
असार तेस्रो हप्तासम्म तनहुँमा ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।
यस वर्ष समयमै वर्षा भएकाले अघिल्लो वर्षको तुलनामा यसपटक छिटो रोपाइँ शुरू भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
अघिल्लो वर्ष यही समयसम्म जिल्लामा १८ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको थियो ।
केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये २ हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । यो वर्ष चाँडै वर्षा भएकाले कृषकलाई धान रोप्ने चटारो छ ।
कोरोना कहरका बाबजुद पनि कृषक धान रोप्न व्यस्त छन् ।