माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि पूर्व निर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएका छन् ।
तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ ।
क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमुनिका सबै तहका अधिवेशन अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरेको हो ।
शनिवार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यसअघि निर्धारित तल्ला तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।
महतका अनुसार क्रियाशील सदस्यता विवादबारे टुंगो लगाएपछि केही दिनभित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिनेछ ।
‘क्रियाशील सदस्यताका विषयमा विवाद देखिएपछि वडा तहदेखिका अधिवेशन स्थगित गरिएको छ, केन्द्रीय महाधिवेशनको मिति अहिले चलाइएको छैन, सदस्यताका विषयमा टुंगो लगाएर केही दिनभित्रै सबै तहका अधिवेशनका मिति घोषणा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।
सानेपामा अनसन
क्रियाशील सदस्यताका विषयमा विवाद बढ्दै जाँदा बारा, सर्लाही र धनुषाका जिल्ला तहका नेता कार्यकर्ता कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा अनसन तथा धर्नामा छन् । उनीहरूले जिल्ला तहका पुराना नेता कार्यकर्तालाई नै छुटाएर क्रियाशील सदस्यताको विवरण केन्द्रमा मनोमानी ढंगबाट पठाइएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् ।
सदस्यताका विषयमा विवाद हुँदा नेता रमेश लेखकको नेतृत्वमा कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको विवरण अन्तिम रूप दिन सकेको छैन । सदस्यताले अन्तिम रूप नपाउँदा समितिले सभापतिलाई सदस्यताको सूची बुझाउन पाएको छैन भने सो सूची नबुझाउँदासम्म वडातहका अधिवेशन सुरु हुने अवस्था छैन । त्यसैकारण कांग्रेसले तल्ला तहका अधिवेशन स्थगित गरेको हो ।
धर्ना र अनसनरत पक्षसँग वार्ता र सहमति प्रयास गर्न कांग्रेसले सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्व सहमहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिएको थियो ।
२२ क्षेत्रमा विवाद, २ नम्बर प्रदेशमा धेरै
हालसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १४३ निर्वाचन क्षेत्रको सदस्यता मात्रै टुंग्याएको छ । २२ क्षेत्रमा भने विवाद देखिएको छ । विवाद देखिएकामा धेरै २ नम्बर प्रदेशका जिल्ला छन् ।
७० बढी वडाको विवादका कारण सदस्यता नै स्थगित गरिएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।
१ नम्बर प्रदेशमा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु ३ र प्युठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ । बागमतीको काभ्रे र सिन्धुपाल्चोकमा पनि विवाद देखिएको छ ।
कांग्रेसले यसअघि घोषणा गरेको कार्यतालिकाअनुसार १२ साउनबाट वडा अधिवेशन शुरू भइसक्नुपर्ने थियो । गाउँ र नगरको अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गतेका लागि तय गरिएको थियो ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते र केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नयाँ र पुराना गरी विदेशबाट बाहेक ८ लाख ५० हजार २३२ जनाले क्रियाशील सदस्यतासम्बन्धी फाराम भरेका छन् । त्यसमध्ये ४ लाख ४४ हजार १४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन ।
विवादित स्थानका सदस्यता नटुंगिए १३औं महाधिवेशनकै सदस्यतालाई आधार मानेर अधिवेशन गर्न सिफारिस गर्ने छानबिन समितिको तयारी छ ।
भदौबाट प्रक्रिया शुरू
कांग्रेसले पूर्व निर्धारित अधिवेशनका कार्यतालिकालाई स्थगित गरेर पहिले सदस्यताको विवाद टुंग्याउने र त्यसपछि मात्रै अधिवेशनको मिति तोक्ने तयारी गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आगामी मंगलवार सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरेको छ ।
विवाद टुंग्याएर अधिवेशनको मिति तोक्दा भदौ पहिलो साताबाट वडा तहको अधिवेशनको प्रक्रिया शुरू गर्ने र प्रक्रिया शुरू गरेपछि क्रमशः महाधिवेशलाई तन्काउने कांग्रेसको आन्तरिक तयारी रहेको हो ।
यसरी भदौबाट प्रक्रिया शुरू गरेपछि कात्तिकमा महाधिवेशन गर्ने विषयमा कांग्रेसको संस्थापन समूहमा छलफल चलिरहेको छ । तर यो विषयमा संस्थापनइतर समूह भने तयार भइसकेको छैन ।
‘संस्थापन समूहको तयारी भदौमा वडा अधिवेशन शुरू गर्ने, त्यसो हुँदा महाधिवेशनको प्रक्रिया शुरू हुने भन्ने छ, त्यसपछि क्रमशः अन्य तहका अधिवेशन भदौ र असोजमा सकेर कात्तिकमा केन्द्रको महाधिवेशन गर्ने तयारी छ, सो विषयमा छलफल हुँदै छ,’ कांग्रेस उच्च स्रोतले भन्यो ।
विकल्पबारे पनि छलफल
शनिवार बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पबारे पनि छलफल भएको छ ।
सदस्यताको विषयमा विवाद समाधान नभए १३औं महाधिवेशनका पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ । सो प्रस्ताव कांग्रेस संस्थापन इतर मानिएको रामचन्द्र पौडेल समूहले राखेको हो ।
तर संस्थापन पक्ष भने पुरानो सदस्यताबाट अधिवेशन गर्ने पक्षमा छैन । संस्थापन पक्ष विवाद देखिएका स्थानमा नयाँ सदस्यता स्थगन गरेर महाधिवेशनमा जान भने तयार छ । राजधानी दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...