×

मुगुको छायाँनाथ रारा नगरपालिकाको शिक्षक खाजा भत्ता कार्यक्रम

असार १२, २०७८

मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ ।

नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ ।

नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताए ।

कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८/०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ ।

“वर्षको १८० दिनका हिसावले प्रतिदिन रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराइनेछ”, नगरप्रमुख शाहीले भने, “नगरपालिकाभित्र ४४ सामुदायिक विद्यालयमा करिब ३०० शिक्षक कर्मचारी कार्यरत छन ।” नगरपालिकालाई सबल, सक्षम र समृद्ध बनाउने हो भने परिवर्तनका संवाहक शिक्षकको आत्मसम्मानका लागि दैनिक खाजा भत्ता कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु. ६१ करोड ८० लाख बराबरको बजेट ल्याएको छ । 

नगरप्रमुख शाहीद्वारा नवौं नगरसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिदैं रोजगारीका अवसर सिर्जना, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटन प्रवद्र्धन, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिएको छ । 


Advertisment

यसैगरी कोभिड खोप सञ्चालन, एक छोरी एक खाता, एकल पुरुष भत्ता, स्वयंसेविकालाई सञ्चार तथा यातायात खर्च, विपन्न, दलित एकल महिलाका सन्तानलाई उच्च शिक्षा छात्रवृत्ति, नगर प्रमुख रोजगार कार्यक्रम, गरिबसंग मेयर,  निःशुल्क औषधोपचार सुविधा, सुरक्षित नगरका लागि नगर प्रहरी, दुई सन्तानमा परिवार नियोजन गरेका दम्पतीलाई प्रोत्साहन भत्ता, सबै वडामा स्वास्थ्य सेवा, प्रत्येक वडामा सडक सञ्चाल, एक घर एक धारा कार्यक्रम, सुरक्षित यात्राका लागि सडक रक्षक, स्वच्छ र नियमित खानेपानीका लागि चौकीदारको व्यवस्थापनजस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको नगरपालिकाले जनाएको छ । 
 


Advertisment
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x