×

NMB BANK
NIC ASIA

लकडाउन डायरी - भाग ८

राष्ट्रिय वाणिज्य बैंकका सीईओको लकडाउन डायरी: जब एकपछि अर्को गरी परिवारका सबैलाई संक्रमण भयो...

असार ४, २०७८

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९)को दोस्रो लहरका कारण घोषित निषेधाज्ञा शुरू भएपछि हामीले बैंकमा काम गर्नका लागि छुट्टै कार्यविधि बनायौँ ।

Muktinath Bank

काम गर्ने शैली पनि बदल्यौँ । जसअनुसार सम्भव भएसम्म घरबाटै काम गर्ने र हप्तामा एक दिन कार्यालय जाने निर्णय भयो । त्यसै अनुरूप हामी काम गरिरहेका थियौँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर केही दिनमै मलाई कोरोना संक्रमण भयो जसले गर्दा २२ दिनसम्म म आइसोलेसनमा बस्नुपर्ने भयो । हाम्रो परिवारमा ७ जना सदस्य छौँ सबै सदस्यलाई एकपछि गरी कोरोना संक्रमण भयो ।


Advertisment
Nabil box
Kumari

परिवारमा म, मेरी श्रीमती, २ जना छोरा, बुहारी, २ जना नातिनातिना छौँ, हामी सबैलाई कोरोना संक्रमण भयो ।

Vianet communication

पारिवारिक स्थिति असामान्य नै भएको थियो । हामीहरूले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइसकेका थियौँ । त्यसैकारण पनि धेरै गाह्रो भएन जस्तो लाग्छ । 

यसबीचमा हामीलाई चाहिने सामानहरू अफिसकै साथीभाइले ल्याइदिने गर्नुभयो । सबैजनालाई ठीक हुन २५ दिनजति लाग्यो । 

पछिल्लो परीक्षणका क्रममा हामीलाई कोरोना नेगेटिभ आएपछि म अफिस जान थालेँ । शुरूमा अलि कम समय बस्थेँ अफिसमा ।

यसबीचमा कतिपय दिनहरूमा थाकेको, गाह्रो भएको महशुस भयो । त्यस्ता दिनहरूमा मैले घरमै बसेर काम गरेँ ।  डकुमेन्ट घरमै मगाएर हस्ताक्षर मात्रै गर्नुपर्ने काम पनि घरबाटै गरेँ । त्यसपछिको समय बिहान, दिउँसो तथा बेलुका जूम मिटिङमार्फत पनि काम गरेँ । 

अहिले करीब १० दिनदेखि नियमित अफिस गइरहेको छु । पछि समय बढाउँदै लगेर अहिले म पूरै समय भनौँ न १० बजेदेखि ५ बजेसम्म अफिसमा बस्ने गरेको छु । 

हामी सबैजनालाई एकैदिन कोरोना संक्रमण भएको होइन ।

शुरूमा कान्छो छोरालाई, त्यसको केही दिनमा श्रीमतीलाई, त्यसपछि मलाई र पछि ठूलो छोरा–बुहारीलाई अनि नातिनातिनालाई संक्रमण भयो । 

घरको बनावटको हिसाबमा ग्राउण्ड फ्लोर छ । जसजसलाई कोरोना संक्रमण भएको छ, उनीहरूलाई अलग–अलग कोठामा राखियो, म पनि अलग कोठामै बसेँ । मेरो ठूलो छोरा र बुहारीमाथि बसे ।

उनीहरूले खाना बनाउने, हामीलाई भर्‍याङ्बाटै खाना राखिदिने र हामीले अलग्गै खाने गर्‍यौँ । भाँडाहरू पनि अलग–अलग माझ्ने, यही क्रमले निरन्तरता पायो । तर चिया भने हामी आफैंले बनाएर खायौँ । बेसार पानी, सूप पनि हामीले नियमित तर अलग–अलग भएर खायौँ । 

हामीलाई यस समयमा सबैभन्दा समस्या साना बच्चाहरूलाई जोगाउनु थियो । भर्‍याङबाट पनि आउन खोज्ने, नजिक हुन खोज्ने । 

तर पछि ठूलो छोरा र बुहारीलाई पनि संक्रमण भयो । त्यसको एक/दुई दिनमै ५ वर्षको बच्चा र डेढ वर्षको बच्चीलाई पनि संक्रमण देखियो । 

सबै जना संक्रमित भइसकेपछि डाक्टरहरूले सबै सँगै बसे हुन्छ भन्ने कुरा गरे । त्यसबेला शुरूमा संक्रमण भएको कान्छो छोरा तंग्रिन लागिसकेको थियो । त्यसपछि पालैपालो पकाउने खाने गर्‍यौँ । एउटालाई लाग्दै गर्दा अर्कोलाई निको हुँदै गरेको अवस्थाले केही सहज भयो । 

कोरोना संक्रमणको समयमा हामीलाई केही गाह्रो पक्कै भयो । अरू बेला घरमा बस्दा आराम हुने, शान्त हुने हुन्थ्यो तर संक्रमण भएका बेला छटपटी भयो ।

दिक्क लाग्ने, थकान लाग्ने, निराश हुने हुन थाल्यो । झनै नातिनातिनालाई पनि संक्रमण भएपछि म निकै पिरोलिएँ । निकै गाह्रो लाग्यो यो अवस्था । 

तर यति हुँदाहुँदै पनि सम्हालिएर काम गर्नु त थियो । यसबीचमा मैले केही पुस्तकहरू पढेँ ।

