फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
पाल्पा झरेवाका हरि बमरेल पछाडि परेको दलित समुदायको क्षेत्रमा सानैदेखि काम गर्न चाहन्थे । त्यो कुरा उनको व्यवहार र चिन्तनमा लगातार व्यक्त भइरहन्थ्यो ।
त्यसैबीचमा उनकै गाउँ झरेवामा विक्रम संवत् २०४४ सालतिर हुनुपर्छ, ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) ले पिछडिएको क्षेत्रका समुुदायको उत्थानको लागि संगठित गर्दै बचत गर्ने बानीको विकास कार्यक्रम ल्यायो ।
बाल क्लब पनि गठन गरिन्थ्यो । कार्यक्रम ल्याएर गाउँ आएकाहरूले सरसफाई, शिक्षा, कृषि कार्यक्रममा लाग्न पनि उत्प्रेरित गर्थे ।
हरिले पनि बाल क्लबमा मासिक ५ रुपैयाँ बचत गर्थे । उनले त्यसबाट बचत नै भोलिको समृद्धिको आधार हो भन्ने सिके । गाउँमा बचत गर्ने बानीको विकाससँगै सरसफाई, तरकारी खेती, पशुपालन गरेर दलित समुदायको विकास हुँदै गयो ।
हरि विद्यालय तहको अध्ययन सकेर तानसेनमा प्रमाणपत्र तह पढ्दै थिए, स्वावलम्बन कार्यक्रममा जोडिएर राम्रो काम गरेपछि कार्यक्रम प्रमुुखले जागरिको लागि ‘अफर’ गरे । २०५२ सालमा आरएसडीसीमा जोडिएर हरिले काम शुुरू गरे ।
आरएसडीसी पूर्व अर्थमन्त्री देवेन्द्रराज पाण्डेले स्थापना गरेको संस्था हो । हरिले आरएसडीसीमा आबद्ध भएपछि लमजुुङका विभिन्न गाउँमा पुुगेर समूह गठन गराए । गाउँमा पुुगेका दलित र विपन्नको अवस्था धेरै तत्लो स्तरमा रहेको हरिले प्रत्यक्ष देखे ।
लमजुुङसहित स्वावलम्बन अभियान रुपन्देही, कपिलवस्तुु, सुुर्खेत लगायतका जिल्लामा पनि सञ्चालनमा आयो । ‘तराईका गाउँगाउँ पुुगेर दलित समुदायलाई बचतसहित उद्यम गर्न सिकाएँ,’ उनले भने । उनको निर्भिकता र स्पष्टताले अन्य भूइँमान्छेको चरित्रको प्रतिनिधित्व गर्दथ्यो ।
अहिले रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा स्वावलम्बन नाम जोडिएर सञ्चालित ५० भन्दा बढी सहकारी उनै हरिले काम गरेर समूह गठन गरी खुलेका मध्येमा पर्छन् । स्वावलम्बन कार्यक्रममा १० वर्ष जोडिएर हरिले दलित र विपन्न समुुदायलाई शिक्षा, स्वास्थ्य, रोजगारी, बचत अभियानबाट लाखौं मानिसलाई जोडे ।
त्यसपछि उनमा सोच आयो – अब एउटा दलित समुुदाय त्यो पनि साकींहरूलाई जोडेर सहकारी सञ्चालन गर्ने । त्यहाँबाट कर्जा प्रवाह गरेर उनीहरूलाई उद्यमी बनाउने । हरिले २०६३ सालमा सहयात्री बचत तथा ऋण सहकारी संस्था बुटवलमा स्थापना गरे । सहकारीमा दलित, त्यो पनि सार्की समुदाय मात्र आवद्ध भए । हरिकै नेतृत्वमा १३ जना शेयर सदस्यबाट सहकारी सञ्चालनमा आयो ।
सहकारीमा अहिले ८३५ जना शेयर सदस्य पुुगेका छन् भने सहकारीले अहिले १२ करोड रुपैयाँको कारोबार गर्न सफल भइसकेको छ । ‘दलितहरूले सहकारीमा बचत गर्छुु भन्दा समेत कसैले पत्याउँदैन्थे, बैंकमा लोन पाउने त धेरै परेको कुरा थियो,’ हरि भन्छन्, ‘अहिले सहकारीबाट धेरै दलित समुुदाय बचतसँगै ‘लोन’ लिएर उद्यमी बनेका छन् । यो देख्दा आफूलाई गौरव महसूस हुुने रहेछ ।’
