×

दोस्रो खेलमा लयमा देखियो ब्राजिल

काठमाडाैं | असार १५, २०८१

कोपा अमेरिका फूटबल प्रतियोगिताको दोस्रो खेलमा ब्राजिल लयमा देखिएको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएपछि ९ पटकको विजेता ब्राजिलको आलोचना भएको थियो । तर उसले दोस्रो खेलमा शानदार जीत निकालेर आलोचना गर्नेहरूलाई जवाफ दिएको छ ।

शनिवार बिहान लास भेगासमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो । ब्राजिलको शुरूवात भने राम्रो रहेन । खेलको ३१ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई लुकास पाक्वेटाले सदुपयोग गर्न सकेनन् । यसले गर्दा ब्राजिल अग्रता लिन चुक्यो ।


Advertisment

तर लगत्तै खेलको ३५ औँ मिनेटमा भिनिसियल जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । यसपछि ब्राजिलले लगातार गोल गर्यो । साभियोले ४३ औँ र भिनिसियसले नै पहिलो हाफको अतिरिक्त समयको पाँचौ मिनेटमा गोल गरे । यससँगै ब्राजिल ३–० गोलले अगाडि रह्यो ।


Advertisment

यद्यपि, खेलको ४८ औँ मिनेटमा पाराग्वेले अग्रता साँघुरो बनायो । ओमार अल्डेरेटले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए । 

ब्राजिलले फेरि ६५ औँ मिनेटमा पेनाल्टी पायो । यो पटक भने पाक्वेटाले त्यसको सदुपयोग गरेर ब्राजिललाई ४–१ को जीत दिलाए ।

खेलको ८१ औँ मिनेटमा आन्द्रेस चुबासले रातो कार्ड खाँदा पाराग्वे १० खेलाडीमा सीमित भयो । तरपनि ब्राजिलले त्यसको फाइदा उठाएर थप गोल गर्न भने सकेन ।    

ब्राजिल रहेको समूह ‘डी’कै अर्को खेलमा कोलम्बियाले कोस्टारिकामाथि ३–० गोल अन्तरको शानदार जीत दर्ता गर्यो ।

यो समूहमा दुई खेलबाट शतप्रतिशत जीत निकालेको कोलम्बिया ६ अंकसहित नकआउट चरणमा पुगिसकेको छ । पाराग्वेलाई हराएको ब्राजिल ४ अंकसहित दोस्रो स्थानमा छ । कोस्टारिका १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन रहेको पाराग्वे एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले कोलम्बियासँग निर्णायक खेल खेल्नेछ । त्यो खेल जितेमा ब्राजिल समूह विजेता बन्दै दोस्रो चरणमा जान सक्छ ।

null

  
 

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x