×

NMB BANK
NIC ASIA

एमाले विबादको असर

कार्यकक्षमा एमाले सांसदको धर्नापछि सिंहदरवार आएनन् सभामुख सापकोटा

भदौ ४, २०७८

NTC
Premier Steels

माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारवाही अगाडि बढाउन माग गर्दै नेकपा एमालेका सांसदले कार्यकक्षमा धर्ना दिएपछि सभामुख अग्नि सापकोटा शुक्रवार सिंहदरबारस्थित कार्यकक्षमा अनुपस्थित भएका छन् । 

Muktinath Bank

संस्थापन पक्षका सांसदले बिहीवार सापकोटालाई भेटेर कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार कार्यालय समय शुरू भएलगत्तै एमाले सांसदहरू संसद् सचिवालयस्थित सभामुख सापकोटाको कार्यकक्षमा उपस्थित भएका थिए । लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा लगायत एक दर्जन सांसद सापकोटाको कार्यकक्षमा उपस्थित भएका थिए । 


Advertisment
Nabil box
Kumari

सभामुखको कार्यकक्षबाट एमाले सचेतक शान्ता चौधरीले सापकोटालाई फोन गरेकी थिइन् । सापकोटाले आफ्नो अर्कै कार्यक्रम तय भएकाले आज सिंहदरबार नआउने जवाफ फर्काएका थिए । 

Vianet communication

‘सभामुखज्यूले राजनीतिक आस्थाका आधारमा एमालेले गरेको कारवाही प्रक्रिया अगाडि बढाउन चाहनु भएन, सभामुख आफ्नो दायित्वबाट भाग्नुभयो,’ सभामुखको कार्यकक्षमा धर्नामा बसेका एक सांसदले लोकान्तरसँग भने । आइतवार र सोमवार सार्वजनिक बिदा परेकोले मंगलवार फेरि आफूहरू दबाबका लागि आउने एक सांसदले बताए । सभामुखले उपस्थित नहुने जनाएपछि एमाले सांसदहरू कार्यकक्षबाट बाहिरिएका थिए । 

सभामुख सापकोटाले माधव नेपाल पक्षमाथि गरिएको कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार आपत्ति जनाएका थिए । 

पार्टी विभाजनको गतिविधि शुरू गरेपछि ओलीले भदौ १ गते नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएका थिए । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x