फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मोरङको रतुवामाईका ठगेन्द्र न्यौपाने ५ वर्ष दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किए । उनले फेरि विदेश जाने सुरसार गरेनन्, बरु गाउँघरमै कृषि क्रान्ति गर्ने योजना बनाए ।
अहिले न्यौपानेले कृषि उद्यम गरिरहेका छन् र अरु युवालाई पनि स्वदेशमै केही गर्न प्रेरित गरिरहेका छन् ।
न्यौपानेले स्थानीय युवालाई सहभागी गराएर अभियानकै रूपमा सामूहिक खेतीपातीको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा वैदेशिक रोजगार समन्वय समिति रतुवामाई संस्था नै खोलिएको छ । जसले उत्पादनदेखि बजारीकरणसम्म गरिरहेको छ ।
संस्थाको नाम र लोगो अंकित टिसर्ट लगाएर स्थानीय युवाहरू कृषि फसल बेच्न बजार निस्किन्छन् । स्थानीय किसानले च्याउ, भिण्डी, टमाटर, बोडी, करेला, धान, मकै लगायतका उत्पादन गर्छन् ।
पढे–लेखेका र देश–विदेश देखेका युवाले आफ्नै माटोमा फर्केर पसिना बगाएको देख्दा गाउँका बुढापाका छक्क पर्ने गरेका छन् ।
दक्षिण कोरिया जाने लहर चलेका बेला न्यौपाने पनि उतै लागेका थिए । त्यहाँ उनले सोचेकोभन्दा धेरै तलब आउन थाल्यो । ‘महिनामा धेरै कमाए १ लाख कमाइएला भन्ने लागेको थियो, त्यसको दोब्बर पैसा कमाइयो,’ उनी भन्छन्, ‘शुरूशुरूमा लाख–लाख तलब थाप्दा मैले यत्रो कमाएँ भनेर आफैंलाई पत्याउन गाह्रो हुन्थ्यो । परिवारका सबै लागेर वर्षभरि खेतीपाती गर्दा हामीलाई २–४ हजार बचाउन धौंधौं पर्थ्यो । म आफैंलाई भाग्यमानी सम्झन्थें ।’
न्यौपानेले त्यहाँ तलब मात्रै थापेनन्, दक्षिणी कोरियाले नेपालीलाई यतिधेरै तलब कसरी दिन सकिरहेको छ भनेर पनि बुझ्ने प्रयत्न गरे । काम गर्दै जाँदा यो कुरा बुझ्दै गएको उनले बताए ।
‘हामीले नेपालमै पनि गएर खेती गर्ने प्रविधिलाई भित्र्याउन सक्यो भने परिवर्तन गर्न सकिन्छ भन्ने लाग्थ्यो,’ उनले भने । नभन्दै त्यहाँको सिकाइलाई आफ्नै माटोमा परिश्रम गर्नका लागि उनले अरु युवालाई पनि जम्मा गरेर काम गराइरहेका छन् । २१ बिगाहा जमिन लिजमा लिएर उनले विभिन्न फसलका सागसब्जीदेखि अन्नबाली उत्पादन गरिरहेका छन् ।
काम सँगसँगै नेपालीमाझ हुने सामाजिक गतिविधिमा पनि सक्रिय थिए ठगेन्द्र । धेरै गतिविधिको नेतृत्व उनी आफैं गर्थे । विभिन्न देशमा रहेका आफ्नो गाउँठाउँका युवासँग उनी सम्पर्क गर्न थाले । मन मिल्नेहरू भेटिँदै गए । जोसजाँगर भएकाहरूको संख्या बढ्दै गएपछि अनलाइन बैठक गरेर उनीहरूले ठगेन्द्रकै अध्यक्षतामा रतुवामाई वैदेशिक रोजगार समन्वय समिति गठन गरे । समितिमा रतुवामाईमै रहेका युवालाई समेटिएको छ ।
समितिमा २१ जना रहेका छन् । उनीहरूको संस्थामा साधारण सदस्य ५२ जना छन् भने आजीवन सदस्य ८० जना छन् । साधारण सदस्य बन्न १ हजार ५० र आजीवन सदस्य बन्न १० हजार ५०० रुपैयाँ शुल्क तोकिएको थियो । त्यही पैसाबाट संस्था शुरू गरेका उनीहरू खेती मात्रै गर्दैनन्, कार्यालयमा १ जना कर्मचारी नै राखेर कृषि बारीमा देखिएका समस्या विज्ञसम्म पुर्याएर समाधान पनि गर्छन् ।
वैदेशिक रोजगारीमा जानेहरू पनि सल्लाह गर्न संस्थामा आउने गरेका छन् । सुझाव लिन आउनेहरूलाई स्वदेशमै केही गर्न सुझाव दिने गरिएको संस्थाका उपाध्यक्ष विकास राजवंशीले बताए । ‘हामीले दिएको सल्लाह मानेर केहीले त यतै काम थालेका छन्,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको वैदेशिक रोजगारीमा जानेहरूलाई रोक्ने हो । दैनिक रूपमा ४–५ जना अहिले हामीसँग सल्लाह माग्न आउनुहुन्छ ।’
सामाजिक सञ्जालबाट परिवर्तन
रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको नामबाट फेसबूक पेज बनाएर आफ्ना गतिविधि र योजना प्रस्तुत गर्न थालेका थिए । ३–४ बिगाह जमिनबाट तरकारी खेती थालेका युवाहरू अहिले २२ बिगाह जमिन भाडामा लिएर खेती गर्दैछन् । आफ्ना योजनाहरू सामाजिक सञ्जालमा आएपछि धेरैले उत्प्रेरित गरे भने केहीले फेसबूके खेती समेत भनेका राजवंशी सम्झन्छन् । ‘कहिलेकाहीँ हामी निराश पनि हुन्थ्यौं तर पनि आफू भित्रको ऊर्जा समेटेर हामी दर्बिलो भएर लागिपरेका छौं,’ उनले भने ।
गाउँका किसानलाई चाहिने तरकारी, अन्नबाली, विरुवाहरू समेत समितिले घरघरमै पुर्याउने गरेको छ । कृषि कार्यमा काम गर्न आउने कामदारलाई घण्टाको ६० रुपैयाँ दिने गरिएको छ । ‘काम गर्न आउनेले काम सक्ने बित्तिकै आफ्नो पारिश्रमिक पाउँछन्,’ राजवंशी भन्छन्, ‘काममा हामी पनि खट्छौं ।’
नेपालमा घण्टाको हिसाबले पारिश्रमिक पाउने चलन नभएको ठगेन्द्रले बताए । ‘मैले कोरियामा त्यसरी नै पैसा कमाएको हो । यहाँ दैनिक ज्याला मजदुरी गर्नेहरूलाई पनि त्यसरी नै दिन्छौं । अनुदानमुखी कृषिभन्दा पनि परिश्रममुखी कृषि बनाउने लक्ष्य रहेको छ,’ उनले भने ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अैँचोपैँचो, सर...
समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...
'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...