×

प्रतिस्थापन बजेटप्रति विपक्षीको प्रतिक्रिया- छापामार शैलीमा ल्याउनुपर्ने के हतारो थियो ?

भदौ २५, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयकलाई छापामार र गुरिल्ला शैली भन्दै विरोध गरेको छ । 

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हतारमा ल्याउनु जरुरी नभएको बताएका हुन् । 


Advertisment

‘संसदभित्र सबैको सहमति लिएर प्रतिस्थापन विधेयक ल्याउनु पथ्र्यो, आजको आजै हतार गर्नुपर्ने केही थिएन,’ पाण्डेले भने । 


Advertisment

एमालेका अर्का नेता गोकुल बाँस्कोटाले छापामार शैलीमा गुरिल्ला अध्यादेश ल्याइएको आरोप लगाए । ‘दलीय व्यवस्थालाई इतिहासमा यस प्रकारको अपमान गरिएको थिएन । छापामार शैलीमा गुरिल्ला अध्यादेश ल्याइयो । उहाँहरूले केही ल्याउन खोजेको थाहा भएन, घण्टाघर भत्काउने भन्ने कुरा मात्र सुनियो,’ बाँस्कोटाले टिप्पणी गरे । 

बाँस्कोटाले सभामुखले पक्षपाती भूमिका खेलेको आरोप लगाए । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा एजेण्डा समेत दिनुहुन्न, हाम्रो सभामुखलाई सभामुख मान्न सक्दैनौँ । यो अग्नि सापकोटाको कुर्सी होइन,’ बास्कोटाले भने । 

त्यसअघि एमालेको नाराबाजीका बीच अर्थमन्त्रीले संसदमा प्रतिस्थापन विधेयकको रुपमा विनियोजन अध्यादेश पेश गरेका थिए । 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x