावा दिँदै जाने हो भने दीगो कृषिको लक्ष्य प्राप्त गर्न सम्भव छ ।

रासायनिक मल विना उत्पादन नै हुँदैन भन्ने भ्रमलाई चिर्नु अत्यन्त जरुरी छ । दीगो कृषिकै अवधारणाबाट पनि हामी उत्पादनमा आत्मनिर्भर बन्न सक्छौं । रासायनिक वस्तुको प्रयोगभन्दा जैविक पद्धति नै वर्तमान र भविष्यको लागि र मानव जगतको लागि कल्याणकारी छ । अहिलेको दीगो कृषिको अवधारणाको व्यावहारिकीकरण नै भोलिका पुस्ताका लागि उत्तम उपहार हुनेछ ।

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x