सहकारी दलित समुुदायका लागि उद्यम गर्न सारथि बनेको छ । हरि एक दलितका जाग्दा अभियन्ता बनेका छन् । ‘आएसडीसीमा काम गर्ने हरिलाई संयोग हुन्थेन भने सहकारीको अवधारणा आउने थिएन । यसलाई सोच, सपना वा कल्पना जे भनेपनि हुन्छ,’ हरिले भने, ‘आज पनि बहुसंख्यक दलित प्राथमिक आवश्यकताको जोहो गर्न ठूलो संघर्ष गरिरहेका छन् । धेरै मानिसहरू रोजगार बन्न चाहन्छन् तर बिडम्बना ! देशमा रोजगारीको अवसर दलितको सहभागिता सीमित छ । यो समुदायलाई उकास्न नसके हाम्रो मुलुक त बन्दैन ।’
सहकारीले १५ लाख रुपैयाँसम्म ऋण दिन्छ । सहकारीबाट ऋण लिएर तुुलबहादुुर नेपाली र सन्तबहादुर नेपालीले ठूलो जुत्ता उद्योग सञ्चालन गरी उद्यमी बनेका छन् । नेत्र रुचालले फर्निचर उद्योग, हेमबहादुर नेपाली सहितको टीमले कृषि फर्म सञ्चालन गरी समृद्धिको पाइला लम्काएका छन् ।
यी केही प्रतिनिधि पात्र हुन् । सहयात्री सहकारी दलित समुदायको पहिलो र ठूलो सहकारी पनि बनेको छ । सहकारीबाट अहिलेसम्म १५० भन्दा बढीले ऋण लिएर उद्यमी बनेका छन् । सहयात्री सहकारी २०७३ सालमा ६०औं राष्ट्रिय सहकारी दिवसमा उत्कृष्टको रूपमा पनि घोषणा गरिएको थियो । अहिले पनि सहकारीमा हरिले स्वयंसेवी भएर काम गरिरहेका छन् ।
हरिले अहिले आफू, परिवार र दलित समुदायको विकासलाई सन्तुलित ढंगले अघि बढाएका छन् । उनी आफूलाई अत्यन्त व्यस्त राख्छन् । उद्यमशीलता विकास कहाँ सजिलो छ र भन्ने देशको व्यावसायिक क्षेत्रलाई नेतृत्व गरेको, उद्यम, व्यवसायमा सफल हुन कति पापड बेल्नुपर्छ भन्नेमा हरि सबैभन्दा धेरै जानकार छन् ।
हरिले आफूले पनि समुदायमा जातीय विभेद भोगे, विभेदबाटै उठे । विभेदको पीडा भनिसाध्य छैन । विभेदलाई पन्छाउँदै दलित समुदायको उत्थान र विकास र रोजगारीमा हरिको ठूलो देन छ ।
सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रूपमा राज्यको मूल प्रवाहबाट पछाडि परेका सीपयुक्त समुदायलाई उद्यमी बनाउन सकेमा देशको आर्थिक कायापलट गर्न सकिने हरिको बुुझाइ छ । समावेशिताबाट केही व्यक्तिहरू राज्यको उच्च पदमा पुगे पनि महिला तथा उत्पीडित समुदायलाई माथि उक्लन गाह्रै रहेको हरिको बुुझाइ छ । ‘हिजोभन्दा दलित समुदायमा धेरै परिवर्तन त आएको छ, अझ गर्नुुपर्ने काम धेरै बाँकी छ । त्यसको लागि आफैं अग्रसर र अधिकारको क्षेत्रमा तत्पर हुुनुपर्छ,’ उनले भने ।
उमेरले ५० नाघेका हरि अहिले आफ्नै सफलताले बुुटवलवासी भएका छन् । ‘शासन सत्ताबाट निकै लामो समयदेखि पछाडि पारिएका उत्पीडित समुदायका दुुःख साँच्चै पीडादायी छन्,’ उनी भन्छन्, ‘मानव विकास सूचकांकमा सबैभन्दा तल छ दलित समुदाय । गाउँमा त चेतना नभएको मान्छे बस्छन् भन्थे, शहरमा चेतना भएका मान्छे हुन्छन्, छुवाछुत हुँदैन भन्ने लाग्थ्यो तर होइन रहेछ । सचेत वर्गले झन् भेदभाव र जातीय विभेद गर्दा रहेछन् ।’
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...