×

NMB BANK
NIC ASIA

ओलीले एकताको ‘च्याप्टर क्लोज’ भनेपछि नयाँ रणनीति बनाउँदै माधव नेपाल पक्ष

साउन २१, २०७८

NTC
Premier Steels

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन बुधबार भएको छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीर्ले  ‘पार्टी एकताको च्याप्टर क्लोज’ भएको बताएपछि आगामी रणनीति बनाउन एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

Muktinath Bank

नेपाल पक्षले आज ११ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक दिउँसो एक बजेको लागि सारेर स्थायी कमिटी छलफलमा बस्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बुधबार कार्यदलसँगको छलफलमा केपी ओलीले अब ‘पार्टी एकताको च्याप्टर क्लोज’ भयो भने । त्यसपछिको आन्तरिक रणनीति बनाउनको लागि केन्द्रीय कमिटीको बैठक सारेर स्थायी कमिटीको बैठक राखिएको हो’, नेपाल पक्षका एक नेताले भने । 


Advertisment
Nabil box
Kumari

अहिले बुद्धनगरस्थित क्वालिटी ब्याक्वेटमा नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । 

Vianet communication

पार्टी विवाद समाधनलाई अन्तिम रूप दिनका लागि बुधबार दिनभर नेताहरू छलफलमा जुटेका थिए ।

एमालेको विघटित कार्यदलमा भएका दुवै पक्षका गरी १० जना नेता र माधव नेपालको छुट्टै छलफल भएको थियो । त्यसैगरी, कार्यदलका १० जना नै नेताले पार्टी अध्यक्ष ओलीसँग पनि बुधबार नै छलफल गरेका थिए । 

त्यसअघि, बुधबार विहान कार्यदलका सुवास नेम्वाङ र भीम रावलसँग माधव नेपालले लामो समय छलफल गरेका थिए । त्यसमा पार्टी विवाद समधानको लागि कुनै उपायमा निश्कर्ष निस्कन नसकेकाे एक नेताले बताए ।

दिनभरको छलफलमा कुनै निश्कर्ष नआएपछि ओलीले अब पार्टी एकताको च्याप्टर क्लोज भएको भनेर कार्यदलका नेताहरूलाई विदाई गरेको कार्यदलका एक सदस्यले बताए ।

त्यसपछि, ओलीले एमालेको बैठक नबोलाइएको र एमालेको नाममा अनधिकृत रुपमा बोलाइएको बैठकमा सहभागी नहुन निर्देशन सहितको विज्ञप्ति प्रकाशन गर्न एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तमाङलाई निर्देशन दिएको स्रोत बताउँछ ।

सोही अनुसार बुधबार राती ८ बजे तामाङले विज्ञप्ति प्रकाशन गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x