×

NMB BANK
NIC ASIA

अब फेसबुकमा ला लिगा हेर्न नपाइने, डिशहोममा मात्रै पाइने

भदौ ४, २०७८

NTC
Premier Steels

विश्व चर्चित स्पेनिस ला लिगा फुटबलकाे नयाँ संस्करण गत सातबाट शुरू भएको छ । ला लिगामा हुने खेलको प्रसारण डिशहोमबाट हुने भएको छ । 

Muktinath Bank

यसअघि फेसबूक लाइभबाट प्रसारण हुने गरेको ला लिगा अहिले भने नेपालमा डिशहोमबाट मात्रै हेर्न मिल्ने बनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबुकले २०७५ साल साउनमा तीन वर्षका लागि भारतीय उपमहाद्वीप क्षेत्रका देशहरूमा ला लिगाका खेल प्रत्यक्ष प्रसारणको अधिकार लिएको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसअघि नेपालसहित, भारत, बंगलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा ला लिगा सोनी पिक्चर्स नेटवर्कमार्फत प्रत्यक्ष प्रसारण हुँदै आएको थियो । जब फेसबुकले प्रत्यक्ष प्रसारणको अधिकार लियो, त्योसँगै विगत तीन वर्षदेखि ला लिगाका खेल फेसबुकबाट मात्रै प्रसारण हुँदै आएको हो ।

Vianet communication

‘हामीले नेपालमा ला लिगाका खेल प्रत्यक्ष प्रसारणका लागि ला लिगासँग सम्झौता गरेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘त्यो हुँदा यसअघि फेसबुकमा आउने प्रत्यक्ष प्रसारण बन्द भएको छ ।’

कम्पनीका अनुसार अब ला लिगाका खेल डिशहोमको ‘एक्सन स्पोर्ट्स एचडी २’ मा प्रसारण हुनेछ ।

त्यसका लागि डिशहोमका ग्राहकहरूले दुई हजार रुपैयाँको सिजन टिकट खरिद गरि एक्सन स्पोर्ट्स एचडी २ मा लिग अवधिभरका लागि हर्ने सक्नेछन् ।

डिशहोमका मल्टि टिभीका ग्राहकहरूले अतिरिक्त सेट–टप बक्समा पनि एक्सन स्पोर्ट्स एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नुपर्ने छ । यसरी खरिद गरिएको प्याकेज डिशहोम गो एपमा समेत हेर्न सकिने कम्पनीले जनाएको छ ।

यसो गर्दा डिशहोमका ग्राहकले मात्र हेर्न पाउने अवस्था हुन्छ । तर कम्पनीले डिशहोम बाहेकका ग्राहकलाई पनि समेट्ने तयारी गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार डिशहोम बाहेकका ग्राहकलाई समेत लक्षित गरेर सेवा दिने गरी सिस्टम तयारी भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x