केही पहिले नै मैले निलम कार्की निहारिकाद्वारा लिखित पुस्तक ‘योगमाया’ किनेर ल्याएको थिएँ । तर व्यस्तताले पढ्न पाएको थिइनँ । यसबीचमा मैले योगमाया पढेँ । 

मेरो घर संखुवासभा हो । योगमायामा उल्लेख भएका घटनाहरू मेरो जिल्लासँग सम्बन्धित छ । यसपालि यो पढ्ने समय जुर्‍यो ।

यस्तै पछिल्लो समय मदन पुरस्कार विजेता भएको घनश्याम कँडेलको ‘धृतराष्ट्र’ र शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ पनि पढेँ । यो पुस्तक पहिले पनि पढेको थिएँ, तर फेरि पढेँ । 

हामी पहाडमा हुँदा चलचित्र हेर्ने अवसर जुरेको थिएन । मैले २०३० सालमा सर्टिफिकेट लेभलको तेस्रो सेमेस्टरमा आएर मात्र पहिलो चलचित्र हेर्ने अवसर पाएँ । 

भक्तपुरमा मैले पहिलो चलचित्र ‘राज तिलक’ हेरेको थिएँ । यो एक हिन्दी चलचित्र हो । 

पहिले हेरे पनि मलाई यसको नामबाहेक अरू याद थिएन । निषेधाज्ञामा मैले यसलाई युट्युबमा हेरेँ । यो घटना भने मलाई निकै रमाइलो लाग्यो । 

हाम्रो घरमा बाहिर नै डाइनिङ टेबल छ । कोरोना संक्रमणबाट तँग्रिदै गर्दा छोरा र मैले त्यसमै टेबल टेनिस खेल्यौँ । अहिले पनि खेल्छौँ । 

यस्तै नातिनातिना ससाना छन्, नाच्ने, गाउने गर्छन्, रमाइलो हुन्छ । 

म सद्‌गुरुको शिष्य पनि हो । पहिलेदेखि नै मलाई सद्‌गुरु मन पर्छ । उहाँको प्रवचनबाट म एकदमै प्रभावित हुन्छु । पोहोर उहाँ नेपाल आउँदा मैले गएर भेटेको पनि थिएँ । 

उहाँको मन्त्रहरू, योग, ध्यानमा हामी साँझ समय बिताउँछौँ ।  यसबाहेक हरेक दिन बिहान म पसिना निकाल्ने गरी नियमित शारीरिक एक्सरसाइज गर्छु । 

निषेधाज्ञाले हामीलाई परिवारमा घुलमिल हुने तथा छलफल गर्ने वातावरण पनि मिलाइदिएको छ । पहिला परिवार को कहाँ पुग्थे, भेट गर्नै गाह्रो थियो ।

 यसबीचमा हामी भने सबै सँगै छौं । छोरा तथा नातिनातिनाले मलाई मेरो शुरूआती समय, संघर्षका दिनहरूबारे सोध्छन् । 

मैले प्रायः नछुटाइ सम्झेजति उनीहरूलाई भन्ने अवसर पाएको छु । 

म बेलाबेलामा कविता पनि लेख्छु । एउटा कविता भने गाउँकै बारेमा लेखेको छु, यसै निषेधाज्ञाका बीचमा । 

गाउँ, गाईभैँसी, मेला गएको, यस्ता सबै कुराहरू मैले लेखेको थिएँ, जुन मेरो जीवनमा यथार्थ थियो ।

परिवारलाई मैले यी सबै कुरा बताएँ । म काठमाडौं कसरी आएँ, कसरी अगाडि बढेँ, मेरो विवाह कसरी भयो ? यस्ता कुराहरू मैले सुनाउने अवसर पाएँ । 

यस्तै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल गर्छौँ । सानो छोराको विवाह सकभर यसै वर्ष गर्ने योजनामा पनि छौँ ।

त्यसका लागि कसरी, कुन तरिकाले गर्ने ? कसलाई बोलाउने भन्नेबारे पनि हामीले छलफल गर्‍यौँ । 

यस्तै अबको २ वर्षपछि म रिटायर हुन्छु । रिटायर्ड भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल घरमा हुन्छ । यस्तै विगत, वर्तमान र भविष्यबारे हामी छलफल गरिरहेका छौँ । 

मैले सामाजिक सञ्जाल यस बीचमा धेरै चलाइनँ । बरू युट्युबमा मैले निकै नै महत्वपूर्ण कुराहरू हेरेँ ।

महात्मा गान्धीको हत्या कसरी भयो भन्ने बारे हेरेँ । मदन भण्डारीको हत्याबारे भने युट्युबमा केही भेटिनँ । यस्तै कुराहरू मैले हेरेँ । 

म किचेनमा गएर पकाएको छैन । तरकारी केलाउने र भाँडा सफा गर्ने काममा मलाई जाँगर लाग्छ । म परिवारलाई भन्छु पनि । चिया भने म राम्रो बनाउँछु । 

हामी सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भयौँ । अझै पहिलो डोज खोप पनि लगाएका थियौँ । नेपाली कहावत ‘संकट वा दशा बाजा बजाएर आउँदैन’ भनेको सत्य नै रहेछ ।

नसोचेको कुरा भयो भनेपनि हामीले नआत्तिकन यसको व्यवस्थापन गर्नुपर्ने रहेछ । अहिलेको अवस्थामा कसलाई सम्झिने, कसलाई नसम्झिने ?

इष्‍टमित्र कुनै दुःख वा गाह्रो पर्दा मात्र चिनिँदो रहेछ । यसपालि कोरोना महामारीबाट हामीले यो पाठ सिक्यौँ ।

(राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठसँग लकडाउन डायरीका लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित।)



 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x